Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

बंगलादेशमा ग्यास उद्योगमा आगलागी हुँदा ५ जनाको मृत्यु

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।  अग्नि नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदमतली क्षेत्रमा आगलागी भएको हो ।

दिउँसोदेखि सुरु भएको आगो निभाउन सात वटा अग्निनियन्त्रक टोली परिचालन गरिएको दमकल विभागले जनाएको छ । यसलाई नियन्त्रणमा ल्याउन घण्टौँ लागेको थियो । अग्निनियन्त्रकहरूले साँझसम्म पाँच शवहरू फेला पारेको बताएका छन् । समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा शक्ति संघर्ष चर्कियो : गगन थापामाथि देउवा पक्ष आक्रामक

कैलाली ।  सुदूरपश्चिममा कांग्रेसभित्रको शक्ति संघर्ष खुला विद्रोहमा बदलिन थालेको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाविरुद्ध देउवा पक्ष खुलेरै मैदा...

पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङको सहयोग नलिने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ । आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयो...

एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउन...

सुधनविरुद्ध ‘विदेशी खेल’ ? चिनियाँ नम्बरबाट डिल, जनआस्थाकाे कार्यालयमै पैसा र रक्सी !

काठमाडौं । काठमाडौंमा सत्ता, पैसा, विदेशी कनेक्सन र ‘सेटिङ’को दुर्गन्ध झन् गहिरिँदै गएको बेला एउटा सनसनीपूर्ण खुलासा बाहिरिएको छ। पूर्व गृहमन्त्री तथा...

एमालेमा एक्लिँदै ओली, आफैंले बनाएकाे जालोमा आफैं फसे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै बनाएको शक्ति संरचनाभित्रै घेराबन्दीमा परेका छन् । गुन्डुस्थित निवासमा तीन दिनसम्म चलेको सचिव...

नरेफाँटमा दिउँसै छुरा प्रहार, मामाले नै भान्जामाथि गरे हमला

काठमाडौं । नरेफाँट मा दिउँसै एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार...

सुनकोशी नदीमा डुबेर सिन्धुलीका दुई बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहाद...

माइतीघरमा जातीय विभेदविरुद्ध प्रदर्शन, ‘नवराज विकलाई न्याय देऊ’ भन्दै नाराबाजी

काठमाडौं । माइतीघर मण्डला मा आइतबार जातीय विभेद, हिंसा र उत्पीडनविरुद्ध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, अधिकारकर्मी, बौद्ध...

हुम्ला–बाजुरा सीमा घटनाबारे गृहले बनायाे छानबिन टोली, सुरक्षा व्यवस्था कडा

हुम्ला ।  हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानब...

पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरुकाे अनौठो प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending