Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

राष्ट्रपतिले बारपाकमा एक शब्द पनि नबोलेपछि हंगामा

\"Bidhya\"काठमाडौं । सेनाकोहेलिकोप्टरबाट आइतबार बिहान ११ बजे बारपाक ओर्लिएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । हिमालय उमावि मास्तिरको फुटबल ग्राउन्डमा बनाइएको हेलिप्याडबाट मञ्चसम्म आउने क्रममा स्थानीयले फूलमालासहित राष्ट्रपतिलाई स्वागत गरेका थिए । मञ्चमा करिब पाँच मिनेट बिताएकी राष्ट्रपति भण्डारीले बारपाक–४ का भूकम्पपीडित गोपाल विकको घर पुनर्निर्माणको शुभराम्भ गरिन् । विकको घर पुनर्निर्माण शुभराम्भ गर्न करिब १० मिनेट स्वस्तिवाचन गरिएको थियो । ११ बजेर ५६ मिनेटमा राष्ट्रपति भण्डारीले बारपाक–५ मा भूकम्प स्मृतिपार्कको शिलान्यास गरिन् । पार्क करिब दुई सय १६ रोपनी जग्गामा फैलिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–शिलान्यासलगत्तै हेलिप्याडमा आएर राष्ट्रपति भण्डारी लाप्राक प्रस्थान गरिन् । बारपाकीसाग एक वचन बोलिनन् राष्ट्रपति राष्ट्रपति भण्डारीले बारपाकीलाई सम्बोधन गरिनन् । राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन् । सान्त्वनासहितको पुनर्निर्माणका केही गतिविधि र आश्वसनसहित सम्बोधन हुने अपेक्षा रहे पनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भए । राष्ट्रपति देख्नेबाहेक अरू केही भएन राष्ट्रिय गान, भूकम्पमा परी मृत्यु भएको सम्झनामा मौनधारण र प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भूकम्पपछिको अवस्थाबारे जानकारी गराएपछि राष्ट्रपति भण्डारी सो मञ्चबाट बाहिरिएकी थिइन् । ‘राष्ट्रपति देख्नेबाहेक केही आश्वासन पाइएन,’ स्थानीय मनु घलेले भनिन् । पूर्वप्रधानमन्त्री सुशील कोइराला, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रचण्डसम्मले बारपाक आएर स्थानीयलाई आश्वस्त पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending