Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विद्यार्थी संगठन जाँड पार्टीमा : कसरी हुन्छ समयमा स्ववियु निर्वाचन ?

राजनैतिक पार्टीहरु प्रतिबन्धित भएको अवस्थामा स्थापित भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) आज करिब करिब अस्तित्व विहिन अवस्थामा पुगेको छ । विधानतः हरेक २/२ वर्षमा निर्वाचन गरि स्ववियुको गठन गर्नु पर्ने प्रावधान छ तर विगत ८ वर्ष देखि निर्वाचन हुन नसक्नुले स्ववियु विघटन त हुने होईन ? भन्ने आशङ्काहरु पनि सिर्जना भएका छन् । स्ववियु निर्वाचन घोषणा र स्थगन वर्षेनि हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयले निर्वाचन घोषणाको औपचारिकता पूरा गर्ने र निर्वाचन स्थगनको दोष विद्यार्थी संगठनहरुलाई दिएर आफू पानी माथिको ओभानो बन्ने काम गरिरहेको छ । विद्यार्थी संगठनहरुको स्ववियु सम्बन्धि आ–आफ्नै मान्यताहरु छन्, जसलाई अस्वभाविक रुपमा लिनु हुदैन । स्ववियुले नै संगठनहरुको आकार निर्धारण गर्ने परम्परागत विधि भएको हुनाले पनि संगठनहरुले आफू अनुकुल हुने गरि निर्वाचन गराउन खोज्नुलाई नकारात्मक रुपमा लिनु हुदैन । तर समस्या यही नेर छ जब स्ववियुलाई मिनि पाल्र्यामेन्ट निर्वाचनको रुपमा बुझ्न थालियो र स्ववियुमा जित्ने संगठनहरुले अन्य संगठनहरुको अस्तित्व नस्विकार्ने सस्कार बस्न गयो त्यहीबाट स्ववियुका मान्यताहरु भत्किएका छन् । त्यसकारण नयाँ अवधारणा अनुरुप स्ववियुको विकास गर्दै नयाँ ढंगले परिभाषित स्ववियुको निर्वाचन गर्नु आवश्यक छ । [caption id=\"attachment_71591\" align=\"alignleft\" width=\"150\"]\" लेखक[/caption] आज परिस्थिति फेरिएको छ । हिजोकै प्रकृयाबाट अगाडि बढ्न सम्भव छैन । नयाँ राजनैतिक कोर्सहरु पार गरिसकेको अवस्थामा पन्चायतकालीन विधि र प्रक्रियामा निर्वाचन गर्नु सान्दर्भिक हुँदैन । वहुदलको पक्षमा जनमत सिर्जना गरेको स्ववियुले गणतन्त्र प्राप्तिसम्म आउँदा पनि उहीँ पुरानो प्रक्रियामा अल्झनु समयको गतिशीलता रोक्ने मुर्ख्याइँ गर्नु हो । त्यसैले आफूलाई युग परिवर्तनको वाहक भन्न रुचाउने विद्यार्थी संगठन र तिनका नेताहरुले समय सान्दर्भिक स्ववियु वारे निर्णायक छलफल गर्नु आवश्यक छ भने ०३६ देखि ०६५ सम्मको स्ववियुको वस्तुनिष्ठ समिक्षा गर्नुपर्ने देखिन्छ जसले मात्रै स्ववियुको ऐतिहासिकताको रक्षा र विद्यार्थी आन्दोलनको नयाँ संलेषण गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय थोत्रिएको पद्धति र प्रक्रियाबाट चलिरहेको छ ।विद्यार्थीका आवश्यकताहरु एकातिर छन, संगठनहरु अर्कोतिर फर्किएका छन् । जसले गर्दा समय अनुकुल शैक्षिक जनशक्ति निर्माण हुन सकिरहेको छैन । विश्वविद्यालयले उपलब्ध गराउनु पर्ने न्युनतम आवश्यक शैक्षिक सामाग्री समेत उपलब्ध गराउन सक्दैन । विज्ञान र प्रविधिले फड्को मारिरहँदा हामी अनभिज्ञ भईराखेका छौं । खोज र अनुसन्धानमा विश्वविद्यालयको जोड छैन । नियमित क्याम्पस आउ, हाजिर गर ,शिक्षकले पढाएको घोक, परिक्षा देउ र ब्( ग्रेड प्राप्त गर भन्ने भन्दा अरु विश्वविद्यालयले सिकाउदैन । अनि विश्वविद्यालयबाट प्राप्त डिग्रीको सर्टि्फिकेट टिनको बाकसमा थन्क्याएर विदेशिनुको अर्को विकल्प विद्यर्थीसँग बाँकी रहदैन । त्यसकारण राष्ट्रको विकासको निम्ति विश्वविद्यालय एक जिम्मेवार सस्था हो । विद्यार्थी सङ्ठनहरु क्याटालिष्ट हुन सक्छन् । आवश्यकता शैक्षिक सुधारको होइन, शैक्षिक विकासको हो । त्यसकारण अवको स्ववियु वक्तित्वकला , हाजिरीजवाफ, डान्स पार्टी , स्वागत कार्यक्रम आदि गर्ने, क्याम्पस प्रशासनबाट पैसा निकाल्ने र बेलुका जाँड पार्टी गर्ने विकृत सस्ंकार ०४६ पछि विकास भएको थियो र त्यो आजपनि छ । त्यस प्रकारको संस्कार खारेज गर्दै राष्ट्रको विकासमा टेवा पुर्याउने, शैक्षिक विकासमा नयाँ खोज र अनुसन्धान गर्ने, बेरोजगार विद्यार्थीलाई रोजगारको निम्ति विश्वविद्यालय र सरकारसँग पुलको काम गर्ने र सघर्ष गर्ने खालको स्ववियु आजको आवश्यकता हो । तसर्थ विद्यार्थी संगठनका नेताहरुले घोत्लिएर सोच्नु पर्ने बेला आएको छ । क्याम्पसहरुलाई घृणित राजनीतिको अखडा होइन सम्भावना सहितको आशा लाग्दो प्राज्ञिक स्थल बनाएर र सोही अनुरुपको स्ववियु निर्माण गरेर युवा जमातमा देखिएको राजनीति प्रतिको वितृष्णा हटाउन सके गिरेको विद्यार्थी संगठन र स्ववियुको औचित्य पुर्नस्थापित गर्न सकिएला ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending