Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

इन्धन खपत कम गर्न भुटान सरकारको निर्देशन—हिँडेरै अफिस जानू, अनावश्यक यात्रा नगर्नू

खबरडबली संवाददाता

काठमाडौं । भुटान  सरकारले बढ्दो इन्धन अभावसँग जुध्न इन्धन खपत घटाउने उद्देश्यले नयाँ निर्देशन जारी गरेको छ। शाही सरकारले सार्वजनिक क्षेत्रका कर्मचारीलाई सकेसम्म पैदल कार्यालय जान, घरबाट वा कार्यालय बाहिर बसेर काम गर्न आग्रह गरेको छ।

इन्धनको बढ्दो लागत र त्यसले राष्ट्रिय कोष तथा अर्थतन्त्रमा पारेको प्रभावलाई ध्यानमा राख्दै सरकारले सबै मन्त्रालय, संवैधानिक निकाय, न्यायपालिका, स्थानीय तह, स्वायत्त निकाय, सरकारी स्वामित्वका उद्यम तथा वित्तीय संस्थाहरूलाई इन्धन प्रयोग न्यून गर्न निर्देशन दिएको जनाएको छ।

सरकारले  रोयल सिभिल सर्भिस कमिसन (आरसीएससी) लाई पैदल आवागमन र दूरस्थ कार्यको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक मापदण्ड तथा दिशानिर्देश तयार पार्ने जिम्मेवारी दिएको छ। प्रधानमन्त्री छिरिङ तोब्गेले जारी गरेको सूचनामा सार्वजनिक क्षेत्रका निकायहरूले तत्काल कार्यान्वयनमा जानुपर्ने उल्लेख गरिएको छ।

निर्देशनमा भुटानको शाही मौद्रिक प्राधिकरण  लगायतका वित्तीय संस्थाहरूलाई पनि समेटिएको छ। साथै, अनावश्यक यात्रा नगर्न र भौतिक बैठकभन्दा भर्चुअल बैठकलाई प्राथमिकता दिन आग्रह गरिएको छ।

सरकारले निजी क्षेत्रलाई समेत इन्धन प्रयोग सन्तुलित बनाउन र राष्ट्रिय प्रयासमा सहयोग गर्न समान उपायहरू अवलम्बन गर्न प्रोत्साहित गरेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending