Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

वैद्य अब के गर्छन् ?

\"Mohan-baidya-400\" काठमाडौं । एमाओवादीसँग सम्बन्ध–विच्छेद गरेर ४ असार ०६९ मा आफ्नै नेतृत्वमा पार्टी गठन गरेका नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यले दोस्रोपटक पार्टी फुट व्यहोर्नुपरेको छ । आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारी लेख्छन् – ८ मंसिर ०७२ मा नेत्रविक्रम चन्द विप्लवले वैद्यलाई छोडेका थिए भने अहिले रामबहादुर थापा बादल नेतृत्वको समूहले उनलाई छाडेको छ । एमाओवादीसहितका माओवादी घटकबीच बबरमहलको कार्की पार्टी प्यालेसमा संयुक्त अधिवेशन र पार्टी एकतासभा चलिरहँदा वैद्य बुद्धनगरमा आफूसँग रहेका केन्द्रीय नेतासँग छलफलमा थिए । बैठकपछि वैद्यले आफूलाई साथ दिने जनवर्गीय संगठनका नेतालाई संयुक्त वक्तव्य दिन लगाए । बिहीबार नै नेत्रविक्रम चन्द विप्लव र हेमन्तप्रकाश वलीसँग मिलेर छुट्टै वक्तव्य पनि निकाले । माओवादीबीच कथित एकता भएको भन्दै वैद्यले अवसरवादीको एकताको ठूलो होहल्ला र दक्षिणपन्थी अवसरवादको हावाहुरी मात्रै चलेको टिप्पणी गरेका छन् । उनले राष्ट्रिय स्वाधीनता, जनताको जनतन्त्र तथा जनजीविकाको आधारभूत समस्या समाधानको आन्दोलन र देश तथा जनताको मुक्तिको निम्ति अहिलेको माओवादी एकता भ्रामक र घातक रहेको आरोपसमेत लगाएका छन् । यसका विरुद्ध कडा विचारधारात्मक संघर्ष गर्न उनले कार्यकर्तालाई आह्वान गरेका छन् । वैद्यले केन्द्रीय समिति बैठकमा विचारधारात्मक रूपमा अहिलेको माओवादी एकताका विषयमा वैचारिक बहस छेड्दै आफ्नो पार्टी संगठन ब्युँताउने योजना ल्याएका छन् । असारको पहिलो साताभित्रै पार्टीको राष्ट्रिय सम्मेलन बोलाउने योजनामा उनी छन् । ‘बरु पार्टी सानै होस्, क्रान्तिकारी पार्टी बचाइराख्नुपर्छ,’ केन्द्रीय समितिमा वैद्यको भनाइ थियो । उनी विप्लव नेतृत्वको माओवादीसँग पनि सम्बन्ध सुधारको पक्षमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending