Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

क्यानलाई आइसिसीले प्रतिबन्ध लगाउने !

\"Can\"काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि धेरै सयम कुर्न नसकिने बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–आइसिसीका विकास निर्देशक टिम एन्डरसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निकट भविष्यमा क्रिकेटमा देखिएको विवाद समाधान भएको हेर्न चाहेको बताए । ‘हामी नेपालमा देखिएको क्रिकेट क्रेजप्रति सकारात्मक छौँ, तर यसो भन्दैमा विवादको विषयमा धेरै समय धैर्य गर्न सक्दैनौँ,’ उनले भने । एन्डरसन विश्व क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत नेपाल र नामिबियाको खेलका लागि आएका हुन् । नेपाली क्रिकेटमा विवाद देखिएपछि विश्व क्रिकेट लिग आइसिसीको आयोजनामा भएको हो । प्रतिबन्ध लगाउने संकेत एन्डरसनले नेपाली क्रिकेटको विवादमा धेरै धैर्य गर्न नसकिने बताए । उनले विवाद लम्बिरहे नेपाल क्रिकेट संघ (क्यान)लाई प्रतिबन्ध लगाउनेसमेत संकेत दिए । अमेरिकाको क्रिकेट संघलाई प्रतिबन्ध लगाएको उदाहरण दिँदै उनले क्यानलाई प्रतिबन्ध लगाएमा खेलाडीहरूले आइसिसीको छातामुनि खेल्न पाउने स्पष्ट पारे । यसअघि अमेरिकामा क्रिकेटमा विवाद बढेपछि आइसिसीले प्रतिबन्ध लगाएको थियो । अर्को साता प्रतिवेदन बुझाउने एन्डरसनले नेपाली क्रिकेटमा देखिएको विषयमा अर्को हप्ता दुबईमा बस्ने आइसिसी बोर्ड बैठकमा प्रतिवेदन पेस गर्ने बताए । सोही प्रतिवेदनका आधारमा नेपालबारे आइसिसीको बैठकमा छलफल हुनेछ । उनले आइसिसीले कुनै पनि पक्षको वकालत नगर्ने स्पष्ट पारे । दुवै पक्षलाई सहकार्य गरेर अघि बढ्नसमेत उनले सुझाब दिए । प्रतीक्षा अदालतको सर्वोच्च अदालतको फैसलालाई हेरेर आइसिसीले नेपाली क्रिकेटको विषयमा निर्णय लिने उनले स्पष्ट पारे । त्यसका लागि एन्डरसनले क्यानको दुई पक्षसँग छलफल गरेका थिए । गत मंसिरको अन्तिम साता चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको नयाँ कार्यसमिति चुनिएपछि नेपाली क्रिकेटमा विवाद देखिँदै आएको छ । चन्द नेतृत्वको समितिलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता नदिएर रमेश सिलवालको नेतृत्वमा नयाँ तदर्थ कार्यसमिति बनाएको थियो । लगत्तै चन्द नेतृत्वले आधिकारिकता दाबी भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । तर, अहिलेसम्म अदालतले क्यानको मुद्दा सम्बन्धमा फैसला गरेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending