Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा लिपुलेकबारे कुरा नहुने

\"kp काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार उत्तरी छिमेरी मुलुक गणतन्त्र चीनको भ्रमणमा गएका छन् । ठीक एक महिनाअघि भारतको भ्रमण गरेका प्रधानमन्त्री ओलीको चीन भ्रमणले भने खासै महत्व पाएको छैन । भारतले नाकाबन्दी गरेकोबेला त्यसको विकल्प खोज्न छाडेर भारतसँग सम्बन्ध सुधार गर्न गएकाले उनको चीन भ्रमणले खासै महत्व पाउन सकेको छैन । यद्यपी उनको चीन भ्रमणमा केही महत्वपूर्ण उपलब्धीहरु हुने अपेक्षा गरिएका छन् । नेपालमा बैशाख १२ को शक्तिशाली भूकम्पले आक्रान्त परेकोबेला दुई छिमेकी राष्ट्र चीन र भारतले नेपालको भूमि लिपुलेकलाई ब्यापारिक केन्द्र बनाउने सहमति गरेका थिए । उक्त सहमतिको चौतर्फी विरोध हुँदै आएको छ । प्रधानमन्त्री ओलीले चीनसँग इन्धन लगायतका महत्वपूर्ण ब्यापारिक सम्झौता नगरे पनि लिपुलेकका बारेमा भने चीनको धारणा माग्ने अपेक्षा पनि गरिएको छ । तर प्रधानमन्त्री ओलीले भारतसँगको सुध्रिएको आफ्नो सम्बन्ध चीन भ्रमणबाट विगार्न चाहेका छैनन् । भारतसँगको आफ्नो सम्बन्ध कायम राख्न पनि उनले लिपुलेकबारे कुनै प्रश्न नउठाउने परराष्ट्रविदहरु बताउँछन् । प्रधानमन्त्री ओलीलाई आफ्नै विद्यार्थी संगठनहरुले पनि लिपुलेक सम्झौताबारे चीनको स्पष्ट धारणा माग गर्न आग्रह गरेका थिए । द्विपक्षीय हित र ब्यापार सम्झौता हुने आइतबारदेखि शुरु भएको प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चीनसँग केही महत्वपूर्ण सम्झौताहरु हुने भएका छन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणमा भएको प्रम ओलीको चीन भ्रमणका क्रममा लीसँग दुई देशबीचको पारस्परिक हित तथा नेपालको आर्थिक सहयोगकोबारेमा छलफल हुनुका साथै केही महत्वपूर्ण सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीकै उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । नेपाल–चीनबीच पारवहन, स्वतन्त्र ब्यापार, रोड कनेक्टीभिटीका विषयमा सम्झौता हुने बताइएको छ । आपूर्तिमन्त्री गणेशमान पुनले भने चीनसँग इन्धन सम्झौतसमेत हुने बताएका छन् । चीनसँग इन्धन आपूर्ति गर्ने विषयमा एमओयू भइसकेकाले र दुई देशका आयल निगमबीच कुरा भइसकेकाले इन्धन सम्झौता हुने मन्त्री पुन विश्वास ब्यक्त गर्छन । चिनियाँ प्रधानमन्त्री लीसँग सोमवार प्रधानमन्त्री ओलीको औपचारिक भेटवार्ता हुनेछ । सोही वार्तापछि प्रधानमन्त्रीकै उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ । ओलीको कार्यक्रम तालिका प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषदमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई पनि उनले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीकै उपस्थितिमा सांघाइ सहयोग सङ्गठन (एससीओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य ः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्नेछन् । सोही दिन अपराह्न उनले सान्याको नान्सान उद्यानस्थित नेपाल मण्डपको भ्रमण गर्नेछन् । सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा प्रधानमन्त्री ओलीले प्रान्तीय एवम् नगरपालिकाका नेताहरूलाई भेट्नुका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नेछन् । भ्रमणको सिलसिलामा सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् अयोजनाको पनि प्रधानमन्त्री ओलीले अवलोकन गर्ने कार्यक्रम छ । आगामी चैत १४ गते प्रधानमन्त्री ओलीको भ्रमण टोली छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ । को को छन् भ्रमण टोलीमा प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहेका छन् । यस्तै, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधिहरु पनि ओलीको भ्रमण टोलीमा रहेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending