Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

दुई हजार वर्षपहिलेका किरातबारे बताउने मुन्दुम होसुङ प्रकाशित

\"mundum-hosung-book\" काठमाडौं । गर्भावस्थादेखि मृत्युसम्मका चाम्लिङ राईहरुको संस्कारसँग सम्बन्धित मुन्दुम समेटिएको पुस्तक मुन्दुम होसुङ सार्वजनिक भएको छ । चाम्लिङ भाषाका रिसिया ९श्लोक०हरुलाई खस(नेपाली र अंग्रेजीमा पनि अनुवाद गरिएको यो किताब एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । किताबमा चाम्लिङ राईहरुले गर्ने संस्कारहरुमध्ये नौ वटा संस्कार गर्दा नछुङ ९धामी०ले बखान्ने मुन्दुमको रिसिया संकलन गरिएको छ । उदयपुर जिल्लाको बलम्तालाई केन्द्र बनाएर मुन्दुमका रिसियाहरु संकलन गरिएका हुन् । हजारौं वर्षअघिदेखि एकदेखि अर्को पुस्तामा मौखिक रुपमा हस्तान्तरण हुँदैआएको मुन्दुम लोपोन्मुख अवस्थामा पुगेपछि किरात राई चाम्लिङ खाम्बातिमले किरात मुन्दुम ९दर्शनशास्त्र० अनुसन्धान तथा अभिलेखीकरण समिति गठन गरेको थियो । सोही समितिले स्थलगत रुपमा संकलन गरेका मुन्दुमहरु पुस्तकाकार रुपमा प्रकाशन गरिएको हो । \"mundum-hosung\" यसबारे कार्यक्रममा बोल्दै संयोजक जयकुमार राईले भने, किरात पुर्खाले सँगालेको आफ्नो अनुभव र ज्ञान नै मुन्दुम हो । यो अहिले संकलन नगर्ने हो भने अबको दश वर्षभित्र लोप हुने खतरा छ । मुन्दुम लोप हुन नदिन समितिले काम गरिरहेको उनले बताए । कार्यक्रममा बोल्दै आहुतिले मुन्दुम किरातीहरुको सभ्यताको परिचायक र नेपाली समाजको मौलिक सम्पदा भएकोले यसको संरक्षण गरेर मात्र नेपाली समाजको पहिचान जोगाउन सकिने बताएका थिए । उनले भने, अब नेपालसँग धेरै कम कुरा मात्र बाँकी छ जसले नेपाललाई विश्व समुदायसँग चिनाउन सकियोस् । त्यसमध्ये किरातहरुको मुन्दुम पनि एक हो । कार्यक्रममा प्रा।डा। चुडामणि बन्धु, डा। विजय सुब्बा र डा। जनक राईले पनि बोलेका थिए । सम्पादक भोगीराज चाम्लिङका अनुसार मुन्दुम स् होसुङ ९संस्कार० किताबको सबैभन्दा महत्वपूर्ण संस्कार चाहिँ वाडाको अर्थात् पानीदेउताको पूजा हो । उनका अनुसार वाडाको गर्दा बखान गरिने मुन्दुममा सिन्धुघाँटीको सभ्यता र किरात(नागजातिबीचको प्राग्ऐतिहासिक कालको वैवाहिक सम्बन्धबारे उल्लेख छ । सिन्धुघाँटीदेखि गंगाको मैदान हुँदै नेपालको पूर्वी पहाडी भूभागसम्मको बसाइँसराइको वर्णन पनि वाडाको मुन्दुममा हुने गर्छ । उनले मुन्दुमको पुरातात्विक खोजीसँग दाँजेर विश्लेषण गर्ने हो भने प्राग्ऐतिहासिककालिन किरातहरुका बारेमा धेरै कुरा खुल्न सक्ने सम्भावना छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending