Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

एकताबारे वैद्य माओवादीको बैठकमा चर्काचर्की

\"kiran=badal\" काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको पाँच दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा पार्टी एकताकाबारेमा चर्काचर्की बहस चलेको छ । चार वर्षअघि एमाओवादीबाट विभाजित भइ नयाँ पार्टी गठन गरिए पनि पार्टी मुलधारको राजनीतिबाट हराउँदै गएपछि अन्तिम विकल्पका रुपमा एकता भन्दै बहस चर्किएको हो । पार्टी नेतृत्वले नमाने पनि अधिकांश नेताहरु एकतामा जाने भन्दै कस्सिएपछि एकताबारे अन्तिम निर्णय गर्न भन्दै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको हो । पार्टी अध्यक्ष मोहन वैद्यले माओवादी शक्तिहरुबीच एकता आजको आवश्यकता भए पनि सिद्धान्तप्रतिको निष्ठा र क्रान्तिकारी कार्यदिशामा मात्रै एकता हुने भन्दै अडान राखेपछि वैद्यको प्रस्ताव विपरित सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले छुट्टै प्रस्ताव दर्ता गरेका छन् । बादलले पुरानो कार्यदिशासमेत काम नलाग्ने भन्दै वैद्यको प्रस्तावविरुद्ध पुरक प्रस्ताव दर्ता गरेपछि वैठकमा पक्ष विपक्षमा चर्काचर्की भइरहेको एक केन्द्रीय सदस्यले बताए । ‘एकताकै मुल एजेण्डामा बहस भइरहेको छ’, एक केन्द्रीय सदस्यले भने, ‘सिद्धान्तनिष्ठ एकता गर्ने कि हुबहु एकता गर्ने भन्नेमा छलफल चलिरहेको छ ।’ बादल, देव गुरुङ् लगायतका नेताहरु नै हु–बहु एकता गर्ने पक्षमा उभिएपछि वैठकमा हिजोको विभाजन औचित्यसमेत सोध्न थालिएको नेताहरुले बताएका छन् । बैठकमा ‘प्रतिक्रियावाद तथा संशोधनवादद्वारा तेर्साइएका चुनौतीहरुको सामना गरौं, पार्टीलाई एकतावद्ध तुल्याउँदै नयाँ जनवादी क्रान्तिको तयारीमा लागौं’ शीर्षकमा वैद्यले राजनीतिक प्रतिवेदश पेश गरेका छन् भने बादलले ‘पार्टी एकता र विजयका नयाँ सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक आधारहरु’ शीर्षकमा फरक प्रस्ताव पेश गरेका छन् । बादलले पुरानो दस्तावेज नै काम नलाग्ने भन्दै नयाँ संश्लेषण गरी अघि बढ्नुपर्ने प्रस्ताव राखेपछि वैद्यले असोजमा राष्ट्रिय सम्मेलनमा राजनीतिक कार्यदिशाको विवाद टुंगो लगाउनुपर्ने बताएका छन् । वैद्यले आफ्नो राजनीतिक प्रस्तावमा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक भएको भन्दै एकताको सैद्धान्तिक आधारहरु पनि पेश गरेका छन् । शुक्रबारदेखि शुरु भएको १ सय ९९ सदस्य केन्द्रीय समिति बैठकमा सोमबारसम्ममा तीन दर्जन बढीले धारणा राखेका छन् । धारणा राख्ने केन्द्रीय सदस्यहरु पनि एकता गर्ने र नगर्ने विषयमा विभाजित देखिएका छन् । यस्तो वैद्यले पेश गरेको पार्टी एकताका सैद्धान्तिक आधार सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसहित माओवादी शक्तिहरुकाबीच एकता आजको ऐतिहासिक आवश्यकता हो । जनता, शुभचिन्तक र पार्टीपंक्तिहरुको चाहना क्रान्तिकारी कम्युनिष्टहरुबीचको एकतामा नै छ । हामीले यस दिशामा निरन्तर पहल गर्दै आएका छौं र त्यसप्रकारको पहललाई अझै प्रभावकारी बनाउन आवश्यक छ । परन्तु हामीले त्यो एकता सिद्धान्तप्रतिको निष्ठा र क्रान्तिकारी कार्यदिशामा नै खोज्नुपर्छ । आज विश्वक्रान्तिका लागि भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद, नवउदारवाद, नवउपनिवेशवाद र दक्षिणपन्थी संशोधनवाद नै मुल खतरा रहेका छन् । मुख्यतः भारतीय विस्तारवादी हस्तक्षेप तथा उत्पीडन तीब्र रुपमा बढ्दै गएको छ । नेपालका कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई विघटन गरी ध्वस्त पार्न र क्रान्तिकारी कम्युनिष्टहरुलाई संसदवादको आहालमा डुबाउनका लागि देशी विदेशी वर्गदुश्मन र सामान्यतः मध्य तथा बामपन्थी तथा मुख्यतः दक्षिणपन्थी संशोधनवादीहरुद्वारा चौतर्फी रुपमा भयानक षड्यन्त्रहरु भएका छन् । हामीले पार्टी एकताको कुुरा गर्दा यी सबै पक्षहरुमाथि विशेष गम्भीरताका साथ सोंच्न र मनन् गर्न आवश्यक छ । हामीले पार्टी एकताका सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक आधारका रुपमा , मालेमा, नयाँ जनवाद, संसदवादको विरोध, बल प्रयोगको सिद्धान्त, जनवादी केन्द्रीयता, विगतमा भएका गल्ती कमीकमजोरी तथा समीक्षा लगायतका विषयलाई प्रस्तुत गर्दै आएका छौं । यी विषयबारे केही छलफल, बहस तथा विचार आदानप्रदान पनि हुँदै आएका छन् र कतिपय विषयमा केही सकारात्मक पक्ष पनि देखिएका छन् । परन्तु यी विषयबारे अझै खुलस्त, स्पष्ट तथा मुर्त भाषामा छलफल चलाउन र वैचारिक आदानप्रदान गरी सहि र समान निश्कर्षमा पुग्न जरुरी छ । पार्टी एकताका लागि पथप्रदर्शक सिद्धान्तप्रतिको बुझाइका साथै देशको सामाजिक आर्थिक अवस्था, क्रान्तिको स्वरुपप, वर्तमान राज्य सत्ताको स्वरुप तथा संविधानप्रतिको दृष्टिकोण, संसदीय ब्यवस्था तथा संसदवादलाई परिभाषित गर्ने एबम् बुझ्ने प्रश्न, क्रान्तिको राजनीतिक कार्यदिशा निर्धारण, रणनीति कार्यनीति लगायतका विषयमा आधारभूत रुपमा समान समझदारी निर्माण गर्न आनिवार्य रुपमा आवश्यक हुन्छ । यद्यपि कतिपय विषयमा गम्भीर अध्ययन र अनुसन्धानको आवश्यकता पनि छ । परन्तु यसो गर्दा क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा सामान्यतः स्वीकार्य रहिआएका मालेमाका आधारभूत सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक विषयमा हुनुपर्ने समान समझदारी र एकरुपताको आवश्यकतालाई उपेक्षा गर्न सकिदैन र हुँदैन पनि । \"baiddhya_about
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies