Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

यसरी भएको थियो पृथ्वीनारायण शाहको मृत्यु

\"prithibiनेपाली समाजको इतिहासमा पृथ्वीनारायण शाह एक विशिष्ट पात्र हुन् । उनको बारेमा विभिन्न टिका टिप्पणी पाइन्छ । उनलाई राष्ट्रनिमार्ता मान्ने की नमान्ने भन्ने विषयमा राष्ट्रिय लेभलमै बहस हुने गरेको पाइन्छ । उनको बारेमा विभिन्न कोणबाट बहस भए जस्तै उनको मृत्युको बारेमा पनि आजसम्म किटानका साथ इतिहासबिद्हरुले भन्न सकेका छैनन् । उनको बारेमा कतिपय तथ्यका बारेमा आम नेपालीका सामु गुमनाम नै रहेका छन् । वि.सं. १८३१ माघ १ गते उनको मुत्यु भएको भनिएपनि आजसम्म इतिहासकारहरू उनको बारेमा एकमत हुन सकेका छैनन् । उपत्यका विजयपछि उनी पश्चिम विजय अभियान थाल्नुअघि विश्रामका लागि काठमाडौंबाट नुवाकोट पुगेका थिए भनिन्छ । नुवाकोटमै रहँदा उनको सामान्य ज्वरोका कारण मृत्यु भएको भनी इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उल्लेख गरेका छन् । ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरूबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूली नदीको दोभानस्थित देवीघाटमा लागिएको थियो । त्यहीँ ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भएको उक्त पुस्तकमा उल्लेख छ । उनको बारेमा यता भारतीय लेखक विराजद्वारा लिखित तथा आत्माराम एन्ड सन्सद्वारा सन् २०१० मा प्रकाशित गरेको ‘नेपालेश्वर’ शीर्षकको उपन्यासमा पृथ्वीनारायण शाहको मृत्यु बाघको आक्रमणबाट भएको उल्लेख गरिएको छ । पुस्तकका अनुसार पृथ्वीनारायण शाह सिकार खेल्न पोख्त थिए । उनी बाघका लागि अन्य जनावर मारेर पासो थाप्थे भने बाघ सिकार खान आएको मौका पारी तरबारले सोझैं आक्रमण गर्थे । उक्त पुस्तकका अनुसार आफ्नो मृत्युअघि पनि उनी आफ्नो सिकारी दलबलसहित त्रिशूली किनारतिर गएका थिए । सम्पूर्ण तयारीपछि उनको दलबलले बाघलाई पासोमा पारेको थियो । बाघलाई वरिपरिबाट अन्य सिकारीहरूले घेरा हालिसकेपछि पृथ्वीनारायण शाहले बाघमाथि तरबारले आक्रमण गरे, तर आफूतिर अघि बढिरहेका पृथ्वीनारायण शाहमाथि उक्त बाघले अचानक झम्टेर उनको गर्धन नै समात्यो । त्यसपछि पृथ्वीनारायण शाहलाई बचाउन उनका सहयोगीहरूले उक्त बाघमाथि आक्रमण गरेका थिए । बाघ भागेपछि पृथ्वीनारायण शाहलाई घाइते अवस्थामै शिविरमा ल्याइएको थियो, जहाँ राजवैद्यले उनको उपचार गरेका थिए । बाघले पृथ्वीनारायण शाहलाई दिएको चोट यति गहिरो थियो कि उनको उपचार सम्भव हुन सकेन । आफ्नो अन्तिम अवस्था बुझिसकेका पृथ्वीनारायण शाहले आफूलाई देवीघाट पुर्‍याउने आग्रह गरे । जहाँ पुग्दा नपुग्दै उनको मृत्यु भयो । अब प्रश्न उठ्छ, नेपालेश्वरमा उल्लेख भएको घटना कति सत्य हो ? यो विषयमा अहिलेसम्म कुनै पनि नेपाली इतिहासकारले कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् । यो विषयलाई अनुसन्धानको विषयका रूपमा पनि स्वीकार नगरिनु नेपाली इतिहासको एउटा उदेकलाग्दो पाटो मान्न सकिन्छ । तर पृथ्वीनाराय शाहको मृत्यु भएको क्षेत्रमा भने उनको स्वभावविक मृत्यु नभई हत्या गरिएको भन्ने अपुष्ट भनाई त्यहाँका मानिसहरुको रहेको छ । आजसम्म उनको मृत्यु कसरी भएको थियो भन्ने इतिहास खुल्न सकेको भने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending