Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कांग्रेसले थाल्यो सरकार ढाल्ने नयाँ कसरत

\"Nepali-Congress-Office-NC\"काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टा नबित्दै आफ्नो साथ छाडेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरेका प्रचण्डले एक दिन नबित्दै कांग्रेसको साथ छाडेर एमालेसँग नै नौ बुँदे सहमति गरेपछि कांग्रेस आक्रामक बन्दै गएको छ । उसले एमाओवादी अध्यक्ष प्रचण्डप्रति रोष प्रकट गर्दै सरकार ढाल्ने नयाँ कसरतमा लागेको छ । आन्दोलनरत मधेसवादी दलहरुका साथै सरकारमा रहेका साना दलहरुसँग छलफल थालेका कांग्रेस नेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल पनि शुरु गरेको छ । वर्तमान सरकार ढाल्ने खेल एमाओवादी अध्यक्ष प्रचण्डले नै शुरु गरेर दोष आफूलाई थुपारेको भन्दै कांग्रेस नेताहरु नयाँ रणनीतिमा जुटेको स्रोतको भनाइ छ । कांग्रेस नेता विमलेन्द्र निधिले एमालेसँगको सहकार्य तोडेर प्रधानमन्त्री बन्न प्रचण्डले नै कांग्रेससँग प्रस्ताव गरेको दाबी गरे । गत वैशाख १६ गते राति एमाओवादी प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा भेटेर प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव गरेको निधिको दाबी छ । झन्डै एक महिनादेखि एमाओवादी र कांग्रेसका शीर्ष तहमा सरकार परिवर्तनका लागि छलफल चलेको थियो । वर्तमान ओली नेतृत्वको सरकारले जनताको आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेको र इन्धन संकट अझै पनि कायमै रहेको भन्दै एमाओवादीले असन्तुष्टी जनाउँदै आएको थियो । एमाओवादी अध्यक्ष प्रचण्डको असन्तुष्टीसँगै कांग्रेस नेता निधिले एमाओवादी नेता कृष्णबहादुर महरा लगायतसँग भेट गरी सरकार परिवर्तनको संवाद चलाएका थिए । कांग्रेस सभापति देउवा पत्नी आरजूको उपचारका लागि दिल्ली जानुअघि नै शीर्ष नेता तहमा सरकार परिवर्तनका विषयमा छलफल थालिएको थियो भने भारत गएर देउवाले भारतीय अधिकारीहरुसँग गोप्य ढंगले छलफल गरेका थिए । कांग्रेस र एमाओवादीबीच सरकार परिवर्तनको नयाँ समिकरण फेल भएपछि कांग्रेसले अर्को समिकरणको तयारी थालेको छ । शनिबार बसेको व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै कांग्रेस सांसद प्रकाशशरण महतले राजदूत उपाध्यायलाई फिर्ता बोलाउनुको कारणबारे सदनमा जवाफ दिन सरकारसँग माग गरे । राजदूत उपाध्यायप्रति सरकारले लगाएको आरोप कांग्रेससँग प्रतिसोध साँध्ने काम भएको महतको आरोप थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending