Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सात वर्षे बालकको बयान : बुवा विदेशमा, आमा पोइला गइन्

\"dharkumar मैलो गन्जी, नाकमा सिंगानको टाटा । जिन्सको फाटेको पाइन्ट । पोलेको आधा मकै हातमा बोकेर चपाउँदै गरेको एक बालकमाथि अचानक मेरो आँखा पुगेर अडियो । उ एकसुरले मकै खाइरहेको थियो। आँखामा अरु बालकको जस्तो चमक थिएन । एक प्रकारको बुढौली जस्तो भावाकृति अनुहारमा देखिन्थ्यो । ऊ सँगैका दौंतरीहरु मोजाको भकुन्डो बनाई चौरमा खेलिरहेका थिए । ऊ भने भावसुन्य अवस्थामा मकै चपाइरहेको थियो । गाउँमा युवाहरु छैनन् । धेरै जसो अरबमा भासिएका छन् । केही सहर पसेका छन् । खेतका गराहरु बाँझै छन् । हिउँदे मकै भाँचेर बाँकी रहेको ढोंट देखिन्छ कतै कतै । आँपका रुखहरु, काट्न बाँकी ऊखुहरु भेटिन्छ कतै कतै । कतै ट्रयाक्टरले जोतिरहेको देखिन्छ भने कतै टन्टलापुर घाममा छिटीमा मधेसी समुदायका माईहरु काउली खुर्सानीहरु बोकेर गाउँ घुमाईरहेको भेटिन्छ । महोत्तरीको खयरमारा गाउँमा पुग्दा भेटिएका एक बालकको छेउमा पुगेँ । उसका साथीहरु भकुन्डो खेलि नै रहेका थिए । उनलाई पनि खेल्न आउ भन्थे । तर उ चुपचाप मकै चपाइरहन्थ्यो । साथीहरु हाँस्दा उ हाँस्दैनथ्यो । नाकबाट बगिरहेको सिंगान बेलाबेलामा मकै खादैँ गरेको हातले पुछ्थ्यो । हातमा एक छिन टल्किएर सुख्खा हुन्थ्यो सिंगान । फेरि चपाउँन थाल्थ्यो मकै ।   उसको छेउमा टुकुटुकु हिड्दै दुई अढाई बर्षे अर्को बालक आईपुग्यो । उसले मुखमा हाल्नै लागेको मकैको गाँस बालकको हातमा थमाई थियो । अनि दुबै जनाले मकै चपाउन थाले । उसले बेलाबेलामा तलको खुकुलो भएको जिन्सको पाइन्ट माथि तान्थ्यो । घरीघरी टाउकोमाथि भन्किदै आएको झिँङ्गा धपाउँथ्यो । छ सात वर्षको उमेरमै छाएको त्यो उदासी । हाँसो खोसिएको त्यो उदास मुखाकृति मैले धेरैबेर हेरिरहेँ । उ हाँस्दैनथ्यो । कुनै खेलमा पनि सरिक हँुदैन्थ्यो । निकै भोकाए जसरी मकै एकोहोरो चपाई रहन्थ्यो । घरिघरि पर बाटोतिर हेथ्र्यो । घरि खुट्टातिर कोट्याइरहन्थ्यो । आखिर किन ? के भएको यो हो बालकलाई ? कौतुहलताले मलाई उनको नजिक पु¥यायो । तिम्रो नाम के हो बाबु ? मेरो प्र्रश्नले उ झस्कियो । खाँदै गरेको मकैतिर आँखा लगाउँदै उसले आफ्नो नाम भन्यो ‘धनकुमार राउत’। कति वर्ष भयौ ? मैले सोधें । ‘वर्ष ७ । उसले छोटो जवाफ दियो । अनि बुवा आमाको नाम ? मैले फेरि सोधेँ । उनले आमा र बुवाको नाम विनोद राउत र मैया राउत भन्यो । बहिनीको उमेर ५ । बुवा विदेश गएको, डेढ वर्षपछि फर्कने । उसले एक एक गरी उत्तर दियो । जब मैले आमा सोधें । उ केहीबेर नबोली बस्यो । भूइँतिर केही कोट्याउन थाल्यो । मलाई शंका लाग्यो । कतै यो बालकको आमा यो संसारमा पो छैन की ? मैले यति सानो बालकलाई आमाको बारेमा सोधेर उसको भावनामा चोट त पु¥याइन ? म अलिक सर्तक भएँ । केही बेरपनि फेरि फकाई फकाई सोधेँ । उसले भन्यो ‘आमा पोइला गइन् ।’ ऊ चुपचाप बस्यो । आमाको सम्झना आउँछ ? मैले सोधेँ । उसले मुन्टो हल्लाउँदै ‘आउँदैन’ भन्यो । बहिनीले आमा खोज्दिनन् ? मैले सोधेँ । उसले मकै चपाउँदै नखोज्ने बतायो । अहिले ऊ हजुरबुवा, हजुरआमा, काका काकीसँगै बस्ने रहेछ । उनीहरु दाजु बहिनी नजिकैको स्कुलमा पढ्ने गरेका रहेछन् । उ मकै चपाई नै रहेको थियो । म उसको नजिकै बसें । आमाले जाने बेला केही भन्नु भयो तिमीलाई ? मैले सोधें । ‘मामा घर जान्छु बस है भन्नु भएको थियो ।’ उसले भन्यो । अनि मामा घरबाट फर्किएर आउनु भएन आमा ? मैले फे \"dhankumar रि सोधेँ । उसले मुन्टो हल्लाउँदै भन्यो ‘अहँ’ । उ घोसेमुन्टो लगाएर चुपचाप बस्न थाल्यो । ‘किन साथीहरुसँग बल नखेलेको त ? । मैले फेरि सोधेँ ‘बुवाले बल, सर्ट, पाइन्ट ल्याइदिन्छु भन्नु भा’छ ।’ उसले नखेल्नुको कारण बतायो । ऊ एकपटक पनि हाँसेन । ठूलो स्वरले पनि बोलेन । उसको अनुहारमा सदाबहार उदासी थियो । डिलमा बसेर साथीहरुले बल खेलेको हेरिरह्यो । महोत्तरी जिल्ला, खयरमारा गाविसको वडा नं. ६ स्थित एउटा गाउँमा देखिएको दृष्य हो यो । यसलाई सिङ्गो नेपालको प्रतिनिधि दृष्यका रुपमा लिन सकिन्छ । आज नेपाली समाज बदलिएको छ । सामाजिक सम्बन्धहरु फेरिएका छन् । एक दशक अगाडिको नेपाल र आजको नेपालमा धेरै नै परिवर्तन भएको छ । सबैभन्दा ठूलो परिवर्तन सामाजिक इकाईहरु मध्ये परिवारको संरचना र स्वरुपमा आएको देखिन्छ । यो फेरबदललाई मानिसहरुले आ–आफ्नो दृष्टिकोण अनुसार व्याख्या गरेको पाइन्छ । कतिले मुना मदनको कथा निकै पुरानो भयो भनेका छन् भने कतिले मुग्लान जानेहरुको कथा अब अरबतिर द्र्ुतगतिमा मोडियो भनेका छन् । समाज उही पुरानै शैलीमा अब बाँच्न नसक्ने भइसक्यो । हुलाक कार्र्यालयहरु माकुराको घरमा परिणत भएका छन् । त्यस्तो सट्टा बुढाबुढी आमाबुवाहरु बिदेसिएका आफ्ना सन्तानसँग प्रत्यक्ष स्काइपमा कुरा गर्छन् । यसलाई सकरात्मक परिवर्तनका रुपमा लिन सकिन्छ । तर यो सँगसँगै धेरै नकारात्मक परिणतिहरु पनि समाजमा भित्रिएका छन् । आज परिवार टुक्रिएको छ । घर विग्रिएको छ । मानिसका सम्बन्धहरु चिसाचिसा भएका छन् । मानिसहरु आफूआफैसँग खण्डित भएका छन् । दुधे बालकहरु बुबा आमा जिउँदो हुँदै टुहुरा भएका छन् । गहिरो उदासीमा डुबेको छ शैशवकाल । उसलाई थाहा छैन । विदेश भनेको कहाँ हो ? थाहा छैन, उसलाई विदेश गएर बुवाले भकुन्डो ल्याउने हो या बुवा आफै बाकसमा बन्द भएर आउँने हो ? यो पनि थाहा छैन उसलाई, की बुवाको पसिनाले यो देशमा कस्कस्ले सुनको भकुन्डो बनाएर महलमा बसी खेल्छन् ? र थाहा छैन, मामाघर गएकी आमा अब कहिल्यै फर्किने छैन ।’ मानिसहरु अझ जोड जोडले तर्क गर्छन् र भन्छन् यही त हो पुँजीवाद भनेको । यही त हो सामान्तवादको अन्त्य भनेको । अब पुराना मान्यताहरु भत्किँदै गएका छन् । वर्षौ वर्ष परदेशिएका पतिको यादमा पतिव्रत भएर बस्नु आवश्यक छैन । मुनाले मदनलाई कुरी बसे जस्तो दिन गए अब । मदनकै यादमा मर्नु पर्ने समय होइन यो । नारीले स्वतन्त्रताको उपयोग गर्नुपर्छ । तर खै यो कस्तो स्वतन्त्रता हो ? स्वतन्त्रता हो या पुँजीवादी विकृतिले ल्याएको अराजकता ? आफैलाई प्रश्न गरेँ । यस्तै यस्तै कल्पदै ती टुहुरा बालकको छेउमा बसेर उनैलाई हेरिरहेँ । ‘ए बाबु, बावु,’ कतैबाट बृद्ध आवाजले उसलाई बोलायो । बालक ‘हजुरबुवा आएँ’ भन्दै उठ्यो । ‘अंकल जान्छु है’ यति भनिराखेर ऊ दौडदै हजुरबुवा भएतिर गयो । ७० नाघेको एउटा बृद्ध मान्छेको औंला समाउँदै बालक ओझेल प¥यो । म त्यही बसीरहेँ । मन भारी भयो । मनमनै सोचें, ‘यसरी नै बालकहरु ७ बर्ष मै ७० बर्षे जस्तो उदास हुँदै गयो भने भोलि यो देश कस्तो बन्ला ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending