Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

एनसेलले भन्यो लाभकर तिर्दैनौं

\"ncell_20110517093001\"काठमाडौं । एनसेलले ठूला करदाता कार्यालयलाई ८० प्रतिशत शेयर हस्तान्तरणबारे जानकारी नभएको भन्दै कर नतिर्ने भनेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–दुई दिन अघि ठूला करदाताको कार्यालयलाई पत्र लेख्दै ८० प्रतिशत कारोबारमा पूँजीगत लाभ कर नतिर्ने भनेको हो । नेपाली लगानी कर्ताको २० र अफसोर कारोबारको ८० प्रतिशत शेयर हस्तान्तरणको समाचार सार्वजनिक भएपछि गत साता ठूला करदाता कार्यालयले एनसेल खरिदबिक्रीबारे कम्पनीसंग विवरण माग गरेको थियो । \'तर कम्पनीले ८० प्रतिशत शेयर हस्तान्तरणबारे जानकारी नभएको विवरण पेश गर्दै पूँजीगत लाभकर नतिर्ने पत्राचार गरेको छ,\' स्रोतले भन्यो, \'शेयर हस्तान्तरण भएको उसले विज्ञप्ती जारी गर्ने, वेबसाईटमा लोगो परिवर्तन गर्ने, व्यवस्थापनमा कर्मचारी हटाउने र कटाउने काम भएको आधारमा ठूला करदाता कार्यालयले कर लगाउने ठाउँको खोजीमा छ ।\' एनसेलको उक्त पत्रसंगै ८० प्रतिशत शेयर हस्तान्तरणको पूँजीगत लाभकर उन्मुक्तिको जोखिम बढेको छ । स्रोतका अनुसार लाभकर उन्मुक्तिका लागि सरकारकै उच्च अधिकारीले नै \'लविङ\' गरिरहेका छन् । यस्तो कारोबारमा नेपालको कानुन कमजोर भएको बाहना देखाउदै लाभकर नलाउन उच्च अधिकारीहरुदेखि केहि कानुन व्यवसायीले \'लविङ\' थालेका हुन् । व्यवस्थापिका संसदका समितिहरु समेत कर असुलिको विषयमा मौन छन् । कमजोर कानुन देखाउदै लाभकरबारे सरकारी अधिकारी नै बिभाजित छन् । \'एउटै सम्झौताको २० प्रतिशत शेयर हस्तान्तरणमा कर लाग्ने, ८० प्रतिशतको कारोबारमा नलाग्ने भन्ने हुन्छ रु कुनै पनि कानुन, सिद्धान्त, प्रक्रियाले भन्न मिल्दैन,\' पुर्व मुख्य सचिब लिलामणि पौडेलले भने, \'यो कर छलि हो । यदि कर तिर्दैनौ भनेको सत्य हो भने हामी नो ट्याक्स नो एनसेल अभियानमा जान्छौ ।\' एनसेलको स्वामित्व मलेसियाको एक्जिएटा र नेपाली लगानीकर्ता भावना सिंह श्रेष्ठलाई क्रमश ८० र २० प्रतिशत हिस्सा रहनेगरि खरिद भएको हो । उक्त शेयर क्रमश युरोपेली कम्पनी टेलियासोनेरा र गैर आवासिय नेपाली नागरिक निरजगोबिन्द श्रेष्ठले बिक्री गरेका हुन् । २० प्रतिशत कारोकार अन्तर्गतको पूँजीगत लाभकर बिक्रेता निरजगोबिन्द श्रेष्ठले २ अर्ब ८३ करोड रुपैयाँ तिरिसकेका छन् । बाँकी ८० प्रतिशत शेयरमा अफसोर कारोबार गरि पूँजीगत लाभकर नितिर्ने योजना बुनिएको हो । यहाँको कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेलको ८० प्रतिशत लगानी ट्याक्स हेवन (करको स्वर्ग) मुलुक वेस्टइन्डीज नेभिसमा दर्ता रहेको रेनहोल्ड होल्डीङको नाममा छ । बिक्रेता टेलियासोनेरा र खरिदकर्ता एक्जिएटाबीच मलेसियामै उक्त कम्पनी खरिद बिक्री गरि नेपालको कम्पनी रजिष्टार कार्यालयमा केहि नगरि कारोबार सकेर लाभकर छल्ने योजना बनाइएको हो । उक्त सेयर हस्तान्तरण भइसकेको, कम्पनी नेपालकै रहेको र पूँजीगत लाभकर तिर्नुपर्ने भन्दै लाभकर लिने तयारीमा केही अधिकारी जुटेका बेला कम्पनीले अफसोर कारोबारको सेयर खरिदबिक्रीबारे जानकारी नै नभएको जनाउदै कर नतिर्ने संकेत गरेको हो । कर उठाउने विषयमा सुरुमै खबरदारी गरे पनि सरकारी निकायले अटेर गरेर कर छलिमा सहयोग गरेको पुर्व मुख्य सचिब पौडेलको आरोप छ । \'एक्जिएटाले करबारे सुरुमै पुर्वादेश मागेको वेला कर लाग्छ भनेर लेखेर दिनु पथ्र्यो । चुप लागेर बस्ने विषय नै थिएन\' उनले भने, \'कम्पनी रजिष्ट्रर, उद्योग विभाग, दुरसञ्चार प्राधिकरणमा इजाजत माग्दा कर तिरेको रेकर्ड ल्याउ भन्नुपथ्र्‍यो । सार्वजनिक रुपमा हामी कारोबार गर्छौ भन्ने आए पछि हाम्रो कर उम्केला भनेर सतर्क भएर शुरुमै पत्र लेख्नु पथ्र्‍यो । कारोबार गरुनजेलसम्म चुप लागेर बस्ने । कारोबार सकेपछि पत्र लेख्ने कुराले सरकारी कार्यालयहरुको अकर्मन्यता, कर उठाउन जिम्मेवार नभएको, राजश्व गुमाउन सबै सरकारी निकाय लागेको देखियो ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending