Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

वैद्य बादलको सम्बन्धविच्छेद गराउने एउटा फोनवार्ता यस्तो थियो

\"baidhya-badal\"काठमाडौं । साढे तीन दशक सँगसँगै राजनीतिक यात्रामा रहेका मोहन वैद्य किरण र रामबहादुर थापा बादल यतिखेर दुई कित्तामा उभिन पुगेका छन् । बादल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा पुगेका छन् भने वैद्य नेकपा क्रान्तिकारी माओवादीमै छन् । एमाओवादीसँग नै सम्बन्धविच्छेद गरेर नयाँ माओवादी पार्टी गठन गरेका बादल वैद्यसँग सँगै हिँड्न नसक्नुको कारण बन्यो एउटा फोन । वैद्य–बादलबीच सम्बन्धविच्छेदको ट्रनिङ प्वाइन्ट बनायो एउटा फोन वार्ताले । वैद्यको मिटिङको गोप्य योजना सबै बादलले सुने । पार्टी एकताको विषयमा मतभेद देखिएपछि आन्तरिक पार्टी एकताको पहल गर्न वैद्य, सिपी गजुरेल, बादल र देव गुरुङ पटक–पटक छलफलमा बसेका थिए । तर, विवाद मिल्न सकेन । विवाद मिल्न नसकेपछि नेताहरूका आ–आफ्ना गुटका बैठकसमेत उत्तिकै मात्रामा चले । त्यहीमध्येको वैद्यको एउटा गोप्य छलफलको भित्री प्लान नै बादलले सुनेपछि दुई नेताबीच थप अविश्वास पैदा भएको हो । वैद्यको फोन झुक्किएर बादलको नम्बरमा थिचिएपछिको अवस्थामा बादलले वैद्यका रणनीति सुनेका थिए । जसलाई बादलले एक कार्यक्रममा यसरी सुनाएका थिए स् ‘एकताका विषयमा अब के गर्ने भन्ने छलफल गर्न अध्यक्ष, म, गौरवजी र गुरुङजी २१ चैतमा राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलको ललितपुर इमाडोलस्थित घरमा छलफल गर्न बसेका थियौँ । तर, बैठकको बीचमै गौरवजी उठेर हिँड्नुभयो । त्यसपछि हामी पनि हिँड्यौँ । त्यसको केही समयपछि किरण, गौरव र दिनेश शर्मा तीनजना अलग्गै बैठकमा बस्नुभएको रहेछ । त्यहीवेला अध्यक्षको फोन आयो । मैले फोन रिसिभ गरेँ । उताबाट केही कुरा आएन । सायद मेरो नम्बरमा थिचिएर फोन आएजस्तो लाग्छ । त्यहाँ उहाँहरू छलफलमा हुनुहुँदो रहेछ । छलफलमा उहाँहरू कुनै हालतमा पार्टी एकता हुन नदिने गरी रणनीति तयार गर्न बस्नुभएको रहेछ । मैले करिब एक घन्टा सबै सुनेर बसेँ । केन्द्रीय समिति बैठकको समापन कसरी गर्ने भन्ने विषयमा उहाँहरूको छलफल केन्द्रित थियो । एउटा वार्ताटोली बनाउने त्यसमा अध्यक्ष, गौरव, म ९बादल०, गुरुङ र परी थापा वा रामसिंह श्रीषमध्ये एकजनालाई समेटेर । त्यसो गर्दा पाँचजनामा तीनजना बहुमत भइन्छ । संगठन विभागका काम पनि सबै त्यही कमिटीले गर्ने गरी कार्यालय टिम बनाउने र केन्द्रीय समितिबाट पास गराएर लैजाने, पार्टीको राष्ट्रिय सम्मेलन गर्ने गरी त्यहीँ एकताको निर्णय गर्ने भनेर जाने, त्यसबेलासम्म एकता पक्षधरलाई साइजमा ल्याउँदै आफ्नो रणनीति मजबुत बनाएर जाने उहाँहरूको रणनीति सुनेँ । करिब एक घन्टापछि फोन काटियो । भोलिपल्ट बिहानै म गुरुङजीकहाँ गए । हिजो हामी उठेर हिँडेपछि किरणजीहरूले यस्तो छलफल गर्नुभयो, मलाई फोन आएको थियो, उहाँहरू छलफल गर्दै हुनुहँुदोरहेछ भनेपछि गुरुङजीले पनि विषय गम्भीर भयो भन्नुभयो । भोलिपल्ट उहाँहरू त्यही योजनाअनुसार छलफलमा आउनुभयो । किरणजी केही बोल्नुभएन, गौरवजीले उहाँहरूबीच अघिल्लो दिन भएको छलफलअनुसारकै प्रस्ताव राख्नुभयो । त्यसपछि गुरुङजीले त्यसको विरोध गर्नुभयो ।’ माओवादी नेताहरू भन्छन्, ‘त्यो फोन वार्ता नै वैद्य–बादलबीचको सम्बन्धविच्छेदको एउटा टर्निङ प्वाइन्ट बन्न पुग्यो ।’ (नयाँ पत्रिका दैनिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending