Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

मलाई प्राज्ञ बनाउनुपर्ने केही कारण

\"binod-bikram-kc\"प्राज्ञका वाञ्छित योग्यता आफूमा भरपूर छन् भन्नेमा म पूर्ण विश्वस्त छ । त्यसैले आफैँलाई प्राज्ञ सिफारिस गर्छु । सिफारिससाथ आफ्ना योग्यता पनि नत्थी गरेको छु : – सयभन्दा बढी कविता लेखेको छु । अझ बाल्यकालमा लेखिएका ‘आजका हामी कोपिला, भोलि फूल बन्नेछौँ’ खालका कविताहरू पनि जोड्ने हो भने दुई सयभन्दा बढी कविताको मोटो ढड्डा नै तयार हुनेछ । – साहित्यमा लागेर दुःख पाएको होइन, दुःख पाएर साहित्यमा लागेको हुँ । – व्यक्तिगत लाभहानिको गणितमुताबिक डेमोक्रेटिक र लेफ्टिस्ट दुवै हुन सक्छु । उस्तै परे, दुवै एकैचोटि हुन सक्छु । एकै थलोमा हुन सक्छु । – ज्ञानेन्द्रको शासनताका कफ्र्यूमा कविता भन्न सडकमा निस्केको छु । ९कविता र नारामा खासै अन्तर नहुने कुरा गम्भीरतापूर्वक बोध गरेको छु । – मेरो जीउभरि यातनाका चिह्न छन् । ती जनआन्दोलन भाग दुई ताका सडकमा कविता भन्न निस्किँदा पुलिसका हातबाट बनेका हुन् भन्ने मेरो अडान छ । (यस सम्बन्धमा मेरा विरोधीहरूको भर्सनलाई महत्त्व नदिइयोस् । उनीहरू मेरा जीउका स्थायी सुम्लाका जननी रक्सीभट्टीका रडाका हुन् भन्दै मलाई राष्ट्रियस्तरमा बेइज्जत गर्न घुँडा धसेर लागिपरेका छन् ।) – धेरै पढेको छैन । (बुर्जुवा शिक्षाको डिग्री के काम ? ) – बेरोजगार छु । (यो देशमा कति रोजगार छन् ?) – स्वदेशी/विदेशी गरेर एक दर्जनजति राम्रा कृति पढेको छु । तिनमा अकबर–वीरबल कथा, तोता–मैना किस्सा, मुनामदन, माओकी संकलित रचनाएँ, आमा आदि पर्छन् । – ठूलो साहित्यकार हुँ भन्ने भ्रम छ । – काठमाडौँमा हुने हरेक काव्यगोष्ठीमा अनिवार्य उपस्थित हुन्छु । – आफ्नो कविता भन्छु । अरूको सुन्दिनँ । – कला कलाका लागि होइन, कला जीवनको लागि हो भन्छु । किनभने, कला कलाका लागि भन्नु समलिंगी अवधारणा (लेस्बिएन कन्सेप्ट) हो । – विश्व साहित्यको अध्ययन गरेको छैन । आफ्नै टोल, छिमेक, स्थान र राष्ट्रको चित्रण गरिएका साहित्य छोडेर समुद्रपारिका साहित्यमा अभिरुचि राख्नु साम्राज्यवाद र विस्तारवादलाई टेवा पुर्याउनु हो भन्ने ठान्छु । – समावेशीकरणमा विश्वास गर्छु । (तर, मलाई समावेश नगरिने समावेशीकरणमा विश्वास गर्दिनँ ।) – नवीन सोचको मान्छे हुँ । सबुतका लागि भनिदिऊँ– प्रतिष्ठान हाताभित्र त्यसै खेर गइरहेको चरनक्षेत्रको सदुपयोग गर्न बाख्रापालन गर्ने सोच छ मेरो । – नेपाली साहित्यलाई धेरै माथि पुर्याएको छु । (घरको माथिल्लो तलामा बसेर लेख्छु ।) – साहित्यकारको सम्मान नगर्ने राष्ट्र सभ्य हुन सक्दैन । साहित्यकार सम्मानित हुने परिपाटी आजै, अहिलेदेखि बस्नुपर्छ भन्छु । यसको सुरुवात मलाई सम्मान गरेर हुन सक्छ भन्नेमा पूर्ण विश्वस्त छु । – प्रतिध्रुवीय कित्ताका साहित्यकारलाई चारपाटा मुडेर सिमाना कटाउनुपर्छ भन्ने ठान्छु । – संस्कृति मन्त्रीको ठूलो फ्यान हुँ । – भत्ता खाने, देशरविदेश भ्रमणमा जाने, जाडो–गर्मीअनुसार घामरसियाल ताप्ने, गफ चुट्ने, लेखनका नाउँमा संस्मरण या यात्रा वृत्तान्त लेख्ने, प्राज्ञिकताभन्दा प्राज्ञिकताको ध्वाँस देखाउनेजस्ता प्राज्ञका आधारभूत योग्यता मसँग भरपूर छन् । पुनश्च १ : साहित्यिक वेश्यावृत्तिका सूत्रकार जति सबैका आशीर्वाद प्राप्त गरेको छु । पुनश्च २ : साहित्यिक वेश्यालयको नियमित ग्राहक हुँ । (नयाँ पत्रिका दैनिक, २०६६ असोज ९ गते प्रकाशित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending