Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा निजी विमान लिनुको यस्तो रहस्य

\"KP-Sharma-Oli\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली नयाँ निजी विमान कम्पनी हिमालय एयरलाइन्सको विमान चार्टर गरी चीन भ्रमणमा निस्कने भएपछि विमान कम्पनिका मालिक र प्रधानमन्त्री ओलीविचको सम्बन्धलाई लिएर शंका गर्न थालिएको छ । दिल्ली भ्रमणका क्रममा नेपाली राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयर लाइन्सले आधा घण्टा ढिलाइ गरेको भन्दै कारवाही गर्न निर्देशन दिएका ओलीले यसपटकको चीन भ्रमणमा न त चीनको विशेष विमान स्विकार गरे न त राष्ट्रिय ध्वजावहाक विमान चढ्न आवश्यक नै ठाने । चीन भ्रमणको क्रममा सरकारी विमान अस्वीकार गर्दै प्रधानमन्त्री ओली आइतबार नेपाल वायु सेवा निगमको सट्टा उडानसमेत शुरु नगरेको निजी विमान कम्पनीको विमान चार्टर गरी जाने भएका हुन् । आफ्नो ब्यवसायिक उडान शुरु गर्ने तरखरमा रहेको हिमालय एयरलाइन्सले पहिलो पटक प्रधानमन्त्री ओलीको चार्टर गर्ने सौभाग्य पाउने भएको छ । हिमालय एयरलाइन्सले आगामी चैत ३० देखिमात्रै व्यवसायिक उडान शुरु गर्दैछ । हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि १५८ सिट क्षमताको एयरबस ए ३२० जहाज खरिद गरेको छ । यो जहाजले अहिलेसम्म अन्तर्राष्ट्रिय उडान गरेको छैन । यो विमानले पहिलो पटक प्रधानमन्त्रीलाई चार्टर गरी अघोषित ब्राण्ड एम्बेस्डर बनाउने भएको छ । प्रधानमन्त्री ओलीले सरकारी विमानको वेवास्ता गरी निजी विमानलाई चार्टर गरी लैजाने निर्णयप्रति निगमका कर्मचारीले असन्तुष्टी छन् । चीन भ्रमण हिमालय एयरलाइन्सको विशेष विमानबाट हुने भएकाले भीभीआईपीको उडानका लागि हुनुपर्ने आवश्यक सवै व्यवस्था मिलाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिइसकेको छ । प्रधानमन्त्री ओली ५६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार विहान ११ बजे हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ जाने कार्यक्रम छ । उनी चैत्र १४ मा छेन्दुबाट काठमाडौं फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्रोतका अनुसार निगमसँगको असन्तुष्टी जनाएर प्रधानमन्त्री ओलीले आफ्ना नजिकमा मित्र तथा निजी विमान कम्पनी सञ्चालक आङछिरिङ शेर्पाको नयाँ विमानको प्रवद्र्धन गर्न चाहेका हुन् । यति एयर लाइन्स र तारा एयरका मालिक आङछिरिङ शेर्पा हुन् । उनै शेर्पा र अर्का नेपाली व्यावसायी पृथ्वी बहादुर पाण्डेको ५१ प्रतिशत शेयर रहेको हिमालय एयरलाइन्स हो । निजी विमान कम्पनीका मालिक शेर्पा र प्रधानमन्त्रीबीचको घनिष्ठताकै कारण निगमको विमानलाई रुष्ट भएजस्तो देखाएर उनी निजी विमानको प्रवद्र्धनमा लागेको एमालेकै नेता कार्यकर्ताले आलोचना गरेका छन् । शेर्पा र ओलीविच लामो समयदेखि राम्रो सम्बन्ध कायम रहेको छ भने शेर्पाले नेपालमा तारा र यति लाईन्स संचालन गर्दा कैंयन उड्ययन नियम मिच्ने गरेका छन् । यसअघि शेर्पाकै दवावमा नेपाली आकाशमा सिङ्गल इन्जीनको जहाजले उडान संचालन अनुमति पाएको थियो । पछिल्लो समय एमालेले सरकारमा सहभागीता जनाएयता शेर्पाले भनेकै नेता पर्यटन तथा उड्ययन मन्त्री बन्ने गरेको समेत एमाले वृतमा चर्चा छ । एक एमाले नेताले भन्छन्–राष्ट्रवादको पगरी गुथ्न हतारिएका ओलीले किन ध्वजावहाक विमानलाई वेवास्ता गरेका ? अघिल्लो कोईराला सरकारमा शेर्पाकै असन्तुष्टीका कारण पर्यटनमन्त्री भीम आचार्यलाई हटाएर दीपक अमात्यलाइ पर्यटनमन्त्री बनाइएको थियो । नेपाली आकाशमा एकछत्र राज गदै आईरहेको यति एयर लाइन्सले चाहेजस्तै एमाले सरकारमा सहभागी भएको अवस्थामा पर्यटन मन्त्री र मन्त्रालय एमालेसँगै राख्ने गरिएको समेत एमाले कार्यकर्ताको आरोप छ । अझ एमाले कार्यकर्ता झन ठुलो आरोप छ–ओली शेर्पाका व्यावसायिक साझेदार हुनसक्छन् । शेर्पा समेत ओलीको चीन भ्रमण दलको सदस्यमा व्यावसायिका तर्फबाट परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending