Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अन्ततः वैद्य एक्लिँदै

\"mohanकाठमाडौ । विभाजित माओवादी धाराका पार्टीहरूबीच एकताको बहस सुरु भएका वेला मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी भने विभाजनको संघारमा पुगेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–अध्यक्ष वैद्य र वरिष्ठ नेता रामबहादुर थापा बादल पक्षबीच एमाओवादीसँग तत्काल एकता गर्ने विषयमा देखिएको विवादले पार्टी विभाजनको अवस्थामा पुगेको छ । केन्द्रीय समिति बैठक २८ चैतबाट स्थगित छ । वैद्यले बैठक बोलाउनै चाहेका छैनन् । बादल पक्षले भने तत्काल केन्द्रीय समिति बोलाएर एकताको निर्णय लिनुपर्ने दबाब दिएको छ । वैद्यको योजनामा बादल पक्षको विरोध केन्द्रीय समितिको स्थगित बैठक होइन, संगठन विभाग वा पार्टी सचिवालयमध्ये एकको बैठक बोलाउने योजनामा वैद्य छन् । यी दुवै कमिटीमा उनी बहुमतमा छन् । १५ सदस्यीय संगठन विभागमा सिपी गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, परी थापा, सीताराम तामाङ, रामसिंह श्रीष र प्रेम पौडेल वैद्यको पक्षमा छन् । वैद्यले संगठन विभागबाटै विवादित विषय टुंग्याउन चाहेका छन् । संगठन विभागको बैठक बोलाउन नसके केन्द्रीय सचिवालय बैठक बोलाएर विवादका विषयमा आफूअनुकूलको निर्णय गराउने पक्षमा वैद्य छन् । ३५ सदस्यीय सचिवालयमा परी थापाको नेतृत्वमा पार्टी एकतामा आएका नौ नेतासहित २० सदस्य वैद्यको पक्षमा छन् । तर, केन्द्रीय समिति बैठक स्थगित भएका वेला बोलाइने अन्य बैठकको निर्णय वैधानिक नहुने भन्दै बादल पक्षले वैद्यको प्रस्ताव अस्वीकार गरेको छ । ‘केन्द्रीय समिति बैठक स्थगित भएका वेला सचिवालय बैठक बसेर निर्णय गर्ने कुरा वैधानिक हुँदैन र त्यस्तो अधिकार सचिवालयलाई छँदा पनि छैन,’ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने, ‘संगठन विभाग तथा सचिवालयको बैठक बोलाउन खोज्नु भनेको केन्द्रीय समितिलाई छल्न खोज्नु हो ।’ वैद्यले केन्द्रीय समिति नबोलाउनुका तीन कारण १.केन्द्रीय समितिमा बहुमत सदस्यले पार्टी एकता गर्न नेतृत्वलाई दबाब दिएका थिए । त्यहीबाट निर्णय लिँदा अल्पमतमा परिने वैद्यलाई डर छ । २. तत्काल एकता नगरे पनि कार्यदिशासहितको विवाद मिलाएर सिद्धान्तनिष्ठ एकता भने गर्नुपर्ने पक्षमा ९९ प्रतिशत सदस्यहरूले बैठकमा मत राखेका थिए । केन्द्रीय समितिले बादलको पक्षमा निर्णय गर्नसक्ने चिन्ता वैद्यलाई छ । ३. बैठक चलिरहेकै वेला बादल पक्षले एकताका लागि दबाब वढाउन हस्ताक्षर अभियान चलाएका थिए । बादल पक्षले १९९ सदस्यीय समितिमा ११० भन्दा बढी नेताको हस्ताक्षर संकलन गरेको बताएकाले आफू एक्लो हुने भय वैद्यमा छ । तत्काल केन्द्रीय समिति बोलाउन बादलको माग वैद्यले केन्द्रीय समिति रोकेर अन्य कमिटीको बैठक बोलाउन खोजेपछि बादलले आफू पक्षका नेताहरूसँग छलफल थालेका छन् । उनले शुक्रबार पनि वैद्यलाई भेटेर तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । तर, वैद्यले नेता सिपी गजुरेलसँग छलफल गरेर निर्णय दिने भन्दै बैठक बोलाउन अनिच्छा देखाएको स्रोतको भनाइ छ । बादलको तयारी वैद्यले केन्द्रीय समिति बैठक नबोलाए आफैँ बोलाउने तयारीमा बादल छन् । यसका लागि २८ वैशाखसम्म कुर्ने वा त्यसअघि नै बोलाउने भन्नेमा भने उनी छलफलमा छन् । उनले केन्द्रीय समिति बैठक बोलाएमा वैद्य पक्षका नेता सहभागी हुने छैनन्, जसबाट पार्टी औपचारिक रूपमै विभाजन हुनेछ । आफूले बोलाएको बैठकमा पार्टी संरचना र कार्यविभाजन गर्नेबारे पनि बादलले छलफल गरेका छन् । यसो भएमा बादलले नेताहरू कुलप्रसाद केसी, लेखनाथ न्यौपानेसहितको सहमतिमा तयार गरेको १४ बुँदे प्रस्तावका आधारमा एमाओवादीसहितका माओवादी धाराका पार्टीहरूसँग एकता गर्ने गरी समझदारीको प्रयास गर्नेछन् । एमाओवादीसहित एकता पक्षधर मणि थापा, मातृका यादवलगायतका नेताहरूसहितको एकता संयोजन समिति बनाएर पार्टी एकतामा जानेछन् । प्रचण्डसँग छलफलपछि बैठक बोलाउने बादलको तयारी बादलले आफू पक्षका केन्द्रीय सदस्यको बैठक बोलाउनुअघि एमाओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्ने तयारी गरेका छन् । ‘प्रचण्डसहित एमाओवादीका शीर्ष नेता र यताका पनि केही नेताबीचको छलफलपछि मात्रै बैठक बोलाउने योजना छ,’ बादलनिकट नेताले भने, ‘चाँडै छलफल हुन्छ ।’ छलफलमा बादलसहित कुलप्रसाद केसी, हितमान शाक्य, पम्फा भुसालसहितका नेताहरू रहनेछन् । बादलको निर्णय पर्खंदै एमाओवादी एमाओवादीले पार्टी एकताका लागि बादलको निर्णय पर्खेको छ । शुक्रबार स्थायी समितिले बादल पक्षसँग एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । ‘उहाँहरू ९बादल पक्ष०ले अब कति छिटो निर्णय लिनुहुन्छ, त्यही आधारमा पार्टी एकता छिटो वा ढिलो भन्ने हुन्छ,’ एमाओवादी स्थायी समिति सदस्य बलदेवले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending