Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

बादलले एकताबारे भोलि नै निर्णय गर्ने, वैद्यले वैठक स्थगित गरे

\"rambahadur काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा ‘बादल’ समूहले एमाओवादीसँगको एकताबारे शनिवार निर्णय गर्ने भएका छन् । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जेठ १ गते बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेपछि बादलले एक दिनअगाडि नै आफ्नो समूहको केन्द्रीय समितिको बैठक बसालेर एकतामा जान लागेका हुन् । एमाओवादीसँगको एकताबारे निर्णय गर्न भन्दै १२ चैतमा बसेको वैद्य माओवादीको केन्द्रीय समितिको बैठक एकताबारे कुरा नमिल्दा २८ चैतमा स्थगित गरिएको थियो । एक महिनालाई वैठक स्थगित गरेर पनि वैद्यले पुनः बैठक बसाल्न नखोजेको भन्दै २८ बैशाखमा बादलले केन्द्रीय समितिको बैठक बोलाएका थिए । बादलले आफ्नो समूहमात्रै एकतामा जाने एमाओवादीसँग कुनै निर्णय नभएको भन्दै केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेपछि वैद्यले जेठ १ मा केन्द्रीय समिति बैठक बोलाएका थिए । केन्द्रीय समितिको बैठक अघि नै बादलले एमाओवादी अध्यक्ष प्रचण्डसँग एकताका लागि १२ बुँदे साझा सहमति गरेपछि अबको संयुक्त बैठकको औचित्य नभएको भन्दै वैद्यले जेठ १ को बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । वैद्यले एमाओवादीसँगको एकता प्रक्रिया टुंगिएको पनि संकेत गर्नुका साथै पार्टी विभाजित भइसकेको स्पष्ट गरेका छन् । वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेपछि बादलले शनिवार नै बैठक बसेर एकतामा जाने निर्णय गर्ने भएका हुन् । स्रोतका अनुसार जेठ ५ गते एमाओवादी र बादलसमूहबीच एकता घोषणा गरिनेछ । क्रान्तिकारी माओवादीका बादल समूहसँगै मात्रिका यादव र मणि थापाले पनि एमाओवादीसँग पार्टी एकता गर्ने तयारी गरेका छन् । वैद्य माओवादीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ अलग्गिएपछि निश्क्रिय बनेकी जयपुरी घर्ती पनि एकता घोषणा कार्यक्रममै एमाओवादीमा फर्किने भएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending