Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

\"cable-car\"काठमाडौं । पर्यटकीय क्षेत्र चन्द्रागिरिको आकर्षण र सौन्दर्यता थप चम्किँदैछ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको चन्द्रागिरि डाँडामा निमार्णाधीन केबलकारले यसको सौन्दर्यलाई बढाएको छ । प्राकृतिक सम्पदाको सौन्दर्यमात्र नभई त्यहाँ निर्माण गरिएका आधुनिक भौतिक पूर्वाधारका संरचनाले चन्द्रागिरिको सौन्दर्यलाई थप चम्काएको हो । काठमाडौँ फनपार्कअन्तर्गतको काठमाडौँ–चन्द्रागिरि केबलकार प्रालिले निर्माण गरिरहेको केवलकारको ९५ प्रतिशत काम पूरा भएको र चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त उक्त केबलकार अस्ट्रियाको ख्यातिप्राप्त केबलकार निर्माता कम्पनी ‘डोपलमेयर’ले निर्माण गरिरहेको छ । केबलकारको मुख्य स्टेसन निर्माणको काम सकिएको र अहिले रोपवेमा केवल तान्ने काम भइरहेको केबलकारका स्टेसन इन्चार्ज इन्जिनियर हरिदेव तामाङले जानकारी दिए । \"chandragiri\" ‘केबलकारको ९५ प्रतिशत निर्माण सकिएको छ । अहिले केवल तान्ने काम भइराछ, यो एक हप्ताभित्र सकिन्छ । अन्य निर्माणका काम पनि करिब सकिसकेका अवस्था छ, केबलकार चाँडै नै सञ्चालन गर्ने तयारीमा छौँ ’ –उनले भने । कुल ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको केबलकारको लम्बाइ २।४ किमी रहेको छ । ३६ वटा डिब्बा रहने उक्त केबलकारको प्रत्येक डिब्बामा आठ जना यात्रु अट्नेछन् । चन्द्रागिरि डाँडाको उचाइ समुद्री सतहदेखि २५ सय मिटर रहेको छ । केबलकारको जम्मा ११ वटा टावर ९रिले स्टेसन० रहेका छन् । अस्ट्रियाबाट आएका प्राविधिकले अहिले टावर माथि रोप राख्ने काम गरिरहेका छन् । कुल रु साढे तीन अर्ब लगानी रहेको केबलकार २० महिनाअघि निर्माण सुरु गरिएको थियो । चन्द्रागिरि डाँडामा केबलकारको मुख्य स्टेसन टर्मिनल भवन, भालेश्वर महादेवको मन्दिर, भ्यूटावर, थिएटर र सम्मेलन हल निर्माण भइरहेको छ । भालेश्वर महादेवको ऐतिहासिक महत्वलाई कायम राख्न भालेश्वरको शीलालाई सुरक्षित राखेर नयाँ शैलीको मन्दिर बनाइएको छ । पदयात्रा पर्यटनको महत्वपूर्ण स्थल चन्द्रागिरिबाट अन्नपूर्ण रेञ्जदेखि सगरमाथासम्म १८० डिग्रीको कोणबाट सहज रुपमा दृश्यावलोकन गर्न सकिने प्राविधिकको भनाइ छ । भ्यूटावरमा टेलिस्कोप राखिनेछ । \"Chandra-giri-cable-car1\" केबलकारको सुरक्षालाई मध्यनजर गरी हालसम्मकै उच्च प्रविधि अपनाइएको उक्त केबलकारको ११ वटै टावरमा के समस्या आएको छ, कम्प्युटर प्रविधिबाट सहजै निगरानी गर्न सकिने इन्जिनियर तामाङले बताए । चन्द्रागिरि परिसरमै पाँच तारे होटलस्तरको रिसोर्ट निर्माण भइरहेको छ, यसको निर्माण केही समय लाग्ने बताइएको छ । चन्द्रागिरि नपाका निमित्त कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले चन्द्रागिरिको धार्मिक, सांस्कृतिक सम्पदाका संरक्षणसँगै पर्यटन प्रवद्र्धन गरी आर्थिक रुपमा नगरलाई सवल बनाउन लागि परेको बताए । केबलकारबाट नगरवासीलाई के लाभ दिने तथा वातावरण संरक्षण गरी पर्यटक बढाउन कस्तो अभियान चलाउने भन्नेबारे सरोकारवाला पक्षसँग छलफल गरी कार्यक्रम अघि बढाइने उनले उल्लेख गरे । आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको चन्द्रागिरि धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले मात्र नभई पदयात्रा र इको पर्यटनका लागि पनि उपयुक्त मानिन्छ । करिब डेढ घन्टाको पैदल यात्रापछि जङ्गलमा आकर्षक चराचुरुङ्गी र जङ्गली जनावरको दृश्यावलोकन गर्दै चन्द्रागिरि डाँडामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक बाटो पनि छ । नेपाली काँग्रेसका तर्फबाट नगरपालिकाको दलीय संयन्त्रका प्रतिनिधि घनश्याम गिरीले चन्द्रागिरिको ऐतिहासिक, धार्मिक सांस्कृतिक महत्वलाई प्रवद्र्धन गरी बढी पर्यटक भित्र्याउन केबलकारले सहयोग पुग्ने बताए । चन्द्रागिरि–२ मा रहेको दहचोकमा तत्कालीन पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्ने क्रममा गढी बनाएकाले पनि यो स्थान ऐतिहासिक र प्रसिद्ध छ । त्यहाँ पाँच वटा गढी अहिले पनि भग्नावशेष अवस्थामा छन् । दहचोक कालु पाण्डेको समाधिस्थल पनि हो । दहचोकलाई पृथ्वीनारायण शाहले राजधानी बनाउने मनसाय व्यक्त गरे पनि त्यो हुन सकेको थिएन । यसले पनि चन्द्रागिरिको महत्वलाई बढाएको छ । चन्द्रागिरि नपामा प्रसिद्ध मातातीर्थ, विष्णु देवी, दुन देवी आदिको मन्दिर छन् जुन धार्मिक पर्यटकका लागि महत्वपूर्ण मानिन्छन् । दलीय संयन्त्र ९नेकपा–एमाले० का प्रतिनिधि अनन्तराज सिग्देलले नगरको धार्मिक, सांस्कृतिक महत्व र पर्यटन प्रवद्र्धनका लागि लागिपरेको बताए । राजधानी काठमाडौँको निस्सासिँदो वातावरण र कामको थकानबाट शरीरलाई आनन्दको अनुभूति दिलाउन तथा उपत्यका र आसपासका रणमीण दृष्य तथा हिमालको अवलोकन गर्ने उपयुक्त गन्तब्यका रुपमा चन्द्रागिरिलाई लिइन्छ । चुरे पहाडको सदाबार हरियो घनघोर जङ्गलले चन्द्रागिरिको सौन्दर्यलाई उत्तिकै आकर्षण थपेको छ, यसैको आकर्षणले उल्लेख्य सङ्ख्यामा पर्यटक चन्द्रागिरि पुग्ने गर्छन् । चन्द्रागिरिको पर्यटकीय महत्वलाई ध्यानमा राखी उचित व्यवस्थापन गर्नसकेको खण्डमा राज्यले आर्थिक लाभ लिन सक्ने निश्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending