Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

जहाँ पुनःनिर्माणको गेट बन्यो, भग्नावशेष उठेन

काठमाडौं । ललितपुरको कार्यविनायक नगरपालिका बुङमति जहाँ गएको वैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो क्षति पुग्यो । घर टहरा तथा ऐतिहासिक मठ मन्दिरहरु भत्कियो । भूकम्प आएको एक वर्ष पूरा हुन दुई चार दिनमात्रै बाँकी छ । भूकम्प गएको झण्डै एक वर्षपछि सोमवार बुङमति पुग्दा बैशाख १२ पछिको बुङमति जस्तो थियो, अहिले पनि उस्तै देखियो । भूकम्पले भत्काएका घरहरु उस्तै छन् । भूकम्पले भत्काएका भवनहरुको भत्नावशेष अझै हटाइएको छैन भने भूकम्पले चिरा परेका घरहरुमा पीडितहरु जोखिमपूर्ण जीवन विताइरहेका छन् । \"restructureपुनर्निर्माण महाअभियानको स्वागत वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको बुङमतिमा आउने आगन्तुकहरुलाई भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वागत गरिरहेको छ । तीन महिनाअघि एउटा सुन्दर गेट बनाइएको छ । जहाँ ‘राष्ट्रिय पुनर्निर्माण महाअभियानको शुभारम्भ’ लेखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको होर्डिङ बोर्ड झुण्डिएको छ । त्यहिको भूकम्पपछि सरकारले गरेको बुङमति पुनर्निर्माणको प्रगति । भूकम्पपछिको पुनर्निर्माणको लागि नयाँ संविधान र नयाँ सरकार आवश्यक हुने भन्दै प्रमुख राजनीतिक दलहरु संविधान निर्माण र सरकार गठनमा लागे । सरकारको खिचातानीमै वर्ष वित्यो ।
तीन महिनाअघि एउटा सुन्दर गेट बनाइएको छ । जहाँ ‘राष्ट्रिय पुनर्निर्माण महाअभियानको शुभारम्भ’ लेखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको होर्डिङ बोर्ड झुण्डिएको छ । त्यहिको भूकम्पपछि सरकारले गरेको बुङमति पुनर्निर्माणको प्रगति ।
पुननिर्माण प्राधिकरण गठन गर्नेबारेमा निकै समय दलहरुले रस्साकस्सी गरे । प्राधिकरण गठनपछि कांग्रेसले एउटा सीईओ राख्यो, उसले काम नगर्दै एमालेले अर्को सीईओ नियुक्त गर्यो । राजनीतिक नियुक्त गर्ने र ठूलो आर्थिक चलखेल गर्ने अड्डा बन्यो पुनर्निर्माण प्राधिकरण । तामझामका साथ गरियो महाअभियान शुभारम्भ भूकम्पपीडितको ब्यवस्थापन हुन नसकेको र पुननिर्माणको काम पनि शुरु हुन नसकेको भन्दै आलोचना हुन थालेपछि गत माघ २ गते तामझामका साथ पुननिर्माण महाअभियानको उद्घाटन गरियो । गत माघ २ गते बैशाख १२ गते गएको भूकम्पको समय पारेर रानीपोखरीको पुनर्निर्माण अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुन उडाएर उद्घाटन गरिन् भने १९९० सालमा गएको भूकम्पको समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमतिमा महाअभियानको रिबन काटेका थिए । \"restructure भग्नावशेष समेत उठेन भूमम्पले ध्वस्त बनाएको बुङ्मतिमा अहिले स्थानीय बासिन्दाले नै भग्नावशेष पन्छाउने काम गरिरहेका छन् । तामझामका साथ उद्घाटन गरिएको दुवै ठाउँमा पुनर्निर्माण महाअभियानको साइन बोर्डले सबैलाई स्वागत गरिरहेको देखिन्छ तर पुनर्निर्माणको कामको थालनी नै भएको छैन । भूकम्पले घर भत्किएपछि स्थानीयवासी र सामाजिक कार्यकर्ताहरुको सहयोगमा बनेका टहरामा केहीले रात कटाएका छन् भने केही जोखिमपूर्ण भवनमा बसिरहेका देखिन्छन् । गएको वैशाख १२ गतेको विनाशकारी भूकम्पले काठमाडौं उपत्यकासहित १४ जिल्ला नराम्रोसँग प्रभावित भएको थियो । वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प र त्यसपछि वैशाख २९ गतेको शक्तिशाली परकम्पले गर्दा ठूलो धनजनको क्षति भयो । \"restructure देखिदैनन् दलका कार्यकर्ताले बनाएका टहरा भूकम्प आएपछि ती प्रभावित जिल्लाहरुमा राहत र उद्धारमा केही समय खर्चियो । तत्कालै विभिन्न देशबाट आएका उद्धार टोली उद्धारमा खटियो भने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु तथा सामाजिक कार्यकर्ताहरु प्रभावित जिल्लाहरुमा राहत वितरणमा लागे । प्रभावित जिल्लाहरुमा पाल वितरणदेखि टहरा बनाउने कामहरु पनि भए । तर राजनीतिक दलका कार्यकर्ताहरुले बनाएका हजारौं घर टहरा भने देखिदैनन् हिजो आज । न त कुनै नयाँ घर नै बन्न सकेका छन् । केहीले आफ्नो बलबुताले जस्तापाताको टहरो बनाएका छन् भने अतिप्रभावित अधिकांश ठाउँमा पालमुनीको बास छ । खोइ साढे चार खर्ब सहयोग ? भूकम्पले लाखौं घरहरु तथा ऐतिहासिक तथा पुरातात्विक महत्वका भवन, मठमन्दिरहरु भग्नावशेषमा परिणत भए । भूकम्पले पुर्याएको क्षति र त्यसको पुननिर्माणका लागि थोरै प्रयासले सम्भव हुने देखिएन । त्यसैले पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन भन्दै ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गरियो । उक्त सम्मेलनबाट करिब साढे चार खर्ब रुपैयाँ सहयोगको प्रतिवद्धता दातृ निकायहरुले गरे । प्रधानमन्त्री राहत कोषमा पनि आर्थिक सहयोग संकलन गरिएको थियो । तर ती राहतकोषमा जम्मा भएका रकमको अझै पनि कुनै सदुपयोग भएको छैन । भूकम्पले ८ हजार ८ सय ५६ जनाको मृत्यु भयो भने २२ हजारभन्दा बढी घाइते भए । भूकम्पले घरहरु भत्किँदा लाखौं घरबारविहिन भए । ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरु भग्वावशेषमा परिणत भए । भूकम्पबाट ६.७ खर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending