Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

ल्यारक्याल गोलीकाण्डमा छुटे, ठगी मुद्दामा समातिए

\"larkel\"काठमाडौं । एकीकृत माओवादीका सांसद ल्यारक्याल लामा बैंक लकरको गोलीकाण्डबाट छुटेका छन् भने ठगी काण्डमा समातिएका छन् । अकुत सम्पति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनसुन्धान आयोगको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकको लकरमा गोली भेटिएपछि प्रहरी हिरासतमा थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा पहिलो पाँच दिन र थप तीन दिन हिरासतमा राखिएका ल्यारक्याल गोलीकाण्डमा धरौटी बुझाएर छुटेका हुन् । उनी प्रशासनले मागेको ६६ हजार ७५० धरौटी बुझाएर छुटेका थिए । तर उनी छुटे लगत्तै प्रहरीले पुनः ठगी अभियोगमा सोमवार नै पक्राउ गरेको छ । अख्तियारको छानबिनको क्रममा उनीसँगै अख्तियारले दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकर जाँच गर्ने क्रममा हतियारमा लाग्ने १४ थान थोली भेटिएको थियो । बैंक लकरमा गोली भेटिएपछि अख्तियारले तत्काल उनलाई प्रहरीको जिम्मा लगाएको थियो । आठ दिन प्रहरी हिरासतमा रहेका ल्यारक्याल सोमवार धरौटी बुझाएर निस्किएपछि प्रहरीले पुनः ठगी मुद्दा अभियोगमा पक्राउ गरेको हो । ल्यारक्याललाई प्रहरीले वैदेशिक रोजगार अन्तर्गतको ठगी भन्दै वैदेशिक रोजगार विभाग लगेको छ । वैदेशिक रोजगार विभागबाट पनि उनी सजिलै धरौटीमा छुट्ने बताइएको छ । गोली काण्डमा पक्राउ गरेपछि उनलाई ब्यवस्थापिका संसद सदस्यबाट बर्खास्त गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending