Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कहाँ खर्च भयो दाताको ४० अर्ब ?

काठमाडौं । दातृनिकाय तथा आइएनजिओले आफूखुसी खर्च गर्ने क्रम बढेको छ । गत आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायतामध्ये ३५ प्रतिशत अर्थात् करिब ४० अर्ब रुपैयाँ एनजिओ–आइएनजिओले आफूखुसी खर्च गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–अघिल्लो वर्ष विभिन्न दातृनिकायले उपलब्ध गराएको सहायतामध्ये ३० अर्ब यसरी नै खर्च गरेका थिए । दाताको एक खर्ब १३ करोड मध्ये ७० अर्ब बजेट प्रणालीमार्फत खर्च भएको छ । ऋण बढ्यो, अनुदान घट्यो अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार दातृनिकायले उपलब्ध गराएको ऋणको अनुपात पनि बढेको छ । गत वर्ष उनीहरूले उपलब्ध गराएको सहायतामध्ये १८ प्रतिशत मात्रै ऋण थियो । यस वर्ष ऋणको अनुपात बढेर २४ प्रतिशत पुगेको छ । यस वर्ष सरकारले २५ करोड डलर ऋण लिएको छ । गत वर्ष कुल सहायताको ६६ प्रतिशत अनुदान प्राप्त भएकोमा यस वर्ष अनुदान घटेर ५८ प्रतिशतमा झरेको छ । सरकारले ५९ करोड डलर अनुदान प्राप्त गरेको छ । बहुपक्षीयमा विश्व बैंक द्विपक्षीयमा बेलायत अगाडि सबैभन्दा धेरै सहयोग गर्ने बहुपक्षीय निकायमा विश्व बैंक समूह छ । उसले नेपालमा १८ करोड ८१ लाख डलर सहयोग गरेको छ । विश्व बैंकपछि एसियाली विकास बैंक दोस्रो स्थानमा छ । उसले १४ करोड ७८ लाख डलर नेपालमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । द्विपक्षीय निकायमा धेरै सहायता उपलब्ध गराउनेमा बेलायत रहेको छ । बेलायतबाट १६ करोड ८० लाख डलर सहायता नेपालमा प्राप्त भएको छ । यस्तै, अमेरिकी विकास कार्यक्रमबाट नेपालमा १३ करोड २३ लाख डलर सहायता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ । एनजिओमध्ये सेभ द चिल्ड्रेन अगाडि नेपालमा कार्यरत झन्डै तीन सय गैरसरकारी संस्थामध्ये सबैभन्दा धेरै रकम सेभ द चिल्ड्रेनले खर्च गरेको छ । उसले दुई करोड ९० लाख डलर खर्च गरेको छ । गैरसरकारी संस्थाहरूले दातृनिकायबाट उपलब्ध रकम विभिन्न क्षेत्रमा खर्च गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, सरसफाइलगायतका क्षेत्रमा बजेट खर्च गर्दै आएका छन् । दोस्रोमा वल्र्ड भिजन छ । उसले एक करोड २३ लाख डलर नेपालको विभिन्न क्षेत्रमा खर्चंदै आएको छ । गैरसरकारी संस्थाले सञ्चालन गरेका कार्यक्रममध्ये काठमाडौंमा सबैभन्दा धेरै ३१ वटा छन् । यस्तै, सिन्धुपाल्चोकमा २४, बर्दिया र ललितपुरमा १८–१८ तथा बाँकेमा १७ वटा कार्यक्रम सञ्चालित छन् । गैरसरकारी संस्थाको कार्यक्रम मनाङबाहेक देशका ७४ जिल्लामा सञ्चालित रहेको प्रतिवेदनमा उल्लेख छ । मध्यमाञ्चलमा सबैभन्दा धेरै खर्च गत आर्थिक वर्षमा प्राप्त सहायतामध्ये मध्यमाञ्चल विकास क्षेत्रमा सबैभन्दा धेरै खर्च भएको छ । मध्यमाञ्चलमा २६ करोड २४ लाख डलर खर्च भएको उल्लेख छ । यस्तै, पूर्वाञ्चल विकास क्षेत्रमा १२ करोड, मध्यपश्चिमाञ्चलमा १० करोड, सुदूरपश्चिमाञ्चलमा ९६ लाख तथा पश्चिमाञ्चल विकास क्षेत्रमा ९५ लाख डलर खर्च भएको छ । स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै सहायता प्रतिवेदनअनुसार सबैभन्दा धेरै बजेट सहायता स्वास्थ्य क्षेत्रमा आएको छ । स्वास्थ्यमा १७ करोड ७७ लाख अमेरिकी डलर खर्च भएको छ । यो रकम कुल सहायताको १७।४१ प्रतिशत हो । यस्तै, दोस्रो स्थानमा स्थानीय विकास छ । स्थानीय विकासमा १२।२३ प्रतिशत सहायता खर्च भएको छ । गत वर्ष शिक्षा क्षेत्रमा सबैभन्दा धेरै सहायता खर्च भएको थियो । यस वर्ष शिक्षा क्षेत्र तेस्रो स्थानमा छ । शिक्षामा ११।१३ प्रतिशत अर्थात् ११ करोड ३६ लाख डलर खर्च भएको प्रतिवेदनमा उल्लेख छ । युनिसेफद्वारा आफूखुसी दुई अर्ब खर्च गैरसरकारी संस्था तथा दातृनिकायले बजेट बाहिरबाट ६९ वटा कार्यक्रममा खर्च गरेका छन् । बजेट बाहिरबाट सबैभन्दा धेरै खर्च गर्नेमा राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० छ । युनिसेफले एक करोड ७० लाख डलर अर्थात् करिब दुई अर्ब रुपैयाँ आफूखुसी खर्च गरेको छ । उसका ११ मध्ये पाँचवटा कार्यक्रम बजेट बाहिरका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास साझेदार प्रतिवेदन २०१४र०१५ अनुसार राष्ट्रसंघीय महिला विकास कार्यक्रम ९युएन वुमन० ले नेपालमा सञ्चालन गरेका ३० वटै कार्यक्रममा बजेट बाहिरका हुन् । उसले आठ लाख डलर अर्थात १० करोड रुपैयाँभन्दा धेरै यसरी खर्च गरेको छ । नेपालमा नर्वे, डेनमार्क, फिनल्यान्डलगायतका देशबाट प्राप्त सहयोग पनि बजेट बाहिरबाट खर्च भएको छ । राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम ९एफएओ०, अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०, जापान अन्तर्राष्ट्रिय सहायता संस्था ९जाइका०बाट प्राप्त सहयोग पनि बजेट प्रणालीभन्दा बाहिरबाट नै खर्च भएको छ । किन हुन्छ बजेट बाहिरबाट खर्च ? बजेट प्रणालीबाट खर्च गर्नुपर्दा गैरसरकारी संस्थाहरू सरकारीसरह कानुनी बन्धनमा बस्नुपर्छ । उनीहरूले गर्ने ठेक्कापट्टा तथा खर्च सबै सरकारी नियमअनुसार नै हुन्छ । तर, बजेट बाहिरबाट खर्च गर्दा उनीहरू आफैँले मनलागे जसरी खर्च गर्न पाउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending