Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

योग गर्दै लगनगाँठो

काठमाडौं । नेपाली समाजमा के तपाईले यौगिक विवाह सुन्नु भएको छ ? नेपाली समाजमा पनि अब यस किसिमको विवाह बुधबार भएको छ । सामान्यतया प्रेम तथा मागी विवाह प्रचलनमा रहेको भए यौगिक विवाह प्रचलनमा नरहेकाले त्यति सुन्नु भएको छैन होला । कोटेश्वरस्थित कोटेश्वर महादेव मन्दिरमा आज वर नारायणप्रसाद भट्टराई तथा बधू कविता ढुङ्गानाले यौगिक विवाह सम्पन्न गरे । नेपाली समाजमा खर्चिलो बन्दै गएको विवाहले पुराना सांस्कृतिक पक्षलाई कमजोर बनाउँदै गएको अवस्थामा सो विवाह प्राचीन मूल्यमान्यतलाई अवलम्बन गरिएको संक्षिप्त विवाह थियो । विश्व दर्शन अभियानले व्यवस्था मिलाएको उक्त विवाह समारोहमा पण्डित फणीन्द्रप्रसाद भट्टराईले स्वस्तिशान्ति बाचन गरेपछि विवाह प्रारम्भ भएको थियो । त्यसपछि बेहुला तथा बेहुलीका अभिभावकले पानसमा संयुक्तरुपमा बत्ती बालेर वर र बधूलाई टीका लगाइदिएका थिए । लगत्तै वर र बधूले एक अर्कालाई आँैठी साटासाट गरे र रुद्राक्षको माला लगाइदिए । विवाहको प्रक्रिया पूरा गर्र्दै जाँदा वर, बधू तथा कार्यक्रममा सहभागी सबैले ध्यानसमेत गर्ने अवसर प्राप्त गरेका थिए । उक्त कार्यक्रम समाजमा चलिआएको भन्दा अलि फरक पाइन्थ्यो । केही बेर ध्यान कार्यक्रम भयो । ध्यानमा सहभागी सबैलाई शान्तिको अनुभव समेत गराइयो । विवाहको कार्यक्रम चलिरहँदा बीच बीचमा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वलाई विवाहका बारेमा दृष्टिकोण राख्न समय निर्धारण गरिएको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले सो विवाहमा वैदिक परम्पराका मान्यता ग्रहण गरिएको र फजुल खर्च कटौती भएकाले पनि समाजका लागि आदर्श भएको बताए । दीप, कलश, गणेश, नवग्रह, षोडश, मातृका र अग्नि पूजासमेत गरिएको थियो । उक्त समारोहमा पुष्प गुच्छा वर्षाइएको थियो । धर्मोदय सभाका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराई र साहित्यकार सुलोचना मानन्धरले वैवाहिक जोडीलाई बधाई दिँदै प्राचीन मान्यता तथा सांस्कृतिक महत्वलाई कायम राख्दै समाजमा सबैलाई सहज हुने कार्यको विकास भएकामा त्यसलाई सबैले अनुकरण गर्ने बताए । यसैबीचमा वर र बधूले संयुक्तरुपमा विश्व दर्शन अभियान तथा आश्रम बनाउन कोषलाई रु एक लाख सहयोग हस्तान्तरण गरेका थिए । राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराई, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला, अन्नपूर्ण पोष्टका पत्रकार गोपीकृष्ण ढुङ्गानाले नेपाली समाजमा विवाह भड्किलो र खर्चिलो बन्दै गएको र पुराना सांस्कृतिक पक्षलाई बिर्सदै गएको अवस्थामा सो विवाह अनुकरणीय भएको विचार व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending