Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

फेसबुकबाट २३ युवती ठग्ने जेल चलान

\"facebook-750\"काठमाडौं । फेसबुकबाट चिनजान गरी प्रेमको नाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । आकस्मिक रूपमा पैसा आवश्यक परेको नाटक गरेर पैसा लिई उनी बेपत्ता हुने गरेका थिए । उनले युवतीहरूबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रवीन्द्र रेग्मीले बताए । तामाङ पहिलेदेखि नै नामुद ठग पक्राउ परेका तामाङले पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गरेका थिए । तर, उनी पहिलेदेखि नै नामुद ठग भएको प्रहरी अधिकारीहरू बताउँछन् । दुई वर्षअघि युवाहरूलाई अफगानिस्तान पठाउने भन्दै ठगी गरेको मुद्दामा परी छुटेका थिए । ठगी गर्दा पनि अदालतले सफाइ दिएपछि उनी झन्् हौसिएर चलाखीपूवर्क तरिकाले ठगी गर्न थालेका थिए । अरूको नाममा पैसा पठाउन लगाएर ठग्दा अदालतमा आफूविरुद्धको मुद्दा कमजोर हुने भएकाले प्रमाण नछाडी उनले ठग्ने गरेका थिए । पोखराकी एक महिलासँग साढे सात लाख रुपैयाँसम्म ठगी गरेका थिए । एक विवाहित महिलासँग प्रेमको नाटक गरी घरसमेत बिक्री गर्न लगाएर उनले पैसा लिएर ठगी गरेका थिए । तामाङको भव्य घर देख्दा प्रहरी नै चकित उनी सिफलनजिकै तीनतले घर भाडामा लिएर बस्दै आएका थिए । घरमा एसीसमेत जडान गरेका थिए । महँगा फर्निचरहरूले सजाइएको उनको फ्ल्याट भिआइपीको जस्तो देखेपछि प्रहरी अधिकारीसमेत चकित भएका थिए । प्रहरीले उनकी श्रीमतीलाई पनि पक्राउ गरेको थियो । उनी भने धरौटीमा छुटेकी छिन् । श्रीमतीकै भाइ बनेर उनले जीवन तामाङको नाममा नुवाकोटबाट नागरिकता लिएको र उनको वास्तविक नाम मनबहादुर तामाङ भएको डिएसपी रेग्मीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending