Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

नेपाल आउन पाउँदा म आफूलाई महान ठानिरहेको छु : राजकुमार ह्यारी

\"a]nfotsf उपप्रधानमन्त्रीजी, लब्धप्रतिस्ठित अतिथी, महिला तथा सज्जनबृन्द । नमस्कार । यहाँ उपस्थित हुन पाउँदा म आफूलाई सम्मानित महशुश गरिरहेको छु । बेलायत सरकारका तर्फबाट बेलायत(नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय बर्ष पुगेको अवसरमा नेपाल भ्रमण गर्छौ कि गर्दैनौ भनेर गतबर्ष मलाई सोधिएका बेला खुशीले म गद्गद् भएको थिएंँ । मेरो मुलुकका अन्य जनताजस्तै मैले पनि यो सुन्दर मुलुकका बारेमा किताब अध्ययन गरेर तथा टेलिभिजनमा हेरेर हुर्केको हुँ । तपाईंहरुको मुलुक नेपाल विश्वभरका मानिसको कल्पनामा सधैंभरी एक बिशेष स्थान लिएर बसेको हुनुपर्छ भन्ने मेरो विश्वास छ । मेरा मातापिता लगायत परिवारका अधिकांश सदस्यले नेपाल भ्रमण गरिसकेका छन् । उनीहरुले यहाँ आउँदा अन्यन्तै न्यानो स्वागत जनतबाट पाएका थिए । प्रख्यात पर्वतारोहीहरु तेन्जिङ् नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेको समाचारले त्यतिबेला नेपालको ध्यान विश्वभर तानिएको थियो । वास्तवमा त्यो दिन मेरी हजुरआमाले महारानीका रुपमा राज्यभिषेक गरेको बिहान थियो । म सम्झन्छु त्यस दिनका अखबारहरुका हेडलाइनहरु नेपालकै समाचारले भरिएका थिए । मेरा लागि यो भ्रमण निजी पनि हो । नेपालका सबैभन्दा बढी लोकप्रिय दूतहरुका रुपमा रहेका गोर्खा सैनिकहरुलाई सम्मान अर्पण गर्न नेपाल आउन पाउँदा म आफूलाई महान ठानिरहेको छु । विश्वले नै आदर गर्ने नेपालका बहादुर गोर्खाहरुको अचम्मको साहस र करुणा हेर्न आउन पाएकोमा खुशी छु । मैले अफगानिस्तान भ्रमणका क्रममा गोर्खाहरुसँगै नजिक रहेर केही समय काम गरें । अबका दिनमा म तिनै गोर्खाहरुलाई जन्माउने र हुर्काउने उनीहरुका समुदायसंँग भेट्न जाँदैछु । हजारौंको ज्यान लिएको विनाशकारी भूकम्प पछि नेपालले एक बर्ष पार गर्नै लाग्दा म यहां आइपुगेको छु । भूकम्पबाट नेपाल माथि उठ्न काम गर्दै गर्दा म यहां आएको छु । भूकम्पमा परी निधन भएकारुहरु प्रति म श्रद्दाञ्जली ब्यक्त गर्न चाहन्छु । भुकम्प पछिको जनताको धैर्यतालाई सम्मान गर्दै यहाँका जनताका लागि आशाको दियो बाल्न मेरा तर्फबाट गर्न सक्ने सहयोग म गर्नेछु । म विश्वभरका मानिसहरु जो नेपाललाई सहयोग गर्न चाहन्छन्, उनीहरुलाई यो भन्न चाहन्छु कि नेपाल ब्यापारका लागि खुला छ, सहज छ । कृपया नेपाल भ्रमण गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु । नेपालको अति मनोरम दृष्यका साथै यहाँको सस्कृतिमा म रम्न चाहन्छु । यहाँ घुम्दा नयाँ साथीहरु बनाउन सक्नेमा म आशावादी छु । नेपाल सरकारले मलाई नेपाल निमन्त्रणा गर्दै हामी दुई देशबीचको दुई सयौं बर्षको अवसरमा कार्यक्रम आयोजना गरेकोमा म सरकारप्रति अनुग्रहीत छु । नेपालको सुन्दरता हेर्न म लालायित छु । धन्यवाद । (साताब्यापी औपचारिक नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौ आएका बेलायती कान्छा राजकुमार ह्यारीले होटेल याक एन्ड यतिमा परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेको रात्रीभोजमा दिएको मन्तब्यको नेपाली भावानुवाद)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending