Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

खबरडबली संवाददाता

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो । 

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उनले भने “पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ” । 

 भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपिजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो ।

भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको वैशाखसम्ममा गत आवको तुलनामा आयात आठ दशमलव २४ प्रतिशतले घटेको हो । निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दश महिनामा रु ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार बराबरका वस्तु आयात भएको छ भने २० अर्ब २६ हरोड ७८ लाख १८ हजार मूल्य बराबरका सामग्री निर्यात भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

ब्रड पिक दुर्घटना : निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ तर्फ ल्याइँदै

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा किनबेच भइरहेको छ ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी ...

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

कर्फ्यु खुकुलो भएपछि राजविराजमा निकालियो बृहत् सद्भाव र्‍याली

राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत्  सद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending