Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

कांग्रेसले थाल्यो सरकार ढाल्ने नयाँ कसरत

\"Nepali-Congress-Office-NC\"काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टा नबित्दै आफ्नो साथ छाडेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरेका प्रचण्डले एक दिन नबित्दै कांग्रेसको साथ छाडेर एमालेसँग नै नौ बुँदे सहमति गरेपछि कांग्रेस आक्रामक बन्दै गएको छ । उसले एमाओवादी अध्यक्ष प्रचण्डप्रति रोष प्रकट गर्दै सरकार ढाल्ने नयाँ कसरतमा लागेको छ । आन्दोलनरत मधेसवादी दलहरुका साथै सरकारमा रहेका साना दलहरुसँग छलफल थालेका कांग्रेस नेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल पनि शुरु गरेको छ । वर्तमान सरकार ढाल्ने खेल एमाओवादी अध्यक्ष प्रचण्डले नै शुरु गरेर दोष आफूलाई थुपारेको भन्दै कांग्रेस नेताहरु नयाँ रणनीतिमा जुटेको स्रोतको भनाइ छ । कांग्रेस नेता विमलेन्द्र निधिले एमालेसँगको सहकार्य तोडेर प्रधानमन्त्री बन्न प्रचण्डले नै कांग्रेससँग प्रस्ताव गरेको दाबी गरे । गत वैशाख १६ गते राति एमाओवादी प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेटेर प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव गरेको निधिको दाबी छ । झन्डै एक महिनादेखि एमाओवादी र कांग्रेसका शीर्ष तहमा सरकार परिवर्तनका लागि छलफल चलेको थियो । वर्तमान ओली नेतृत्वको सरकारले जनताको आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेको र इन्धन संकट अझै पनि कायमै रहेको भन्दै एमाओवादीले असन्तुष्टी जनाउँदै आएको थियो । एमाओवादी अध्यक्ष प्रचण्डको असन्तुष्टीसँगै कांग्रेस नेता निधिले एमाओवादी नेता कृष्णबहादुर महरा लगायतसँग भेट गरी सरकार परिवर्तनको संवाद चलाएका थिए । कांग्रेस सभापति देउवा पत्नी आरजूको उपचारका लागि दिल्ली जानुअघि नै शीर्ष नेता तहमा सरकार परिवर्तनका विषयमा छलफल थालिएको थियो भने भारत गएर देउवाले भारतीय अधिकारीहरुसँग गोप्य ढंगले छलफल गरेका थिए । कांग्रेस र एमाओवादीबीच सरकार परिवर्तनको नयाँ समिकरण फेल भएपछि कांग्रेसले अर्को समिकरणको तयारी थालेको छ । शनिबार बसेको व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै कांग्रेस सांसद प्रकाशशरण महतले राजदूत उपाध्यायलाई फिर्ता बोलाउनुको कारणबारे सदनमा जवाफ दिन सरकारसँग माग गरे । राजदूत उपाध्यायप्रति सरकारले लगाएको आरोप कांग्रेससँग प्रतिसोध साँध्ने काम भएको महतको आरोप थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE