Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भूकम्पपीडितको ७९ लाख किलो चामल गोदाममा

\"chamal\"काठमाडौं । भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो । तर, आपत्का वेला छिमेकीले दिएको चामलसमेत जनतालाई बाड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको छ आजको नयाँ पत्रिका दैनिकमा खबर छ–त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो । त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ । भूकम्पपीडित भोकै रहादा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ । अन्तर्राष्ट्रिय सहयोगको चामल वितरण नगरी राख्दा कुहिएपछि विश्व खाद्य कार्यक्रमले पनि खाल्डो खनेर पुर्दै आएको छ । विश्व खाद्य कार्यक्रमले मंगलबार मात्रै सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो कुहिएको चामल खाल्डो खनेर पुरेको थियो । यसअघि सो संस्थाले सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिसकेको छ । किन थुप्रियो चामल ? भूकम्पपछि देशभित्र आपूर्तिको सबै व्यवस्था मिलाउने जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिएको थियो । मन्त्रालयका तत्कालीन एक सहसचिवका अनुसार ढुवानी खर्च विवादले लामो समयसम्म राहतको चामल भन्सार कार्यालयमा नै अड्कियो । सरकारले राहत सामग्रीमा भन्सार छुट दिए पनि ढुवानी खर्च विवाद पछिसम्मै रहेको उनको भनाइ छ । ‘बंगलादेशबाट आएको चामल गोरखा लैजाने तयारी भएको थियो, तर ढुवानी खर्च हिसाब गर्दा त्यतै किनेर बाँड्दा सस्तो पर्ने देखियो,’ ती सहसचिवले भने, ‘ढुवानी भाडाको विवाद लामो समयसम्म चल्यो । हामीले टुंगो लगाउन सकेनौँ, चामल खाद्य संस्थानमा लगेर गोदाममा थन्क्याएका हौँ ।’ अहिलेसम्म के–के बाँड्यो सरकारले ? सरकारले भूकम्प गएको सुरुका तीन महिनामा ५८ जिल्लामा चामल, दाल, पिठो, ड्राइफुड तथा अन्य सामग्री वितरण गरेको थियो । तीमध्ये भूकम्पबाट बढी प्रभावित २२ जिल्लामा एक लाख २६ हजार एक सय २२ क्विन्टल चामल वितरण भएको गृह मन्त्रालयको तथ्यांक छ । २२ जिल्लामा तीन हजार ६ सय एक क्विन्टल नुन, २० हजार पाँच सय क्विन्टल चिउरा तथा एक लाख १३ हजार दुई सय २८ कार्टुन पानी वितरण गरिएको विवरण राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रसँग छ । मागेको वेला दिन्छौँ स् खाद्य संस्थान खाद्य संस्थानले विभिन्न देशको सहयोगको चामल सुरक्षित रहेको र सरकारले मागेको वेला तत्काल उपलब्ध गराउने जनाएको छ । ‘तीनवटा गोदाममा हामीले चामल थन्क्याएका छौँ, सरकारले मागेको वेला हामी फिर्ता गर्न सक्छौँ,’ संस्थानका एक अधिकारीले भने, ‘आधुनिक डिपोमा चामल सुरक्षित नै रहन्छ, किरा पर्दैन । तीन–चार वर्ष ढुक्कले राख्न सकिन्छ ।’ तर, बंगलादेश र चीनले चामल भण्डारण गर्नका लागि होइन, तत्काल राहतका लागि दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending