Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

म्यानमारको सेनाले नयाँ सरकारलाई सघाउने

\"myanmarम्यानमार । म्यानमारका सैनिक प्रमुख जर्नेल मिन आङ हलिङले म्यानमारको नयाँ सरकारलाई आवश्यक सरसहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेना प्रमुखले म्यानमारमा यतिखेर सेनाबाट नागरिक सरकारमा शक्ति हस्तान्तरणका लागि सकारात्मक प्रयासहरु भएका भन्दै नयाँ सरकारलाई सेनाले सहयोग गर्ने बताए । म्यानमारको ७१ औँ सशस्त्र दिवसका अवसरमा राजधानी नेपित्वमा आइतबार आयोजित एक सैनिक परेड समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । म्यानमारमा प्रजातन्त्रको कार्यान्वयनका लागि मुख्य दुईवटा ब्यवधान रहेका उल्लेख गरे । उनले नागरिक अनुशासनमा कमी हुनु र नियम कानुनको कार्यान्वयनको कमी तथा सशस्त्र समूहहरुको उपस्थिति नै यसका प्रमुख ब्यवधान भएको बताए । सैनिकले जनताको सुरक्षा, देशको रक्षा र सरकारलाई सहयोग गर्ने भन्दै विकासका कामहरुको कार्यान्वयनका लागि पनि सैनिकको मुख्य दायित्व रहेको उनले बताए । म्यानमार दशकौँपछि पहिलो पटक नागरिक सरकार निर्माण भएको छ । गएको वर्ष नोभेम्बर ८ मा भएको आमनिर्वाचनबाट त्यहाँको मुख्य प्रजातान्त्रिक दल नेशनल लिग फर डेमोक्र्यासीले बहुमत हासिल गरेको थियो ।  सोही दलले नै म्यानमारमा नयाँ राष्टपति र नयाँ सरकार निर्माण गर्ने अवसर पाएको हो । म्यानमारको राष्टपतिमा गत हप्तामात्र उ टिन क्योब निर्वाचित भएका छन् । नेशनल लिग फर डेमोक्र्यासीकी नेत्री आङ सान सुकीको दल हो । आगामी बुधबार राष्टपति र नयाँ मन्त्रीहरुको सपथ लिनेछन् । म्यानमारको संसदमा कम्तीमा पनि एक चौथाई सांसद सेनाको तर्फबाट प्रतिनिधित्व गर्ने गर्छन् । सैन्य प्रमुखले म्यानमारमा शान्ति तथा प्रजातन्त्रको स्थापनामा सैनिकको पनि महत्वपूर्ण योगदान रहेकोे बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending