Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सशस्त्रको लाइबेरिया मिसन बन्द

\"Sasastra\"काठमाडौं । सशस्त्र प्रहरी बलको लाइबेरिया शान्ति मिसन बन्द भएको छ । आजको  नयाँ पत्रिका दैनिकमा खबर छ–संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन लाइबेरिया (युनामिल)मा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) टोली आइतबार स्वदेश फर्किएसँगै मिसन बन्द भएको हो । एसएसपी राजेन्द्र बस्नेत नेतृत्वको दुई सय २१ सदस्यीय टोली आइतबार फर्किएको हो । लाइबेरियामा लजिस्टिक हेर्ने सशस्त्र प्रहरीको सानो टिम मात्र बाँकी छ । सो टोली बन्दोबस्तीका सामान लिएर मात्र फर्किनेछ । लाइबेरियामा शान्ति सैनिक कटौती गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार सशस्त्रको एफपियू मिसन बन्द भएको हो । त्यहाँको शान्तिसुरक्षामा सुधार भएपछि शान्ति सैनिक कटौती गरिएको छ । लाइबेरिया मिसन सशस्त्र प्रहरीको पहिलो एफपियू मिसन हो । त्यहाँ सशस्त्रले करिब १० वर्ष काम गर्‍यो । सशस्त्रको तीनवटा एफपियू मिसन रहेकोमा अब दुईवटा मात्र रहनेछन् । हाल सशस्त्रका दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छ । एउटा मिसन दुई वर्षअघि लाइबेरियाबाटै स्थानान्तरण गरिएको हो भने गत वर्ष राष्ट्रसंघले अर्को मिसन सशस्त्र प्रहरीलाई थपेको थियो । लाइबेरिया मिसन कटौती भएको र त्यहाँ रहेका सामान ल्याउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले बताए । लाइबेरियामा नेपाल प्रहरीका केही अधिकारी भने पर्यवेक्षकका रूपमा कार्यरत छन् । पर्यवेक्षकका रूपमा लाइबेरियामा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू पनि फर्किएपछि नयाँ जान पाउने छैनन् । नेपाल प्रहरीका एसएसपी पुष्कर कार्की र सशस्त्र प्रहरीका एसएसपी चन्द्रप्रकाश गौतम ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी शान्ति मिसनमा पी ४ तहको जिम्मेवारी सम्हाल्दै आएका छन् । नेपाल प्रहरीको हाइटी र सुडानमा दुईवटा एफपियू मिसन छन् । हाइटी मिसन भने बन्द हुने क्रममा छ । पुराना मिसन बन्द हुने र नयाँ मिसनमा जान नपाउँदा प्रहरी अधिकारीलाई शान्ति मिसनको अवसर कम हुँदै गएको छ । आकर्षक कमाइ हुने भएकाले सुरक्षा निकायमा राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता महत्त्वपूर्ण अवसर बन्दै आएको छ । वृत्ति विकास योजना बनाउन कार्यदल सशस्त्र प्रहरी बलले प्रहरी कर्मचारीको वृत्ति विकास नीति बनाउन कार्यदल गठन गरेको छ । डिआइजी नारायणबाबु थापाको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलले प्रतिवेदन दिएपछि वृत्ति विकाससम्बन्धी नीति लागू गरिने सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले बताए । सशस्त्रका अधिकारीहरूको करिअर अस्तव्यस्त भएको समाचार आएपछि कार्यदल गठन गरिएको हो । सशस्त्रमा वृत्ति विकास योजनाअनुसार दरबन्दीको संरचना नबनाउँदा १५ वर्षसम्म पनि बढुवा नहुने अवस्था सिर्जना भएको छ । यसले संगठनमा चरम निराशा छाएको थियो । अहिलेको दरबन्दीको संरचनाअनुसार इन्स्पेक्टरबाट भर्ना भएकाहरू एसपी तहबाटै अवकाश पाउने अवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending