Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यस्तो खतरनाक षड्यन्त्र देखेपछि ब्याक भए प्रचण्ड

\"prachanda\"काठमाडौं । आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको १२ घण्टा नबित्दै एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड ओली सरकारको निरन्तरतामा ब्याक भएका छन् । प्रचण्ड किन पछाडी फर्किए त ? यसको बाह्य कारण जे जति बताइएपनि आन्तरिक रुपमा भने आफुलाई भारतीय डिजाइनमा छिराइएको जब प्रचण्डले बुझे तब उनी एकाएक ओली सरकारको निरन्तरतामा फर्किए । सुरुमा प्रचण्डलाई नेपाली कांग्रेसका शेर बहादुर देउवाले आफ्नो दल, मधेसवादी दल, राप्रपा लगायतको समर्थन बनाउने र अन्तिममा वाध्य भएर एमाले समेत आउँदा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने सम्भावना देखाए । संविधान कार्यान्वयन, मधेसको जटिलता, शान्ति प्रकृयाको टुंगो लगायतका उल्झन र ओलीले पछिल्लो समय टेर्न छोड्नुको दबाबमा रहेका प्रचण्डलाई देउवाको कुरा ठिकै लाग्यो । प्रचण्डले पार्टीको पदाधिकारीमा देउवाको प्रस्ताव बारे छलफल गरे । पदाधिकारीमा सबैको एउटै मत नभएपनि फरक मत कसैको नरहेका कारण प्रचण्ड हौंसिए र सहमतिय सरकारका लागी एमालेलाई दबाबमा पार्दा हुन्छ भन्ठाने । सोही अनुसार अघि बढेका प्रचण्डले पार्टी पदाधिकारीमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गराउनुका साथै साँझ स्थायी समितिको बैठक बोलाए । बुधबार दिउँसो बसेको कांग्रेस र मधेसी मोर्चाको बैठकले कुनै ठोस निर्णय नगरेपछि झस्किएका प्रचण्डले स्थायी कमिटिको बैठककै बिचमा केही दक्षिणि एजेन्टहरुको अवस्थाका बारेमा बुझे । देउवा लगायत मधेसी नेताहरुको स्पष्ट कुरा नआउनुले प्रचण्ड सोच्न वाध्य भए । यतिबेलासम्म सामाजिक संजाल तथा अन्य माध्यमबाट प्रचण्डमाथि निर्णय गलत भएको दबाब परिसकेको थियो । प्रचण्डले स्थायी समितिको बैठकमा कुनै ठोस निर्णय गर्न नलिईकन कुरिबसेका ओलीलाई बालुवाटार पुगेर भेटे । संसद विघठनको अवस्थामा रहेका ओलीले प्रचण्डलाई सिधैं कुरा बताए । अनि प्रचण्ड र ओली दुबैलाई एउटै षड्यन्त्रको शिकार हुन लागेको भान भयो । ओलीले पनि सधैंको ठाडो स्वभाव झै व्यावहार गरेनन् बरु उल्टो प्रचण्डलाई भने, –सँगै जाउँ । बजेट ल्याएपछि तपाई नै बन्नुहोला । स्थानीय चुनावसम्म गठबन्धन सँगै लैजाउ । के थियो भारतीय गेमप्लान ? देउवामार्फत प्रचण्डलाई ओली सरकार ढाल्न उक्साएको भारतले केही भारतीय अधिकारी मार्फत प्रधानमन्त्री ओलीलाई पनि उसैगरी उक्साईरहेको थियो । तत्कालै निर्णय गर्न र नेतृत्व लिन भनेर भारतीय दुतावासबाट प्रचण्डलाई बुधबार दिनभर जस्तो ताकेता आउन थाल्यो । सम्पर्कमै नरहेको दुताबास एक्कासी सक्रिय हुनुलाई प्रचण्डले गम्भिर रुपमा लिए । भारत प्रचण्ड उचालेर ओलीमाथि अविश्वासको प्रस्ताव लैजाने ओली उचालेर संसद विघठन गराउने भित्रि योजनामा थियो । प्रचण्डलाई एकाथरी मानिसहरुले जसरी उचालिरहेका थिए उसैगरी ओलीलाई पनि संसद विघटनका लागी उचालिएको थियो । संसद विघटन हुनासाथै न सरकार रहन्थ्यो न नयाँ संविधान नै । अस्थिरताको अवस्था सिर्जना गरेर हिजो खिलराज रेग्मी जस्तै अर्को सरकार बनाउने योजना भारतको थियो । यही अस्थिरताकैबिच धार्मीक कुरा उठाउने र आन्दोलनको अवस्था बनाउने गुरु योजना लिएर भारतीय केही अधिकारीहरु काठमाडौंमा सक्रिय रहेको स्रोत बताउँछ । जब प्रचण्डले बुझे... माथि भनिएजस्तो भारतीय योजना प्रचण्डले बुझेपछि बुधबार राति नै ओलीलाई फोन गरेर कुनै पनि निर्णय गर्न नहतारिन भनेको बालुवाटार स्रोतको दावी छ । बिहिबार बिहान पार्टीका उपल्ला तहका नेताहरुलाई बोलाएर ओलीसँगको गठबन्धन तोड्न नहुने भनी र त्यसले पार्टी र मुलुकलाई नै घाटा हुने बताएका प्रचण्डले नै प्रम ओलीलाई मन्त्रीपरिषदको बैठक साँझसम्म सार्न लगाएका थिए । बिहिबार बिहान आफ्नै निवास आईपुगेका देउवालाई तत्काल आफ्नो सम्भावना नरहेको भन्दै फिर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष वामदेव गौतमलाई ओली सरकारकै निरन्तरता तर केही शर्त पुरा गर्नुपर्ने धारणा राखेर पठाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies