Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

पार्टी कामका लागि सेनाको हेलिकप्टर यसरी दुरुपयोग गर्दैछन् एमालेका मन्त्री

\"heli\"काठमाडौं ।  उपप्रधान तथा रक्षामन्त्री भीम रावलले सेनाको हेलिकोप्टर पार्टीको कार्यक्रममा सहभागी हुन दुरुपयोग गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावलले अछाम, बाजुरा र डँडेल्धुरामा चार दिनसम्म आफ्नो पार्टीका कार्यक्रमसाथै विद्यालय, मन्दिर उद्घाटन तथा अभिभावक भेलाजस्ता कार्यक्रममा सहभागी हुन सेनाको हेलिकोप्टर प्रयोग गरी राज्यस्रोतको दुरुपयोग गरेका हुन्।सेनाको एन ए शून्य ५७ हेलिकोप्टर लिएर वैशाख ९ गते अछाम हिँडेका रावलले अछाम, डँडेल्धुरा र बाजुरामा पार्टीका विभिन्न कार्यक्रम उद्घाटन गरेका थिए। प्रहरीस्रोतका अनुसार रावल ९ गते अछामको दशपल्ले मावि सोकट भवन उद्घाटन तथा सोही दिन डँडेल्धुरामा एमालेको नगर अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । १० गते बिहान अछामकै लुंग्राको सिर्जनशील विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका लागि हेलिकोप्टर बस्न नसक्दा एकपटक सदरमुकाम फर्किएर अर्कोपटक मात्र अवतरण भएको थियो । सोही दिन रावलले एमाले अछामको तेस्रो प्रतिनिधि परिषद् उद्घाटन गरेका थिए। यस्तै रावलले ११ गते बाजुरास्थित एमाले बढीमालिकाको नगर अधिवेशन उद्घाटन गरेका थिए। मन्त्री रावलले १२ गते अछामकै मार्कु गाविस भवन उद्घाटन तथा सोही दिन आफ्नै पुख्र्यौली गाउँमा मन्दिर उद्घाटनसाथै जनता क्याम्पस बयलपाटाको अभिभावक भेला उद्घाटन कार्यक्रममा सेनाकै हेलिकोप्टर प्रयोग गरेर सहभागिता जनाएको जानकारी प्रहरीस्रोतले दिएको छ। यसबीच हेलिकोप्टर बस्न नसक्दा अछामकै बुढाकोट, ऋषिदह र रामारोशनका विभिन्न कार्यक्रम स्थगित भएका छन्।रावलले भ्रमणका क्रममा तीनवटै जिल्लाका सैनिक क्याम्पसमेतको निरीक्षण गरेको जानकारी सेनाले दिएको छ। सैनिक प्रवक्ता ताराबहादुर कार्कीले रक्षामन्त्रीको सैनिक ब्यारेक निरीक्षणको प्रयोजनले सेनाको हेलिकोप्टर गएको बताए।ुमन्त्रीज्यूले सेनाका ब्यारेक निरीक्षण गर्ने भनेर सेनाको हेलिकोप्टर गएको होु, कार्कीले भने,ुउता गएर कुनकुन कार्यक्रममा प्रयोग भयो, त्यो जानकारी भएन।ु ९ गते अछाम गएको हेलिकोप्टर एकैचोटि १३ गते बिहानमात्र काठमाडौं फर्किएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending