Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

भूकम्प प्रभावित जिल्लामा चीनले निशुल्क सौर्य उर्जा वितरण गर्ने

\"Solar-400\"काठमाडौं । भूकम्प प्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई खुसीको खबर । छिमेकी चीन सरकारले नेपाललाई उपलब्ध गराउने ३२ हजार थान सौर्य बत्ती भूकम्पबाट अति प्रभावित ती जिल्लामा निःशुल्क वितरण हुनेछ । प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा सौर्य प्रणाली उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । गत वैशाखमा गएको भूकम्पका कारण घरबार भत्किएका १४ जिल्लाका भूकम्पपीडितलाई उक्त सौर्य बत्ती निःशुल्क रुपमा प्रदान गरिनेछ । भूकम्प गएलगत्तै आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रमा मानवीय सहयोग गर्ने लक्ष्यका साथ सौर्य प्रणाली उपलब्ध गराउने र उज्यालो वितरण गर्ने वचन दिएअनुसार नै ३२ हजार थान घरायसी सौर्य प्रणाली उपलब्ध गराउन लागिएको हो । भूकम्पका कारण घरबारविहीन भएका जनतालाई उपलब्ध गराउने लक्ष्यका साथ चिनियाँ पक्षले राखेको चासो र सहयोगलाई व्यवस्थापन र अनुगमन गर्ने काम गर्ने जनसङ्ख्या तथा वातावरण मन्त्रालय र उक्त मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्नेछ । यस्तै चीनले ३२५ थान ठूलो खालको सौर्य प्रणाली पनि उपलब्ध गराउने भएको छ । कुल ३२ हजार थान सौर्य प्रणाली भने कुल १० वाटको हुनेछ । त्यसमा सँगै तीन थान बल्ब पनि प्राप्त हुनेछ । कुल ९६ हजार बल्ब सहयोगमा नै प्राप्त हुनेछ भने ३२५ थान ठूलो सौर्य प्रणाली भने एक हजार २०० वाटको हुनेछ । विद्यालय, सामुदायिक संस्था, अस्पतालमा ठूलो प्रणाली जडान गरिनेछ । ठूला प्रणाली विद्यालय, अस्पताललाई कसरी वितरण गर्ने भन्ने विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक निर्णय हुन बाँकी रहेको छ । जनसङ्ख्या र वातावरण मन्त्रालयका जलवायु परिवर्तन शाखा प्रमुख रामहरि पन्तले ‘इकोसिस्टम बेस्ड एडप्टेस्न’अन्तर्गत ग्लोबल इन्भारमेन्ट फन्डले गरिरहेको कामलाई सार्थक बनाउने लक्ष्यका साथ चीन सकरारको तर्फबाट ती प्रणाली प्राप्त हुन लागेका हुन् । सो परियोजनाको चीन सहलगानीकर्ता हो । यसअघि उक्त परियोजनाले नेपालको लमजुङमा सौर्य प्रणाली जडान गर्ने कार्य गर्दै आएको थियो । सौर्य प्रणाली जडान गर्न आवश्यक जनशक्तिलाई तालिम दिने तथा प्रविधि हस्तान्तरणमा समेत चीन सरकारले नै सहयोग गर्ने छ । त्यसमा चिनियाँ पक्षले उपलब्ध गराउने तालिम र प्राविधिक सहयोगका लागि आवश्यक व्यवस्थापन र अनुगमन गर्ने काम भने जनसङ्ख्या तथा वातावरण मन्त्रालयले गर्नेछ । कुन स्थानमा कसरी जडान गर्ने भन्ने विषयमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नै गर्ने पन्तले जानकारी दिनुभयो । चिनियाँ पक्षले रु ३० करोड बराबरको सहयोग गरेको उहाँको भनाइ छ । चीनले उपलब्ध गराएको सौर्य प्रणालीको गुणस्तरमा कुनै समस्या नहुने र त्यसको आवश्यक जाँच पड्तालसमेत गरिनेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य ऊर्जा शाखाका प्रमुख महेश घिमिरेले आफूहरुले गरेकै प्रस्तावअनुसार चिनियाँ पक्षले सौर्य प्रणाली उपलब्ध गराएको जानकारी दिए । विशेष गरी भूकम्प प्रभावित क्षेत्रलाई नै केन्द्रमा राखेर ती प्रणाली वितरण गरिने जानकारी दिँदै उनले भूकम्पबाट घरबारविहीन भएकालाई सौर्य प्रणालीले केही न केही रुपमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । वैकल्पिक ऊर्जा प्रवद्र्धन र नवीकरणीय ऊर्जाको विकासमा चिनियाँ सहयोगले उल्लेख्य काम गर्ने भन्दै उनले ३२ हजार घरपरिवार उक्त प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुने बताए । नेपालमा सौर्य प्रणालीको क्षेत्रमा काम गर्ने चासो राख्दै आएको चिनियाँ पक्षले नेपाललाई उपलब्ध गराएको सहयोग हालसम्मकै बढी हो । चीन सरकारकै सहयोगमा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा समेत एक मेगावाट बराबरको सौर्य प्रणाली निटक भविष्यमा नै जडान गरिनेछ । चिनियाँ पक्षले सो सम्बन्धी एकसरो अध्ययन गरिसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending