Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कांग्रेसका सबै शीर्ष विदेशमा, पार्टी कार्यवाहक सभापतिविहीन

\"NC-leader\"काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेता यतिखेर विदेशमा छन् । संविधान कार्यान्वयन तथा जनजीविकाका मुद्दाहरू सम्बोधनका लागि सशक्त प्रतिपक्षको रूपमा रचनात्मक भूमिका खेल्ने घोषणा गरेका नेताहरू विदेश भ्रमणमै अलमलिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सभापति शेरबहादुर देउवा, दोस्रो बरियताका नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासम्मका नेताहरू विदेशमै छन् । सरकारले बजेट अधिवेशनका लागि २१ वैशाखमा संसद् बोलाउन राष्ट्रपतिलाई पत्राचार गरिसकेको छ । शीर्ष नेताहरू नहुादा पनि प्रतिपक्षको भूमिका कमजोर नहुने नेता डा। प्रकाशशरण महतले बताए । ‘दुई–चार नेता विदेश जाादैमा पार्टी काम र प्रतिपक्षको सशक्त भूमिकामा केही फरक पर्दैन, अरू नेताहरू हुनुहुन्छ,’ उनले भने । संसदमा सशक्त ढंगले प्रस्तुत हुने सरकारले कालोबजारीलाई प्रश्रय दिएको र एमाले भर्तीकेन्द्र बनाएको भन्दै डा. महतले संसद् बैठकमा कांग्रेस कडा रूपले प्रस्तुत हुने बताए । ‘सरकारको कार्यशैली कहीँनेर पनि ठीक छैन । स्रोतसाधन पार्टीपंक्तिको हितमा लगाउन एमाले उद्यत छ, पद सिर्जना गरेर भर्तीकेन्द्र बनाइरहेको छ,’ महतले भने, ‘अब संसद्मा संविधान कार्यान्वयन र सरकारको लाचारीपनको विषय हामी प्रस्टताका साथ उठाउँछौँ ।’ देउवा बुधबार फर्किँदै चार दिनलाई भनेर श्रीमती डा। आरजु राणा देउवाको उपचार गराउन दिल्ली पुगेका सभापति देउवा बुधबार मात्र फर्कंदै छन् । नाकको शल्यक्रिया गराएकाले उनको दिल्ली बसाइ लम्बिएको हो । महामन्त्री डा। कोइराला भतिजीको बिहे भन्दै अमेरिका गएका हुन् । नेता पौडेल छोरीतर्फको नातिको पास्नीका लागि भन्दै तीन हप्ते योजनासहित अमेरिका लागेका छन् । सभापति देउवाको भ्रमणअघि नै केन्द्रीय सदस्य खुमबहादुर खड्का र सांसद अमरेशकुमार सिंह दिल्ली पुगेका थिए । एक–दुई नेता नहुँदैमा काम रोकिँदैन कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत केही नेता विदेश जाँदैमा खासै फरक नपर्ने बताउँछन् । ‘दुई–तीनजना नेता विदेश जानुभए पनि यहाँ अरू जिम्मेवार नेता हुनुहुुन्छ,’ महत भन्छन्, ‘यहाँ भएका जिम्मेवार नेताहरूले सरकारका कमजोरी र प्रतिपक्षीले खेल्नुपर्ने भूमिकाबारे कुरा उठाउनुहुन्छ ।’ सरकार आफैँ ढल्छ : कोइराला कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस सरकार ढाल्ने पक्षमा नभए पनि आफ्नै गतिविधि र व्यवहारका कारण वर्तमान सरकार ढल्ने बताएका छन् । ‘हामी सरकार ढाल्ने पक्षमा छैनौँ । हामी चुप लागेर बस्दै गर्दा पनि सरकार आफैँ ढल्दै छ,’ कोइरालाले भने, ‘प्रधानमन्त्री स्वयं कालोबजारीले सताए, काम गर्न सकिएन भन्दै हुनुहुन्छ, प्रचण्डको भाषा त्यस्तै छ, त्यसैलै हामीले ढलाउनै पर्दैन, सरकार आफैँ ढल्छ ।’ केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, गगन थापासहितका नेताहरू केपी ओली नेतृत्वको सरकारले केही काम गर्न नसकेको भन्दै सरकार ढाल्नुपर्ने पक्षमा छन् । कांग्रेस सभापतिमा देउवा निर्वाचित भएलगत्तै केन्द्रीय सदस्य बालकृष्ण खाणले कांग्रेसको नेतृत्वमा सरकार बन्ने घोषणा गरेका थिए । कुन नेता कुन देशमा छन् ? देउवा दिल्लीमा सभापति शेरबहादुर देउवा ६ वैशाखदेखि दिल्लीमा छन् । पत्नी आरजुको हिप ज्वाइन्ट रिप्लेसमेन्ट गर्न उनी चार दिनका लागि भनेर दिल्ली गएका थिए । तर, आरजुको अप्रेसन भएको पााच दिन बित्दा पनि फर्किएका छैनन् । गत शनिबार देउवाको नाकको हड्डीको पनि शल्यक्रिया भएको कांग्रेस नेताहरूले बताएका छन् । दिल्लीमा रहँदा देउवाले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । स्वराजले मधेसको समस्या समाधानका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने सुझाब देउवालाई दिएकी छिन् । स्वराजको चाहनामा विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरले देउवासाग भेटको व्यस्था मिलाएका थिए । देउवाले आफू दिल्ली नजाादै भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई भेट गर्नका लागि पार्टीका तर्फबाट पत्र पठाएका थिए । उनीसाग भने अझै भेट भएको छैन । देउवानिकट नेता प्रकाशशरण महतका अनुसार नाकको शल्यक्रियापछि देउवा दिल्लीमा आराम गरेर बसेका छन् । विदेशमन्त्री स्वराजबाहेक अन्य भारतीय नेताहरूसाग भेटवार्ता नभएको उनले बताए । पौडेल अमेरिकातर्फ छोरीपट्टिका नातिको पास्नीमा सहभागी हुन कांग्रेस नेता रामचन्द्र पौडेल सोमबार साँझ अमेरिका प्रस्थान गरेका छन् । श्रीमतीसँगै गएका उनी तीन सातापछि ६ जेठमा मात्र नेपाल फर्कनेछन् । अमेरिकामा रहँदा घुमघामका साथै आराम गर्ने र पार्टीका जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा नेता पौडेल सहभागी हुनेछन् । शशांक अमेरिकामा महामन्त्री शशांक कोइराला पनि अमेरिकामै छन् । भतिजीको बिहेमा सहभागी हुन उनी चार दिनअघि नै अमेरिका गएका हुन् । वैशाखको अन्तिम साता मात्र उनी नेपाल फर्किनेछन् । शशांकले सहयोगी भरत तिवारी र साथी डा। सुनिल शर्मालाई पनि सागै लगेका छन् । अमेरिकामा रहँदा उनी त्यहाा हुने पार्टी कार्यक्रममा सहभागी हुनेछन् । यी पनि विदेशमै कांग्रेस नेता खुमबहादुर खड्का पनि यतिखेर दिल्लीमै छन् । गत असोजमा मिर्गौला प्रत्यारोपण गरेका उनी फलोअपका लागि ६ वैशाखमा दिल्ली गएका हुन् । खड्का अझै केही दिन दिल्लीमै बस्नेछन् । आइक्यापको कार्यक्रममा भाग लिन ६ दिनअघि इन्डोनेसिया गएकी नेतृ सुजाता कोइराला मंगलबार नेपाल फर्कदै छिन् । त्यस्तै, सांसद अमरेशकुमार सिंह पनि केही दिनदेखि दिल्लीमै छन् । कोही छैनन् कार्यबाहक पार्टी सभापति एक हप्तादेखि देशबाहिर हुादा पनि कांग्रेसमा कसैलाई कार्यबाहकको जिम्मेवारी दिइएको छैन । सभापति देउवा दिल्ली जाादा चार दिनका लागि मात्रै भनेर महामन्त्रीलाई कार्यबाहक दिएनन् । उनको अर्को तर्क पनि थियो– कार्यबाहक पाउने उपसभापति नै छैनन् । सभापति दिल्ली गएको चौथो दिन ९ वैशाखमा महामन्त्री शशांक पनि अमेरिका लागे । कोषाध्यक्ष सीतादेवी यादव पनि काठमाडौं छाडेर गृहजिल्ला सिरहा गएको हप्ता दिन भइसक्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending