Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

एमाओवादीलाई सरकार : नखाउँ दिनभरीको शिकार, खाउँ कान्छाबाउको अनुहार

\"SHINGHA-DURBAR1\"काठमाडौं । एकिकृत नेकपा माओवादीलाई ओली सरकार घाँडो भएको छ । पूरानो नेपाली उखान झै ‘ नखाउँ दिनभरीको शिकार, खाउँ कान्छाबाउको अनुहार’ हुन पुगेको एमाओवादी वृतमा चर्चा छ । एमाओवादीको केन्द्रिय समितिको बैठकमा समेत एकातिर सरकारका बारेमा प्रश्न उठेको छ भने अर्कोतिर सरकामा गएका एमाओवादीका मन्त्रीहरुका बारेमा प्रश्न उठेको छ । ओली सरकार आफ्नै समर्थनमा बनेको भएपनि पछिल्ले समय ओलीले एकतर्फी निर्णय गर्न थालेपछि सरकारलाई समर्थन गर्ने प्रमुख दललाई अप्ठ्यारो पर्न थालेको हो । सरकारको न्यायपरिषदबाट न्यायधिशमा सिफाशि गरिएको आफ्नो सिफारिशलाई फिर्ता गरिएको र अदालतले उल्टो जनयुद्धकालिन मुद्धाहरु व्यूताउँन थालेपछि एमाओवादीलाई सरकार घाँडो हुन थालेको हो । सरकारका निर्णयका विरुद्ध आन्दोलनमा पनि जान नसक्ने र समर्थन पनि गर्न नसक्ने अवस्था एमाओवादीको छ । एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले गएको शनिबार माओवादी आन्दोलनबाट आएका सबै धाराका नेताहरुलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । उनीहरु द्धन्दकालिन मुद्धालाई अदालतले व्युताएकोप्रति सबै माओवादी नेताको असन्तुष्टी थियो । तर प्रधानमन्त्री ओलीले रोक्ने स्पष्ट कुरा बताउनुको साटो कानुनप्रति सचेत रहन आग्रह गरेको बताईन्छ । ओलीसँग सहकार्य : वाध्यतापूर्ण केही समय अघि एमाओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक कार्यक्रमहरुमा नेपाली कांग्रेस सहितको राष्ट्रिय सरकारको कुरा गरिरहेका थिए । तर कांग्रेस निर्बाचनमा संघियताविरोधी तथा धर्म निरपेक्षता विरोधीहरुको जित भएपछि उनले राष्ट्रिय सरकारको कुरा गर्न छोडेका छन् । भारतीय संस्थापनले धर्मनिरपेक्षता र संघियताका विरुद्ध कांग्रेसलाई उचाल्ने देखेका प्रचण्डलाई ओली सरकारसँगको सहकार्य वाध्यकारी हुन पुगेको छ । यस्तो अवस्थामा प्रचण्ड यहि सरकार २ वर्ष निरन्तरतामा जाने बताउन थालेका छन् । ओली एकलकाटे सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलकाटे स्वभावले पनि एमाओवादीलाई समस्यामा पारेको छ । सहकर्मी तथा सरकारका साझेदारसँगको ओली सहकार्य झर्को लाग्दो भएको एमाओवादीका एक मन्त्री बताउँछन् । खासै कसैको कुरा नसुन्ने एकल निर्णय गर्ने ओलीको प्रवृतिले माओवादीलाई समस्या बनाएको छ । द्धन्दकालिन मुद्धा र न्यायधिश सिफारिश प्रकरणमा एमालेका तर्फबाट कानुनमन्त्री समेत रहेका अग्नी खरेल सहभागी थिए तर उनैले माओवादीको सिफारिश बेवास्था गरिदाँ समेत जानकारी दिनु आवश्यक ठानेनन् । कार्यकर्ता र नेता नै मन्त्रीका विरोधी एमाओवादी कार्यकर्ता एउटै मात्रै पनि छैन कि जसले सरकारमा सहभागी मन्त्रीहरुको समर्थन गरोस् । कार्यकर्ता तथा नेता तहमा समेत मन्त्रीहरुप्रति कटाक्ष हुन थालेको छ । केही समय सरकारमा अझै रहने हो भने पार्टीको अवस्था अझै खस्कने निष्कर्षमा एमाओवादीका नेता तथा कार्यकर्ता छन् । जसले एमाओवादीले बनाउने भनेको एक नम्बरको पार्टी निर्माण अभियानमा समेत नराम्ररी धक्का लाग्ने छ । जारी एमाओवादी केन्द्रिय समितिको बैठकमा सरकारका बारेमा हुने छलफल र बहसले पनि एमाओवादीको यस्तो अवस्थालाई पार लगाउन सकेन भने एमाओवादीलाई ठुलो घाटा हुने एमाओवादीका एक केन्द्रिय सदस्यले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending