Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

योग गर्दै लगनगाँठो

काठमाडौं । नेपाली समाजमा के तपाईले यौगिक विवाह सुन्नु भएको छ ? नेपाली समाजमा पनि अब यस किसिमको विवाह बुधबार भएको छ । सामान्यतया प्रेम तथा मागी विवाह प्रचलनमा रहेको भए यौगिक विवाह प्रचलनमा नरहेकाले त्यति सुन्नु भएको छैन होला । कोटेश्वरस्थित कोटेश्वर महादेव मन्दिरमा आज वर नारायणप्रसाद भट्टराई तथा बधू कविता ढुङ्गानाले यौगिक विवाह सम्पन्न गरे । नेपाली समाजमा खर्चिलो बन्दै गएको विवाहले पुराना सांस्कृतिक पक्षलाई कमजोर बनाउँदै गएको अवस्थामा सो विवाह प्राचीन मूल्यमान्यतलाई अवलम्बन गरिएको संक्षिप्त विवाह थियो । विश्व दर्शन अभियानले व्यवस्था मिलाएको उक्त विवाह समारोहमा पण्डित फणीन्द्रप्रसाद भट्टराईले स्वस्तिशान्ति बाचन गरेपछि विवाह प्रारम्भ भएको थियो । त्यसपछि बेहुला तथा बेहुलीका अभिभावकले पानसमा संयुक्तरुपमा बत्ती बालेर वर र बधूलाई टीका लगाइदिएका थिए । लगत्तै वर र बधूले एक अर्कालाई आँैठी साटासाट गरे र रुद्राक्षको माला लगाइदिए । विवाहको प्रक्रिया पूरा गर्र्दै जाँदा वर, बधू तथा कार्यक्रममा सहभागी सबैले ध्यानसमेत गर्ने अवसर प्राप्त गरेका थिए । उक्त कार्यक्रम समाजमा चलिआएको भन्दा अलि फरक पाइन्थ्यो । केही बेर ध्यान कार्यक्रम भयो । ध्यानमा सहभागी सबैलाई शान्तिको अनुभव समेत गराइयो । विवाहको कार्यक्रम चलिरहँदा बीच बीचमा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वलाई विवाहका बारेमा दृष्टिकोण राख्न समय निर्धारण गरिएको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले सो विवाहमा वैदिक परम्पराका मान्यता ग्रहण गरिएको र फजुल खर्च कटौती भएकाले पनि समाजका लागि आदर्श भएको बताए । दीप, कलश, गणेश, नवग्रह, षोडश, मातृका र अग्नि पूजासमेत गरिएको थियो । उक्त समारोहमा पुष्प गुच्छा वर्षाइएको थियो । धर्मोदय सभाका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराई र साहित्यकार सुलोचना मानन्धरले वैवाहिक जोडीलाई बधाई दिँदै प्राचीन मान्यता तथा सांस्कृतिक महत्वलाई कायम राख्दै समाजमा सबैलाई सहज हुने कार्यको विकास भएकामा त्यसलाई सबैले अनुकरण गर्ने बताए । यसैबीचमा वर र बधूले संयुक्तरुपमा विश्व दर्शन अभियान तथा आश्रम बनाउन कोषलाई रु एक लाख सहयोग हस्तान्तरण गरेका थिए । राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराई, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला, अन्नपूर्ण पोष्टका पत्रकार गोपीकृष्ण ढुङ्गानाले नेपाली समाजमा विवाह भड्किलो र खर्चिलो बन्दै गएको र पुराना सांस्कृतिक पक्षलाई बिर्सदै गएको अवस्थामा सो विवाह अनुकरणीय भएको विचार व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: