Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

किन जान खोज्दैछन्, ह्यारी बर्दिया निकुञ्जमा ?

\"harry काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड अर्थात ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जकाे पनि भ्रमण गर्दैछन् । आफ्ना राजपरिवारले जस्तै ह्यारी पनि प्राकृतिक सम्पदाहरूसँग खेल्न मन पराउँछन् । वन्यजन्तुहरू पनि अाैधि मनपर्छ । त्यसैले उनले नेपाल भ्रमणकाे क्रममा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गर्न चाहेका छन् । बेलायती राजपरिवारका अन्य सदस्य जस्तै ह्यारी पनि शिकार खेल्न अाैधि मन पराउँछन् । बेलायती गोर्खाली सेनाबाटै सैनिक तालिम समेत लिएका ह्यारी लडाकु स्वभावका ब्यक्ति छन् । विभिन्न प्राकृतिक सम्पदाहरुको भ्रमण गर्न रुचाउने ह्यारी नेपाल भ्रमणमा आएको पहिलो पटक हो । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन् । त्यस्तै, युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपले पनि नेपाल भ्रमण गरिसकेका छन् । त्यतिबेला बेलायती राजपरिवारहरुको नेपाल भ्रमणका क्रममा पनि राष्ट्रिय निकुञ्जहरुको शयर गरेका थिए । जसरी नेपालका पूर्व राजपरिवारहरुको निकुञ्ज घुम्ने र वन्यजन्तुहरुको शिकार गर्ने शोख पाल्थे, त्यसैगरी बेलायती राजपरिवारको चाहना पनि उस्तै रहेको छ । शनिवार नेपाल आइपुगेका ह्यारी नेपाल आए लगत्तै उनले नेपालमा भएको वन्यजन्तु संरक्षणको प्रशंसा गरेका छन् । आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले नेपालको प्राकृतिक सम्पदाहरुको निकै प्रशंसा गरे । नेपालको मनोरम हिमशृङ्खलासहितका प्राकृतिक सम्पदा, पर्यावरण र वन्यजन्तु संरक्षणजस्ता विषयमा राष्ट्रपति भण्डारीसँग चासो राखेका थिए । नेपालको प्राकृतिक सम्पदाहरु देखेर खुशी हुनु र यसको प्रशंसा गर्नुले नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ नै । उनले जसरी वन्यजन्तु संरक्षण र प्राकृतिक छटाहरुको प्रशंसा गरेका छन्, त्यसैगरी उनी तिनै प्राकृतिक सम्पदाहरुमा रमाउन चाहन्छन् । नेपाल भ्रमणमा आएका ह्यारी काठमाडौं उपत्यकाभित्रका पाटन तथा भक्तपुर दरबारस्क्वायरको अवलोकनपछि पोखरा जाँदैछन् भने पोखराबाट पदयात्रा गर्दै लमजुङ जाने तालिका छ । लमजुङ यात्रापछि ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको शयर गर्दैछन् । आफ्ना पूर्वजहरुले बताएजस्तै उनी बर्दिया निकुञ्जमा पनि शिकार खेल्न चाहन्छन् । तर बेलायती राजपरिवारको पूर्व नेपाल भ्रमणको क्रममा नेपालमा राजतन्त्र कायम थियो । बेलायती राजपरिवारसँग राम्रो सम्बन्ध रहेको नेपालका राजपरिवारले बेलायती राजपरिवारको चाहना पूरा गरिदिन्थे । तर अहिले नेपालमा राजतन्त्र छैन, गणतन्त्र स्थापित भइसकेको छ । त्यसैले निकुञ्ज शयर गर्ने रहर पूरा भए पनि शिकार खेल्ने चाहना भने अपूरै रहने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending