Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

\"Rss_Images_1463214676344_PRO_Ktm_160513_20160513222629_IMG_8056\"काठमाडौं । व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि बोलाइएको सर्वदलिय बैठक निष्कर्ष विहिन भएकोका छ । नियमावलीमा देखिएको विवादलाई सहमति जुटाउन प्रधामन्त्री केपी शर्मा ओलीले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दललाई छलफलका लागि बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान करिब दुई घण्टा भएको छलफलमा दलहरुको आ–आफ्नै अडानका कारण कुनै सहमति जुट्न सकेन । सत्तारुढ नेकपा एमाले र एकीकृत नेकपा ९माओवादी० ले संविधानमा व्यवस्था भएअनुसार संसदीय सुनुवाई समितिमा १५ सदस्यीय हुनुपर्ने धारणा राखेको छ भने प्रमुख प्रतिपक्षी काँग्रेसले साना दलको समेत प्रतिनिधित्व हुनेगरी ७३ सदस्यीय बनाउनुपर्ने अडान लिएको छ । दुबै अडानबीच मिलनविन्दु खोज्न कसरत स्वरुप दलहरुले विषय वस्तुको गहिराइसम्म सबैकोणबाट फराकिलो गरी छलफल भएको प्रतिक्रिया दिएका छन् । संसद्को कार्यविधिमा देखिएको विवादलाई संविधान निर्माण गर्ने दलबीच सहमति जुटाएर अघि बढ्ने सन्दर्भमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जनकारी दिए उनले बैठकमा सबै दलबाट सम्बन्धित विषयमा आ–आफ्नो धारणा आएको र भोलि पुनःबैठक बसेर टुङ्गो लगाउने सहमति भएको बताए । दलहरुबीच नियमावली मस्यौदा समितिमा सहमति जुट्न नसक्दा न्यायपरिषद्ले सिफारिस गरेका ११ न्यायाधीश र सरकारले सिफारिस गरेका २१ राजदूतको संसदीय सुनुवाई हुनसकेको छैन् । संविधानमा संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने उल्लेख छ । संविधानको धारा २९२ मा सो सम्बन्धी व्यवस्था गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले व्यवस्थापिका संसदको नियमावली, नियमावली समितिबाट संसदमा प्रस्तुत भएको र त्यसमा संशोधन गर्ने समय पनि तोकिसकेको हुनाले उक्त नियमावलीका विषयमा निचोड निकाल्नेबारे छलफल भएको बताए । मूलतः संसदीय सुनुवाई समितिको सङ्ख्या र कार्यविधि कस्तो हुने भन्नेबारे छलफल भएको र त्यसमा दुई कोणबाट भनाई आएको उनले उल्लेख गरे । एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसदको कार्यविधिबारे गम्भीर ढङ्गले छलफल भएको र आइतबार पुनः बैठक बसेर टुङ्गो लगाउने सहमति भएको बताए । बैठकमा संसदीय सुनुवाई समितिलगायत संसदीय नियमावलिका विषयमा छलफल भएको उनले उल्लेख गरे । बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख सचेतक ढकालसहितका नेता तथा प्रतिपक्षी काँग्रेसका तर्फबाट सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा, मुख्य सचेतक चिनकाजी श्रेष्ठ र रमेश लेखक सहभागी थिए । एमाओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन र प्रमुख सचेतक पाण्डेको सहभागिता थियो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राप्रपाका महामन्त्री एवम् श्रम तथा रोजगारमन्त्री दीपक बोहोरालगायतको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending