Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मेसीको गोलमा अर्जेन्टिनाको जित, ब्राजिलको मुस्किलको बराबरी

\"Messsi\"काठमाडौं । २०१८ को विश्वकप छनोटका लागि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले लगातार तेस्रो जित पारेको छ । तर, अर्को टिम ब्राजिलले मुस्किकले हार टारेको छ । आज बिहान भएको छैटौं खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्यो र अंक तालिकामा तेस्रो स्थानमा उक्लियो । अर्जेन्टिनाको लागि मेर्काडोले २० र मेसीले ३० औं मिनेटमा गोल गरे । मेसीको यो अर्जेन्टिनाको लागि ५० औं  गोल पनि हो । चार टिम सोझै छनोट हुने दक्षिण अमेरिकी १० टोलीको छनोटमा अर्जेन्टिनाको ६ खेलबाट ११ अंक भएको छ । इक्वेडरसँग पहिलो खेलमै हारेको अर्जेन्टिनाले पाराग्वले र ब्राजिलसँग बराबरी खेल्दा दबाबमा आए पनि कोलम्बिया, चिली र बोलिभियालाई लगातार हराएको हो । बुधबार बिहानै भएको अर्को खेलमा पाराग्वेले २–० को अग्रता जोगाउन नसक्दा ब्राजिलले अन्ततः २–२ गोलको बराबरी खेल्दै एक अंक हासिल गर्यो । ७९ औं मिनेटसम्म पाराग्वे २–० अघि थियो तर, रिकार्डो ओलिभेराले ब्राजिलका लागि गोल गरे । ९० पछिको अतिरिक्त समयमा डेनी आल्भेसले  गोल गर्दा ब्राजिलले बराबरी गर्दै एक अंक जोड्न सक्यो । बराबरीपछि ब्राजिल ६ खेलबाट ९ अंक जोड्दै छैटौ स्थानमा छ । बुधबार बिहानै भएको अर्को खेलमा उरुग्वेले पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै खेलबाट १३ अंक जोड्दै अंक तालिकमा सबैभन्दा अगाडि पुग्यो । कोलम्बियाले इक्वेडरलाई ३–१ ले पराजित गर्दा इक्वेडर १३ अंकसहित दोस्रो स्थानमा रह्यो । कोलम्बिया भने तीन अंक जोड्दै १० अंकसहित पाँचौ स्थानमा उक्लियो । चिलीले भेनेजुएलालाई ४–१ गोलले हराउँदै ७ बाट तीन थपेर १० अंकसहित चौथो स्थान कब्जा गर्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending