Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

पुनःनिर्माणको काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

\"Kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यक्रममा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै समग्र अभियानमा तीव्रता दिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी गोष्ठीको मंगलबार उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले आफू जनताले सोचेजस्तो गरी अघि नबढेको जनाउँदै, तीव्र गतिमा काम गर्न निर्देशन दिए। समग्र सरकार र पुनःनिर्माणका कामबाट म आफू पनि सन्तुष्ट छैन । यसमा मेरो पनि दोष होला तर अन्य बाधा र अड्चन देखाएर अभियानलाई ढिलाइ गर्ने काम सह्य हुनेछैन । त्यसका लागि मन्त्रिपरिषद् वा संसद्बाट गर्नुपर्ने कामका लागि म तयार छु” – उनले भने । अबदेखि कुनै पनि नाममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइनेछ, पुनःनिर्माणको सेवा गर्ने पवित्र काममा अतिरिक्त भत्तालाई सर्त बनाइएको भन्ने कुरा म पत्याउन सक्दिनँ । जनतालाई छानोमुनि ल्याउने काममा दशकौं वर्ष लाग्ने स्थिति भए राम्रो हुनेछैन ।” प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयम्सेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिए । उनले माघ २ बाट सुरु भएको पुनःनिर्माण महाभियानअन्तर्गत रानीपोखरी र धरहरा पुनःनिर्माणका कामको पनि आपूmले प्रगति नदेखेकामा चिन्ता व्यक्त गरेका थिए । ‘मेरो धरहरा म बनाउँछु’ अभियानमा हालसम्म मन्त्री र केहीबाट गरी रु १८ लाखमात्र जम्मा भएकामा पनि उनले प्रश्न उठाउँदै यसमा संयन्त्र र जनस्तरबाट सहयोगको अपेक्षा राखेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies