Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

भूकम्पपीडितलाई बासकै चिन्ता, अझै हटेन भग्नावशेष

\"earthquake-bhaktpur\" भक्तपर । वैशाख १२ गतेको विनाशकारी भूकम्पले भक्तपुर नगरपालिका– ५ याछेंको एउटै टोलका १९ घर ढल्यो । एकैछिनमा दुईजनाको ज्यान नै गयो । घर ढलेको एकवर्ष पुग्यो तर अझै भग्नावशेष नहट्दा त्यो टोलमा कुनै घर उठ्न सकेनन् । भूकम्पले भत्काएको आफ्नो घर र टोलका घर देखाउँदै पञ्चनारायण सितिखु भन्छन्—‘यि यो लाइन नै घर ढले, यहाँ दुईजना मान्छे मरे, गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको घरको भग्नावेशष अझै हटाउन नसक्दा यहाँ कुनै घर उठ्न सकेनन् ।’ भूकम्प गएको एकवर्ष बिते पनि गल्लीभित्र भत्किएका घरको भग्नावशेष हटाउन नसक्दा यो टोलका भूकम्पपीडितको बास भक्तपुर नगरपालिका देकोचामा जस्ताबाट मानवीय आस्था नेपालले बनाइदिएको ५४ वटा टहराको शिविरमा भएको छ । भक्तपुर नगरपालिका–४ थालाछे, वडा नं.– ५ याछे, भोलाछे र वडा नं ७ गोल्मढीका ५४ परिवारका तीन सय जना बस्दै आएको देकोचास्थित शिविरका सबै भूकम्पपीडित आफ्नै ठाउँ फर्कन चाहन्छन् । तर अधिकांशको एउटै समस्या छ, व्यक्तिगत रुपमा भग्नावशेष हटाउनै सकिन्न, नगरपालिकाले भग्नावशेष हटाइदिएन । डोजर र गाडी छिर्नेबाहेक भक्तपुरका थुप्रै गल्लीका ५ सय भन्दा बढी घरको भग्नावशेष अझै नहट्दा ती ठाउँमा पुनःनिर्माणको कल्पना पनि गर्न सकिएको छैन । देकोचा शिविरका सबै भूकम्पपीडितको चाहना आफ्नै जग्गामा गएर बस्ने नै छ तर भग्नावशेष हटाउन सक्ने आँट र पैसा भने कसैसँग छैन । देकोचा शिविरमै बस्दै आएकी भोलाछे– ५ कि सीता कुसाथाको पीडा पनि उस्तै छ । गत साउनदेखि बस्दै आएको यो शिविरबाट उठेपछि कहाँ जाने टङ्गो छैन । भूकम्पपीडितको रातो परिचयपत्र समेत नपाएको कुसाथाका परिवारको घर बनाउने जग्गासमेत छैन । ‘एउटा घरमा ६ दाजुभाइको परिवार एक एक वटा कोठा बारेर बसेका थियाँै, भूकम्पले त्यो पनि भत्काएपछि सबैको उठिबास लाग्यो, अब त्यही ठाउँमा गएर घर बनाउनसक्ने अवस्था छैन,’—कुसाथा भन्छन्˗‘सासूको नाममा रातो परिचयपत्र छ, अरु कसैले पाएनन्, त्यसैले हामीले राहत पनि पाएनाँै, तीन वटा ढलान घर हुनेसँग भूकम्पपीडितको परिचयपत्र छ, उठिबास भएका हामीसँग केही छैन ।’ टोपी, पञ्जा बनाएर कमाएको मासिक रु दुई हजारले बिरामी श्रीमान् र साना केटाकेटीको छाक टार्दैआएको बताउँदै उनले सरकारको राहतको अब कुनै आशा नभएको बताउँछन् । सरकारले शिविरमै आएर वास्तविक भूकम्पपीडितको पहिचान गरेर परिचयपत्र र राहत दिनुपर्ने उनी बताउँछन् । भक्तपुर नगरपालिका– ५ तछिमलाकी महेश्वरी अवालको गुनासो पनि उस्तै नै छ । भूकम्पले भत्किएको घरको भग्नावशेष नहट्दा समस्या परेको बताउँदै शिविरको बसाइ निकै कष्टकर भएको गुनासो गर्छन् । अरुको घर बनाउँदै हिड्ने उनका श्रीमानले आफ्नै घर भने बनाउन नसकेको बताउँदै उनी भोट माग्न आउने नेता भूकम्पपीडितको दुःख बुझ्न एकवर्ष बित्दा पनि शिविरमा नआएको दुखेसो पोख्छन् । शिविरमा बस्ने सबै भूकम्पपीडितको एउटै चिन्ता छ, बासको व्यवस्था कसरी गर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending