Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चेपाङ समुदायलाई खाना बस्नमै समस्या

\"chepang काठमाडौ । कोराकका ४९ वर्र्षीय भीमबहादुर चेपाङको चुलो दैनिक नबलेको पाँच महिना नाघेको छ । गएको असोजमा घरको खाद्यान्न सकिएपछि मेलापातबाट आएको पैसाले एकछाक टरे पनि अर्काे छाक जङ्गली कन्दमूल र सागसब्जीले टर्दै आएको छ । भीमबहादुर प्रतिनिधि पात्र मात्र हुन, जिल्लाको पहाडी गाविसका अधिकांश चेपाङ समुदायको पीडा एउटै रहेको छ । वर्षभरी आफ्नैबारीमा उब्जिएको खाना पाउनेको सङ्ख्या निकै कम छ । सिद्धि गाविस– ४ का ज्ञानबहादुर प्रजाको परिवारलाई ६ महिना आफ्नैबारीको अन्नले पुगेपनि दुई महिना निबेक ज्यालामा दिन टर्दै आएको छ । निवेकले दुई छाक कठिन हुने बताउँदै उहाँले वनको गिठ्ठा, तरुल, सिस्नो, टाँकी, न्यूरो, जलुको जस्ता कन्दमूल र सागसब्जिले दैनिकी टरेको बताए । भूकम्पले घर भत्किएपछि अझैसम्म पालमुनि बास बसिरहेको बताउँदै प्रजाले भने –छैन, बस्ने ठाउँ पनि छैन, यो भन्दा दुःख अरु के हुन सक्छ ।” कोराको दोबाटेका ५५ वर्षीय डिल्लीराज प्रजाको आफ्नैबारी नभए पनि खेती गरेको ऐलानी जग्गाको आम्दानीले ६ महिना पनि पुग्दैन । चार छोरा र ६ छोरीका बाबु प्रजा आजभोलि छोराछोरीको निबेकले घर धान्न थालेको बताए । उनका छोराछोरी जिल्लाकै तराईमा झरेका छन, उनीहरुको कमाइले नै घरखर्च जेनतेन चलेको छ । जिल्लामा २९ हजार चेपाङ बसोवास गर्छन् । नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङ पहाडी क्षेत्रमा बसोवास गर्दै आएका चेपाङले निकै कष्टकर जीवन बिताइरहेको जानकारी दिए। जिल्लामा रहेका चेपाङ समुदायमध्ये २५ प्रतिशतलाई तीन महिना मात्र आफैले कमाएको बारीको अन्नले खान पुग्छ,” उनले भने– अध्यक्ष चेपाङका अनुसार पचास प्रतिशतलाई ६ महिना, १२ प्रतिशतलाई नौ महिना खान पुग्छ भने वर्षभरी खान पुग्नेको सङ्ख्या १३ प्रतिशत मात्रै छ । जिल्लाका ८५ प्रतिशत चेपाङ सुकुम्बासी छन् । बाबुबाजेको पालामा डाँडामा झुप्रो हालेर बसेका चेपाङले विसं २०२६ मा नापी हुँदा थाहा नपाएकै कारण आजसम्म सुकुम्बासी जीवन बिताउँदै आएका छन् । जिल्लाका सिद्धि, लोथर, कोराक, शक्तिखोर, काउले, चञ्डिभञ्ज्याङ, कविलास, दाहाखानी र दारेचोकमा चेपाङ समुदायको बसोवास रहेको छ । चैतदेखि असारसम्म मुख्य रुपमा चेपाङ समुदायले खाद्य सङ्कट झेल्ने गरेको सङ्घका जिल्ला सचिव भीमबहादुर चेपाङले गुनासो गरे । कोराकको किरनटार प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिलाल प्रजा अधिकांश बालबालिका भोकै स्कुल आउने गरेको बताए। स्कुलमा खाजा कार्यक्रम भएकाले बालबालिका स्कुल आउने गरेका छन, तर घरमा अधिकांश भोकभोकै बस्ने गरेको उनले जानकारी दिए । असोज महिनायता पहाडी क्षेत्रका प्राथमिक विद्यालयमा खाजा दिन थालिएको छ । खाजाकै कारण विद्यार्थी विद्यालय आउने क्रम बढेको छ । महिनामा एक दिन मासु, र दैनिक रुपमा पालो गरी केराउ, चना, सागपात, आलु, चिउरा, जाउलो जस्ता खानेकुरा बालबालिकालाई खुवाउने गरिएको बताइएको छ । जिल्लाको पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता रहेको छ । धेरैजसोसित आफ्नै जग्गा छैन । चेपाङ नेपालमा ६८ हजार रहेको तथ्याङ्क छ । उनीहरुको चितवनसहित मकवानपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, बाँके र बर्दियामा बसोवास रहेको बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending