Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बादलले एकताबारे भोलि नै निर्णय गर्ने, वैद्यले वैठक स्थगित गरे

\"rambahadur काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा ‘बादल’ समूहले एमाओवादीसँगको एकताबारे शनिवार निर्णय गर्ने भएका छन् । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जेठ १ गते बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेपछि बादलले एक दिनअगाडि नै आफ्नो समूहको केन्द्रीय समितिको बैठक बसालेर एकतामा जान लागेका हुन् । एमाओवादीसँगको एकताबारे निर्णय गर्न भन्दै १२ चैतमा बसेको वैद्य माओवादीको केन्द्रीय समितिको बैठक एकताबारे कुरा नमिल्दा २८ चैतमा स्थगित गरिएको थियो । एक महिनालाई वैठक स्थगित गरेर पनि वैद्यले पुनः बैठक बसाल्न नखोजेको भन्दै २८ बैशाखमा बादलले केन्द्रीय समितिको बैठक बोलाएका थिए । बादलले आफ्नो समूहमात्रै एकतामा जाने एमाओवादीसँग कुनै निर्णय नभएको भन्दै केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेपछि वैद्यले जेठ १ मा केन्द्रीय समिति बैठक बोलाएका थिए । केन्द्रीय समितिको बैठक अघि नै बादलले एमाओवादी अध्यक्ष प्रचण्डसँग एकताका लागि १२ बुँदे साझा सहमति गरेपछि अबको संयुक्त बैठकको औचित्य नभएको भन्दै वैद्यले जेठ १ को बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । वैद्यले एमाओवादीसँगको एकता प्रक्रिया टुंगिएको पनि संकेत गर्नुका साथै पार्टी विभाजित भइसकेको स्पष्ट गरेका छन् । वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेपछि बादलले शनिवार नै बैठक बसेर एकतामा जाने निर्णय गर्ने भएका हुन् । स्रोतका अनुसार जेठ ५ गते एमाओवादी र बादलसमूहबीच एकता घोषणा गरिनेछ । क्रान्तिकारी माओवादीका बादल समूहसँगै मात्रिका यादव र मणि थापाले पनि एमाओवादीसँग पार्टी एकता गर्ने तयारी गरेका छन् । वैद्य माओवादीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ अलग्गिएपछि निश्क्रिय बनेकी जयपुरी घर्ती पनि एकता घोषणा कार्यक्रममै एमाओवादीमा फर्किने भएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: