Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

ब्यापारीहरु पसलमा किन झुण्ड्याउँछन् कागती र खुर्सानी ?

\"lemon-chilli\" काठमाडौं । काठमाडौं उपत्यकासहित देशैका अधिकांश भेगका पसलहरुमा कागती र खुर्सानीको माला उनेर झुण्ड्याइएका हुन्छन् । नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा पनि यस्तै चलन छ । भारतका ठूला सहरहरुमा पनि ब्यापारीहरुले आफ्नो पसलको मुल ढोका नजिक खुर्सानी र कागतीको माला उनेर झुण्ड्याएका हुन्छन् । काठमाडौंमा धेरै जनाको खुर्सानी र कागतीको माला बिक्री गरेरै जीवन धानेका छन् । सबै पसलहरुमा यस्तो माला झुण्ड्याउने उनीहरुको ठेक्का जस्तै हुन्छ । हरेक हप्ताजसो उनीहरु पसलमा झुण्ड्याएका पुराना माला हटाएर नयाँ झुण्ड्याइदिन्छन् । ब्यापारीहरुले पसलमा कागती र खुर्सानीको माला झुण्ड्याउनै पर्ने कुनै बाध्यकारी नियम भएकाले होइन । उनीहरुको धार्मिक र अन्धविश्वासका कारण यसो गर्ने गरेका हुन् । आफूहरुको ब्यापार ब्यवसायमा अरुका आँखा नलागोस् भनेर खुर्सानी र कागतीको माला झुण्ड्याउने गरेको न्यूरोडका एक मारवाडीले बताए । उनी मात्र होइन, सबै ब्यापारीहरुको यस्तै अन्धविश्वासले पसलमा खुर्सानी र कागतीको माला झुण्ड्याउँछन् । एक दम्पतिले किने ३९ हजारको कागती खुर्सानी कागतीको लागि आज पनि नागरिकहरुमा अन्धविश्वास कायमै छ । नेपालको राजधानी काठमाडौंदेखि भारतको राजधानी दिल्ली लगायतका विकसित सहरमा यस्तो यस्तो अन्ध विश्वास कायमै रहेको छ । भारतको तमिलनाडुको विल्लुपुरम जिल्लाको एक मन्दिरका ब्यवस्थापकले यस्तै कागतीको लिलाम विक्री गर्दा ३९ हजार भारुमा लिलाम भएको छ । तमिलनाडुको मन्दिरमा ११ दिनसम्म धार्मिक उत्सव मनाइएको थियो । उक्त मन्दिरको अन्तिम दिन मन्दिरमा फल चढाउँदा मनोकामना पूरा हुने भक्तालुहरु विश्वास गर्छन् । उक्त मन्दिरमा अवस्थित भगवान मुरगनलाई कागती चढाएमा परिवारमा सुख समृद्धि हुने तथा सन्तान प्राप्त हुने बरदान मिल्ने धार्मिक विश्वास गर्छन् । सोही विश्वासकै कारण जयरामन तथा अमरावती नामका एक दम्पतीले ३९ हजार भारुमा कागती गरिद गरेका थिए । यो वर्ष उक्त मन्दिरमा कुल ५७ हजार ७ सय २२ भारुको कागती बिक्री भएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending