Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चीन जानुअघि प्रधानमन्त्री ओलीलाई क्रान्तिकारीको सन्देश– लिपुलेक हाम्रै हो

\"lipulek-akhil   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले लिपुलेकको स्मरण गराएका छन् । गत जेठ १ गते भारत र चीनबीच दार्चुला जिल्लाको लिपुलेक भञ्ज्याङलाई ब्यापारिक दुई देशबीचको ब्यापारिक विन्दु बनाउने सम्झौता भएको थियो । वैशाख १२ मा नेपालमा विनाशकारी भूकम्प गई पीडामा परेको बेला दुई छिमेकी राष्ट्र चीन र भारतले नेपाललाई कुनै जानकारीसमेत नदिएर सामरिक महत्वको नेपाली भूमिलाई दुई देशको ब्यापारिक केन्द्र बनाउने सहमतिको विरोध भए पनि दुई देशले उक्त सम्झौतालाई अझै सच्चाएका छैनन् । भारत र चीनबीच भएको उक्त सम्झौता खारेजीका लागि दबाब सिर्जना भन्दै वैद्य माओवादीका विद्यार्थी संगठनले गएको साउन २६ गते दार्चुला पुगेका थिए । क्रान्तिकारी अध्यक्ष रत्न ढकालको नेतृत्वमा गएको विद्यार्थी टोलीले भदौ १ गते लिपुलेक भञ्ज्याङको नेपाल–चीन सीमाको पिलर नम्बर १ मा नेपालको राष्ट्रिय झण्डा फहराएको थियो । कठिन यात्रा गर्दै लिपुलेक भञ्ज्याङ पुगेर चीन र भारतलाई समेत लिपुलेक नेपाली भूमि भएको सन्देश प्रवाह गरेका उनीहरुले आफ्नो लिपुलेक यात्राको वृत्तचित्र शनिवार सार्वजनिक गरेको हुन् । प्रधानमन्त्री चीन भ्रमणमा जानु एकदिनअघि मात्रै ‘लिपुलेक हाम्रो हो’ भन्ने सन्देश दिनकै लागि डकुमेन्ट्री सार्वजनिक गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले बताए । सामरिक महत्वको भूमि लिपुलेक भञ्ज्याङ लिपुलेक भञ्ज्याङ नेपालको पश्चिमी सिमाना दार्चुला जिल्लाको लिम्पियाधुरा भन्दा ५३.१२ कि.मि. पूर्वमा रहेको छ । नदीको वहाव, नेपाली जनताको पुराना हकभोगको निस्सा र ऐतिहासिक दस्ताबेजहरुको आधारमा हालको पश्चिमी सिमाना काली नदीको शीर रहेको लिम्पियाधुरा नै नेपाल–भारत र चीनको त्रिदेशीय सीमा बिन्दु हो । लिपुलेक भञ्ज्याङदेखि पश्चिम र लिम्पियाधुरादेखि पूर्व लाखौँ रोपनी व्यास कालापानी क्षेत्रलाई ५३ वर्ष अघिदेखि भारतले नेपाली भू–भाग अतिक्रमण गरी भारतीय सेना व्यारेक बनाएर बसेका छन् । नेपाल र चीनबीच सन १९६१ र सन् १९७९ मा सीमा सम्झौता नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु लिपुलेक भञ्ज्याङ कायम गरिएको थियो । तर नेपाल र चीनले त्रिदेशीय बिन्दु कायम गरेको लिपुलेक भञ्ज्याङलाई भारतले भने हाल सम्म मान्यता दिएको छैन । चीन आफैले त्रिदेशीय विन्दु कायम राखेको लिपुलेकमा नेपाललाई जानकारीसमेत नदिएर ब्यापारिक सम्झौता गर्नुलाई दुई देशको हेपाहा प्रवृत्ति भन्दै आलोचना हुँदै आएको छ । लिपुलेक भञ्ज्याङको बाटो नेपालीहरु तिब्बत प्रवेश गर्ने नाका परम्परागत रुपमा रहँदै आए पनि भारतले उक्त क्षेत्रमा आफ्नो सैन्य गतिबिधि बढाएपछि नेपालीको लागि लिपुलेक भञ्ज्याङ पूर्णतः बर्जित भएको छ । भारतले तिब्बतको ब्यापारीक मण्डी–ताक्लाकोट तथा आर्थिक र पर्यटकीय दृष्टिकोणबाट अति महत्वपूर्ण र पवित्रस्थल कैलाश मानसरोवरसम्मको आफ्नो स्वतन्त्र व्यापार र पर्यटकीय मार्ग पनि प्रयोग गर्दै आएको छ । क्रान्तिकारी विद्यार्थीको लिपुलेक यात्राको डकुमेन्ट्री हेर्न क्रान्तिकारी माओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’, सीपी गजुरेल, देव गुरुङ, पम्फा भुसाल तथा एकीकृत माओवादीका युवा नेता तथा पूर्व विद्यार्थी अध्यक्ष हिमाल शर्मा, अखिल छैठौंका अध्यक्ष अनिलकिशोर घिमिरे विप्लव क्रान्तिकारी विद्यार्थी अध्यक्ष पूर्णबहादुर सिंह लगायत पुगेका थिए । लिपुलेकको साहसीक यात्रा पूरा गरी फर्किएका क्रान्तिकारीको यो प्रयास राष्ट्रियताका सवालमा महत्वपूर्ण दस्तावजे हुने उक्त डकुमेन्ट्री हेरेपछि क्रान्तिकारी माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले प्रतिक्रिया दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending