Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

के छ बादलको फरक दस्तावेजमा ? पढ्नुहोस् दस्तावेजको पूर्ण पाठ

\"cpn-maoist-1\" काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा ‘बादल’ले एकीकृत माओवादी सहित शक्तिहरुसँग निःसन्देह एकता गर्नुपर्नेमा जोड दिएका छन् । एमाओवादी लगायत माओवादी शक्तिहरुबीचको एकताको विषयमा अन्तिम निर्णय गर्न भन्दै शुक्रबारदेखि शुरु भएको वैद्य माओवादीको विशेष केन्द्रीय समिति बैठकमा बादलले आफ्नो छुट्टै पूरक प्रस्ताव पेश गर्दै एकताको असाधारण निर्णय लिने साहस गर्नुपर्ने उल्लेख गरेका छन् । ‘पार्टी एकता र विजयका नयाँ सैद्धान्ति, राजनीतिक तथा सांगठनिक आधारहरु’ शीर्षकमा बादलले केन्द्रीय समिति बैठकमा तीन पृष्ठ लामो पूरक प्रस्ताव पेश गरेका छन् । उनले आफ्नो प्रस्तावमा १) असाधारण परिस्थिति तथा चुनौती २) विश्व साम्राज्यवाद र पूँजीवादी तथा समाजवादी क्रान्तिबारे ३) विद्यमान राज्यसत्ता, संसदीय ब्यवस्था तथा संविधानबारे ४) तात्कालिन सामान्य कार्ययोजना र ५) अन्तिम निश्कर्ष प्रस्तुत गरेका छन् । एकता हुन नदिने सामाज्यवादीहरुको हात क्रान्तिकारी माओवादीका सचिवालय सदस्य बादलले आफ्नो दस्तावेजमा साम्राज्यवादी र तिनका दलालहरुले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकतावद्ध हुन नदिने बताएका छन् । देशभक्त, जनवादी तथा बामपन्थी शक्तिहरुको मोर्चा निर्माण गर्न साम्राज्यवादीहरुले नदिने बादलको आशंका छ । ‘साम्राज्यवादी र तिनका दलालहरुले क्रान्तिकारी कम्युनिष्टहरुलाई सहजै एकतावद्ध हुन दिने छैनन्,’ बादलको दस्तावेजमा भनिएको छ, ‘उनीहरुले सजिलै देशभक्त, जनवादी तथा बामपन्थी शक्तिहरुको मोर्चा निर्माण गर्न दिने छैनन् ।’ मनोगतवाद एकताको बाधक बादलले क्रान्तिकारीहरुबीच एकता हुन नदिने साम्राज्वादीहरुको हात रहेको आरोप मात्र लगाएका छैनन् । पार्टी भित्रकै मनोगतवाद एकताको मार्गमा बाधा बन्ने जनाएका छन् । ‘हाम्रा आफ्नै मनोगतवाद पनि एकताको मार्गमा बाधा बन्नेछन्’, बादलले भनेका छन्, ‘यो विषम परिस्थितिमा हामीले सम्पूर्ण षड्यन्त्र एवम् बाधाहरुलाई चिर्दे नयाँ संश्लेषण एवम् एकताको असाधरण निर्णय लिन सक्छौं ? निःसन्देश हामीले यो साहस गर्नैपर्दछ ।’ संविधान जनयुद्धको आंशिक उपलब्धी वैद्य माओवादीले दोस्रो संविधानसभालाई सशक्त बहिष्कार गरी नयाँ संविधान नै अस्वीका गरे पनि बादलले भने आफ्नो दस्तावेजमा संविधानलाई आंशिक उपलब्धी भएको बताएका छन् । वर्तमान संविधानमा समाविष्ट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता आदि विषयहरु जनयुद्ध तथा जनआन्दोलनका आंशिक उपलब्धी र मात्रात्मक परिवर्तन भएको उनको दस्तावेजमा उल्लेख छ । पुरानै कार्यदिशा असम्भव बादलले ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्ने पार्टीको कार्यदिशा लगत भएको भएको बताएका छन् । पार्टीको कार्यदिशा संशोधन गर्नुपर्नेमा उनको जोड छ । उनले कार्यनीति र कार्यदिशाबारे नयाँ संश्लेषण गर्नुपर्ने जनाएका छन् । ‘समाजवादी/पूँजीवादी क्रान्ति पुरानै कार्यदिशाबाट अब सम्भव नभएकोले नयाँ संश्लेषणबारे बहस र अध्ययन केन्द्रित गर्नुपर्छ’, उनले भनेका छन् । समाजवादी रणनीतिमा जोड क्रान्तिकारी माओवादी नेता बादलले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तै समाजवादी रणनीतिमै जोड दिएका छन् । ‘मुलतः समाजवादी, अंशतः राष्ट्रिय पूँजीवादी कार्यक्रम लागू गर्दै सारतः राष्ट्रिय समाजवादको स्थापना गर्नुपर्छ’, बादलको दस्तावेजमा भनिएको छ, ‘अल्पविकसित पूँजीवादी मुलुकहरुको सामाजिक तथा अािर्थक अवस्था संक्रमणकालिन भएकाले पूँजीवादी क्रान्तिको मुलरणनीति अन्तर्गत समाजवादी रणनीतिलाई एउटा निश्चित अवस्थासम्म संयोजन गर्नुपर्छ ।’ एकताबारे अधिभूूतवादी धारणा माओवादी नेता बादलले पार्टीका सिद्धान्तका नाममा केही अधिभूतवादी धारणा रहेको उल्लेख गरेका छन् । सिद्धान्तको नाममा आ–आफ्नो आग्रह पूर्वाग्रह नछाड्नु र आशंका, अकर्मन्यता, अनिर्णयको बन्दी बन्नु अधिभूतवादी धारणा भएको बादलले उल्लेख गरेका छन् । ‘सिद्धान्तको नाममा आ–आफ्नो आग्रह पूर्वाग्रह नछाड्नु र आशंका, अकर्मन्यता, अनिर्णयको बन्दी बन्नु, एकताबारे यी सबै अभिधूतवादी धारणाहरु हुन्’, बादलले भनेका छन्, ‘त्यसैले सबै क्रान्तिकारीहरु पूर्ण इमान्दारी तथा जिम्मेवारीबोधका साथ नयाँ सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक आधारहरुको संयुक्त रुपमा निर्माण गरी यथाशीघ्र एकतावद्ध हुनु नै युक्तिसंगत ठहर्छ ।’ विचारलाई पन्छाएर फगत संगठनात्मक÷भावनात्मक एकताको कुरा गर्नुलाई पनि उनले गलत ठहर्याएका छन् । तत्कालिन कार्ययोजनाः बहुदलीय प्रतिष्पर्धा बादलले वैचारिक दृष्टिले मालेमाको प्रचार र प्रतिक्रियावाद तथा अवसरवादको भण्डाफोर गर्नुपर्ने बताएका छन् भने राजनीतिक दृष्टिले अहिलेको राज्यसत्ता, संसदीय ब्यवस्था, तथा साम्राज्यवाद दलाल÷नोकशाही पूँजीवाद अर्थात नवउपनिवेशकाविरुद्ध प्रहार परिलक्षित हुनुपर्ने जनाएका छन् । उनले तत्कालिन कार्ययोजना अन्तर्गत बहुदलीय प्रतिष्पर्धालाई स्वीकार गरेका छन् । बहुदलीय जनप्रतिष्पर्धा तथा पूर्ण समानुपातिक प्रतिनिधित्वमा आधारित समाजवाद उन्मुख राष्ट्रिय जनवाद (राष्ट्रिय वा संघीय जनगणतन्त्र नेपाल) तथा सर्वहारा नेतृत्व अन्तर्गत उत्पीडित वर्ग, जाती, लिङग, समुदायको जनवादी अधिनायकत्वको स्थापना गर्न सम्पूर्ण प्रयत्नहरु संकेन्द्रित गर्नुपर्नेमा बादलको जोड छ । कार्यनीतिक दृष्टिले सडक, सदन, सरकार तथा अन्तर्राष्ट्रिय मोर्चाहरुबाट विद्यमान राज्य ब्यवस्थामाथि चौतर्फी हस्तक्षेप गर्दै क्रान्तिको सम्पूर्ण तयारी गर्नुपर्ने पनि उनले आफ्नो दस्तावेजमा उल्लेख गरेका छन् । शुक्रबारदेखि कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा शुक्रबारदेखि शुरु भएको एकतासम्बन्धी बैठकमा अध्यक्ष वैद्य र नेता बादलले छुट्टाछुट्टै दस्तावेज पेश गरेका छन् भने सचिवालय सदस्य कुलप्रसाद केसी ‘सोनाम’ले पनि एकताबारे आफ्नो छुट्टै सुझाव दस्तावेजकै रुपमा पेश गरेका छन् । विप्लवको बर्हिगमनपछि १ सय २५ केन्द्रीय सदस्य रहेको बैद्य माओवादी र परि थापाको ३२ केन्द्रीय सदस्य रहेकोमा हालसालै ४२ सदस्य थप गरी १ सय ११ सदस्य केन्द्रीय समिति बनाइएको छ । \"badal\"badal\"badal
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies