Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

एमाओवादीलाई सरकार : नखाउँ दिनभरीको शिकार, खाउँ भने कान्छाबाउको अनुहार

\"parisdada-400\"काठमाडौं । एकीकृत नेकपा माओवादीलाई ओली सरकार घाँडो भएको छ । पूरानो नेपाली उखान झै  ओली नेतृत्वको आफूसमेत सम्मिलित सरकार ‘नखाउँ दिनभरीको शिकार, खाउँ कान्छाबाउको अनुहार’ हुन पुगेको एमाओवादी वृतमा चर्चा छ । एमाओवादीको केन्द्रिय समितिको बैठकमा समेत एकातिर सरकारका बारेमा प्रश्न उठेको छ भने अर्कोतिर सरकारमा गएका एमाओवादीका मन्त्रीहरुका बारेमा प्रश्न उठेको छ । ओली सरकार आफ्नै समर्थनमा बनेको भएपनि पछिल्लो समय ओलीले एकलौटी निर्णय गर्न थालेपछि सरकारलाई समर्थन गर्ने प्रमुख दल एमाओवादीमा तीव्र असन्तोष देखिएको छ । न्यायाधीशका लागि न्यायपरिषद्बाट गरिएको आफ्नो सिफारिशलाई फिर्ता गरिएको र अदालतले उल्टो जनयुद्धकालीन मुद्दाहरु व्यूताउँन थालेपछि एमाओवादीलाई सरकार घाँडो हुन थालेको हो । सरकारका निर्णयका विरुद्ध आन्दोलनमा पनि जान नसक्ने र समर्थन पनि गर्न नसक्ने अवस्था अप्ठ्यारोमा एमाओवादी परेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको शनिबार माओवादी आन्दोलनबाट आएका सबै धारका नेताहरुलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । उनीहरु द्धन्दकालीन मुद्दालाई अदालतले व्युताएकोप्रति सबै माओवादी नेताको असन्तुष्टी थियो । तर प्रधानमन्त्री ओलीले रोक्ने स्पष्ट कुरा बताउनुको साटो कानुनप्रति सचेत रहन आग्रह गरेको बताईन्छ । प्रधानमन्त्री त्यस्तो संकेत आएपछि एमाओवादी झस्किएको छ । ओलीसँग सहकार्य : बाध्यतापूर्ण केही समय अघि एमाओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक कार्यक्रमहरुमा नेपाली कांग्रेस सहितको राष्ट्रिय सरकारको कुरा गरिरहेका थिए । तर कांग्रेस महाधिवेशनमा संघीयताविरोधी तथा धर्म निरपेक्षता विरोधीहरुको जित भएपछि उनले राष्ट्रिय सरकारको कुरा गर्न छोडेका छन् । भारतीय संस्थापनले धर्मनिरपेक्षता र संघीयताका विरुद्ध कांग्रेसलाई उचाल्ने देखेका प्रचण्डलाई ओली सरकारसँगको सहकार्य वाध्यकारी हुन पुगेको छ । यस्तो अवस्थामा प्रचण्ड यही सरकार २ वर्ष निरन्तरतामा जाने बताउन थालेका छन् ।   ओली एकलकाटे सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलकाटे स्वभावले पनि एमाओवादीलाई समस्यामा पारेको छ । सहकर्मी तथा सरकारका साझेदारसँगको ओली सहकार्य झर्को लाग्दो भएको एमाओवादीका एक मन्त्री बताउँछन् । खासै कसैको कुरा नसुन्ने एकल निर्णय गर्ने ओलीको प्रवृतिले माओवादीलाई समस्या बनाएको छ । ती मन्त्रीका अनुसार ओली बोलाएर छलफल र संवाद गर्न खोजेको जस्तो गर्छन् तर, निर्णय एक्लै लिने गर्छन् । द्धन्दकालीनन मुद्दा र न्यायाधीश सिफारिस प्रकरणमा एमालेका तर्फबाट कानुनमन्त्री समेत रहेका अग्नी खरेल सहभागी थिए तर उनैले माओवादीको सिफारिस वेवास्ता गरिदाँ समेत जानकारी दिनु आवश्यक ठानेनन् । कार्यकर्ता र नेता नै मन्त्रीका  विरोधी एमाओवादी कार्यकर्ता एउटै मात्रै पनि छैन कि जसले सरकारमा सहभागी मन्त्रीहरुको समर्थन गरोस् । कार्यकर्ता तथा नेता तहमा मन्त्रीहरुको कार्यशैलीलाईप्रति  तीव्र असन्तुष्टी छ । भूकम्पपछि राहत तथा पुनर्निर्माणमा भएको ढिलासुस्ती, भारतीय नाकाबन्दीपछि इन्धन लगायतका सामग्रीमा आएको अवरोधपछि पनि प्रभावकारी भूमिका खेल्न नसकेकोभन्दै सरकारसँगै एमाओवादीका मन्त्रीप्रति पनि तीव्र असन्तोष छ । यस्तो विरोध ठूला नेतादेखि तल्लो तहका कार्यकर्ता पंक्तिबाटसमेत बढ्न थालेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending