Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

देउवाको दिल्ली भेटघाटले काठमाडौंमा तरंग

\"deuba-poudel-1\"काठमाडौं । कांग्रेस सभापति  तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरु  बढ्दो छ । आजको साँघु साप्ताहिकमा खबर छ–एक जना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला । तर, देउवाको दिल्ली भ्रमण अनेक कारणले अनौठो देखिएको छ । मुख्य कुरा उनले भारतीय गुप्तचार संस्था  रअका प्रमुख राजिन्दर खन्नासँग भेटेका छन् । देउवाको दिल्ली भ्रमण विगतजस्तो सामान्य मात्र रहेन । उनले जे जस्तो भेटघाट गरेका छन् त्यसले अनेक संकेत दिएको छ । दिल्ली नेपालमा के चाहन्छ भन्ने एकसरो संकेत यो भ्रमणका क्रममा मिलेको जानकारहरु बताउँछन् । नेपालमा नाकाबन्दी लगाइँदा भारतको  सत्ता र विपक्षका पार्टीहरु विभाजित भएका थिए । भारतको राज्यसभामा नेपाल सम्बन्धमा बेग्लै बैठक आयोजना गरेर  सत्तापक्ष र विपक्षले जुहारी खेलेका थिए । अहिले विपक्षले नेपाल मामिलामा सत्तापक्षको आलोचना गरेको सुनिंदैन । बरु नेपालबारे उनीहरुले मिलेर खेल्न थालेको संकेत मिलेको छ । उच्च स्रोतका अनुसार रअका प्रमुखसँग देउवाले भेट गर्नुलाई अनौठो मानिएको छ । कुनै देशका उच्च नेता अर्को देशमा जाँदा त्यहाँका गुप्तचर प्रमुखसँग भेट्नु अस्वभाविक मानिन्छ । तर, के कुरा भयो खुलाइएको छैन । नेपालमा वेटिङ प्रधानमन्त्रीका रुपमा रहेका देउवाले यसरी भेट्नु आपत्तिजनक भएको जानकारहरु बताउँछन् । देउवाको हिन्दु अतिवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरआरएस)का नेता राममाधव सिंहलाई भेट्नुलाई झन् अनौठो  र अर्थपूर्ण मानिएको छ । यो संघलाई पार्टी बिजेपीभन्दा पनि शक्तिशाली मानिन्छ । किनकी यसैले भाजपा चलाउने हैसियत राख्ने चर्चा गरिन्छ । भाजपालाई हिन्दुत्वको विषयमा यसैले  गाइड गर्छन । यस अघि पनि देउवा दिल्ली जाँदा हिन्दु राज्यको पक्षमा उभिन भनिएको थियो । फेरि पनि यही भन्न खोजिएको चर्चा गरिन्छ । देउवा पक्षकै नेता खुमबहादुर खड्का हिन्दु राष्ट्रको अभियानमा छन् । अर्का महामन्त्री शशांक कोइरालाले पनि हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेका छन् । त्ससैले सरकार परिवर्तन र हिन्दुको विषयमा देउवाको सक्रियतालाई महत्वको साथ हेरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending