Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

माअाेवादीमै मजदुरबारे यस्ताे अपभ्रंस

आज १२७ औं मे दिवस । संसार भरका मजदुरहरुले उमुक्त भई मनाउँने दिवस हो आज । सन् १८८६ मे १ देखि मे ४ सम्म अमेरिकाको शिकागाे सहरका मजदुरहरुले ८ घन्टा कामको माग गर्दै हडताल गरेका थिए । उक्त हडतालमा मजदुरहरुले सुपर मार्केटमा बम विस्फोट समेत गराएका थिए । बम बिस्फोटपछि पुलिसले अन्धाधुन्ध गोली चलाउँला सात जना मजदुरको हत्या भएको थियो । हत्याको तुरुन्तै त अमेरिकाले मजदुरको माग पुरा गरेनन्, तर अमेरिका मजदुरलाई उक्त अधिकार दिन अन्ततः सन् १८८९ मा बाध्य भयो । त्यसपछि अमेरिकामा लागु भएको ८ घन्टा कामको नीति अन्य देशहरुमा पनि लागु गर्न शासकहरु बाध्य भएको इतिहास देखिन्छ । सन् १८४८ मा कार्ल माक्र्सले कम्युनिस्ट घोषणा पत्र जारी गरि संसारका मजदुरहरु होऔं भनेका थिए । उनले एक होऔं भनेको ३८ वर्ष पछि अमेरिकाका मदजुरहरु एकजुट भएर पुँजीवाद विरुद्ध जुटे । मजदुरहरु ठूला ठूला बिल्डिङ र कलकारखानाबाट प्रत्येक दिन सडकमा आएर ८ घन्टा कामको काम गर्दै भाषण गर्थे । त्यही आन्दोलनको बलबाट अमेकिका अन्ततः झुकेर सन् १८८९ मा मजदुरलाई अधिकार दिन बाध्य भए । आज १२७ वर्षपछि नेपालमा आईपुग्दा मजदुरहरुको मुक्तिकालागि गठन भएका कम्युनिस्ट पार्टीहरु ‘संसारका मजदुर एक होऊ/होऔं।’ भन्दै बाँडिएका छन् । यो नाराको नेपालमा मनोमानी ढंगले प्रयोग भएको पाइन्छ । कतै संसारका मजदुर एक होऊ भनिन्छ भने कतै एक होऔं भनिन्छ । कुन चाँही ठीक भन्ने दुविधाको विषय बनेको छ । माक्र्सवादी विचार राख्ने पार्टीहरुले आफ्नो ‘लेटरप्याड’को शिरानमा र कतिपय बार्डहरुमा सानो अक्षरले ‘संसारका मजदुर एक होऔं र होऊ।’ भनेर लेखेको देखिन्छ । कसैले ‘संसारका मजदुर एक होऔं’ लेख्ने गरेका छन् भने कसैले ‘संसारका मजदुर एक होऊ’ लेखेका हुन्छन् । उनीहरुले नजानेर फरक अर्थमा लेखेका हुन् की यस भित्र केही छ ? यो विचारणिय प्रश्न हो । उनीहरु पार्टीलाई अब्बल दर्जामा राखेर अन्य संगठनलाई निर्देशन दिने भाषाका रुपमा अथ्र्याउँछन् । अंग्रेजीमा the workers of the world, unite को अर्थ संसारका मजदुरहरु एक होऔं भन्ने हुन्छ । तर कतिपय कम्युनिस्ट नेताहरुले एक होऊ भनिरहेका छन् । यसप्रति कसैको ध्यान गएको पाइँदैन । तर यसभित्र छिपेको अन्तर्यको बारेमा छलफल गर्न आवश्यक छ । माक्र्सवादलाई प्रयोग गर्ने सन्दर्भमा नै विभिन्न मतमतान्तर भएको अहिलेको परिवेशमा यो बहस धेरैको चासोको विषय नबन्न सक्छ । तर यसप्रति औंला भने उठाउन आवश्यक छ । शब्दमा भएको मनपरि प्रयोगसँग मानिसहरुको अन्तर्यको वर्ग छिपेको कुरालाई नजर अन्दाज गर्न मिल्दैन । त्यसकारण ‘होऔं र होऊ’ विषयमा नेपालका कम्युनिष्ट पार्टीहरुले मनोमानी लेखेका छन् । जुन निम्नानुसार छः \"एमाओवादीको   सामान्यतयाः नेपालीमा आफू अलग्गै बसेर अरुलाई ‘जम्मा होउ’ भनेर निर्देशन दिने भन्ने हुन्छ । त्यसमा आफू संलग्न भइँदैन । ‘भोलि बिहान तिमीहरु चौतारामा जम्मा होऊ है’ भन्ने जस्ता निर्देशनात्मक अर्थ बोल्ने शब्द हो ‘होऊ’ । होऊभित्र तल र माथिको एउटा वर्ग हुन्छ । सामान हैसियतका मानिसहरुबीच होऊ हुँदैन । त्यहाँ होऔं हुन्छ । \"माओवादी माओवादी विप्लव समूहको लेटर प्याड [caption id=\"attachment_71956\" align=\"aligncenter\" width=\"750\"]\"माओवादी माओवादी बैद्य समूहको लेटर प्याड[/caption] ‘होऊ’ को अर्थ  ‘होऔं’ भन्ने शब्दले आफूपनि स्वयम् सम्लग्न भएर गरिने कुनैपनि कार्यलाई जनाउँछ । जस्तोकी नेपाली जनबोलीमा ‘हामी भोलि चौतारामा जम्मा होऔं है ।’ भन्ने जस्ता अर्थ बोक्ने गर्छ । होऔंले आफू अलग्गै बसेर अरुलाई निर्देशन दिदैँन । यहाँ तलमाथिको सोपानक्रम हुँदैन। समान वर्ग भएका मानिसहरुको समूहमा मात्र यो शब्दको प्रयोग हुन्छ । जस्तोकी सबै विद्यार्थीहरुले एक साथ भन्दा होऔं भन्छन् । सबै मजदुरले भन्दा होऔं भन्छन् । तर कुनै समूहमा दुई वटा वर्ग त्यो सामाजिक, राजनीतिक जुनसुकै हुनसक्छ, त्यो छ भने त्यहाँ होऊ भन्ने शब्दको प्रयोग हुन्छ। शिक्षकले विद्यार्थीहरुलाई होऊ भन्छ । मालिकले मजदुरलाई होऊ भन्छ । तर सहचालकले यात्रुलाई होऊ भन्दैन । उसले होऔं भन्ने भावाअर्थ बोक्ने शब्द नै प्रयोग गर्छ । किनकी ऊ पनि सँगै यात्रारत हुन्छ । रोचक कुरा के भयो भने मैले यो लेख्ने बेला केही माथिल्लो कमिटीका नेताहरुलाई भने, उनीहरुले ‘होऊ’ भने । तल्लो कमिटीमा बसेर काम गर्नेहरुलाई सोधेँ ‘होऔं’ भने । क्रान्ति र आन्दोलन हाँक्ने बेला ‘होऊ भन्ने की होऔं’ भन्ने कुराले तात्विक अर्थ नराख्न सक्छ । तर यसले मानिसको मनोविज्ञानमा सुक्ष्म प्रभाव पार्छ भन्ने विश्वास गर्न सकिन्छ। कम्युनिस्ट पार्टी भनेको जनताबाट माथि छुट्टै चोटामा बस्नेहरुको पार्टी पक्कै होइन । यस अर्थमा आफू अलग्गै बसेर अरुलाई निर्देशन दिने विन्दुबाट नेपालका कम्युनिस्टहरु अघि बढ्ने हो भने जनताबाट कट्दै जाने र अन्ततः उही संसदीय पार्टी जस्तै हुने कुरा स्वतः सिद्ध छ । \"2015_5$largeimg101_May_2015_003255870gallery\".. अन्तमा, नेपालका कम्युनिस्टहरुमा देखिएको विभाजन र कम्युनिस्ट पार्टीमा मानिसको मोह भंग हुँदै जानुमा त्यही होऊ भन्ने आदेशात्मक नाराले त काम गरेको होइन ? के सर्वहारा, मजदुर, किसान, सुकुम्बासीभन्दा अलग्गै हो कम्युनिस्ट पार्टी भनेको ? कम्युनिस्ट नेताहरुले अलग्गै बसेर निर्देशन दिने अनि किसान मजदुर, सर्वहाराहरु बन्दुक बोकेर मर्न जानुपर्ने हो ? त्यसकारण होऊ र होऔं भन्ने भित्रबाटै समस्या खड्किएको आभाष हुन्छ । यो माक्र्सले नै होऊ भनेको हो भने त्यो पनि गलत भयो। माक्र्सको उक्त नारा नै संशोधन गर्नुपर्ने हुन्छ । अनि मात्र संसारमा माक्र्सले कल्पना गरे जस्तो साम्यवादको निर्माण सम्भव छ । अन्यथा कम्युनिस्ट पार्टी भित्र अभिजातीय वर्गहरु कौसीमा बसेर सडकमा मजदुर किसानलाई झन्डा बोक्न लगाउनेमा मात्र माक्र्सवाद सीमित हुन्छ । आज मजदुर दिवसको सन्दर्भमा आफू अलग्गै बसेर ‘होउ’ भन्दै निर्देशन भन्ने कम्युनिस्ट पार्टी होइन, आफूपनि मजदुरसँगै बसेर पुँजीवादका जंजीरहरु तोड्न बल गर्ने ‘होऔं’ भन्ने कम्युनिस्ट पार्टी नेपालमा भेट्न सकियोस् । यही छ १२७ औं मजदुर दिवसको शुभकामना ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending