Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

खिम्ति—ढल्केबर आयोजनाका कारण थातथलो छाड्नुपर्ने भएपछि स्थानियबासी चिन्तित

सिन्धुली । कमलामाई नगरपालिकाका विभिन्न गाविसका स्थानीयवासी लामो समयदेखिको थातथलो छाड्नुपर्ने भएपछि चिन्तित देखिन्छन् । खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न हाइटेन्सनका टावर विस्तार गर्ने क्रममा बाबुबाजेका पालादेखि भोगचलन गर्दै आएको पैतृक सम्पत्ति छाड्न पर्दा उनीहरु केही गम्भीर देखिएका हुन् । उनीहरु आफ्नो गाउँमा विद्युत् विकास हुन लागेकोमा भने खुसी भएका छन् । सोझासिधा केही गाउँले मुआब्जा लिनसमेत गएका छैनन् । केही टाठाबाठाले भने आयोजनाबाट प्राप्त रकमलाई सदुपयोग गरी काठमाडौँमा समेत घर तथा सम्पत्ति जोडेका छन् । नगरपालिकाअन्तर्गत ठूलीटार, रतनचुरा, भद्रकाली, कर्करे, बकुडाडालगायत गाविसका गाउँलेले खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन पीडित सङ्घर्ष समिति गठन गरी पीडित पक्षलाई हकहितलाई ध्यान दिन आग्रह गरेका छन् । समितिले सम्बन्धित पक्षलाई दबाब दिन धर्नासमेत दिँदै आएको थियो । स्थानीय प्रहरी प्रशासनले गत आइतबार धर्नास्थलमा सामान्य बल प्रयोग गरी आयोजना अगाडि बढाएको छ । प्रहरीसँगको सामान्य झडपमा परी केही गाउँले घाइतेसमेत भएका छन् । समितिका अध्यक्ष सुरेन्द्रस्वर मोक्तानले न्यायोचित रुपमा क्षतिपूर्ति तथा आयोजनाबाट प्राप्त हुने रोजगारीको अवसर, सेयर लगायतमा सहभागी गराउन माग गरे । खिम्ति—ढल्केबरको आयोजना विश्व बैङ्कको लगानीमा सन् २००२ मा सुरु भएको थियो । सन् २००६ मा आयोजना कार्यान्वयनका लागि ठेकेदारसँग सम्झौता भएको थियो । सन् २००९ मा आयोजना सक्ने लक्ष्य राखिएको थियो । विभिन्न कारणले ती कार्य पूरा हुन सकेको थिएन । प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले सो आयोजनाले देशको विद्युत् उत्पादनमा ठूलो महत्व राख्ने र अन्य आयोजनाका समेत विद्युत्लाई त्यहीँबाट तान्ने व्यवस्था गरिएकाले त्यसलाई कसैले पनि अवरोध गर्न नहुनेमा जोड दिए । उनले राष्ट्रिय गौरवको आयोजनालाई कसैले पनि अवरोध गरेमा त्यसलाई अगाडि बढाउन आवश्यक सुरक्षा स्थानीय प्रशासनले मिलाउने जानकारी दिए । लामो समयसम्म रोकिएको आयोजना सम्बन्धित पक्षको सरोकार भएका कारण तथा सरकारले सुरक्षा प्रदान गरेका कारण अगाडि बढाउन लागिएको छ । यसलाई अगाडि बढाउने क्रममा अवरोध गर्न नहुने र विभिन्न पक्ष विपक्षमा गाउँले विभाजित हुन पनि हुँदैन । खिम्ति—ढल्केबर आयोजना प्रमुख श्याम यादवले स्थानीयलाई नियमअनुसार दिनुपर्ने सुविधा उपलब्ध गराइसकिएको जानकारी दिँदै आयोजनालाई चाँडो सम्पन्न गर्न सकेमा त्यसको लाभ स्थानीयवासीले पनि प्राप्त गर्ने बताए । त्यस क्षेत्रमा १५९ कित्ता जग्गा अधिग्रहण गरिएकोमा सडक विभागले करिब रु २२ करोड तथा आयोजनाले रु ६ करोड मुआब्जाबापत उपलब्ध गराएको छ । २९ जनाले मात्र मुआब्जा बुझेका छैनन् । स्विजरल्यान्ड सरकारले निर्माण गरिदिएको स्विस सिन्धुली सेकेन्डरी इङ्गलिस स्कुल पनि हाइटेन्सन विस्तारका क्रममा प्रभावित भएको छ जहाँ सुलभ मूल्यमा अङ्ग्रेजीमा स्थानीय विद्यार्थीलाई अध्ययन गराइँदै आएको छ । कक्षा १ देखि १० सम्म पढाइने विद्यालयमा १६ शिक्षक तथा ३०० विद्यार्थी छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष बमविक्रम थापाले स्थानीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै विद्यालयको विकल्पको माग गरे । उनले प्राचीन समयदेखि बसेका मानिसको संस्कृति र रीतिरिवाजलाई विस्थापित गर्न नहुने विचार व्यक्त गरे । नेपालका आदिवासीको मानवअधिकारसम्बन्धी वकिल समूहका वकिल भीम राईले कुनै पनि स्थान तथा क्षेत्रमा विकास गर्ने क्रममा त्यहाँ आदिमकालदेखि बसोबास गर्दै आएका मानिसको भावनालाई सम्मान र सम्बोधन गर्नुपर्ने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: