Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेस शेरबहादुरको की ! खुमबहादुरको !

\"Deuba-Khakda\"काठमाडौं । कांग्रेसमा खुमबहादुर खडग्का केन्द्रीय सदस्यमा दोस्रो बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनको चर्चा चुलिएको छ । सभापतिमा शेरबहादुर देउवाले कोइरालाहरुको २००३ सालदेखिको राजनीतिक विरासतलाई तोडे तर, सतहमा चर्चा खुमबहादुरको भइरहेको छ । मानौं कांग्रेसमा अहिले शेरबहादुर होइन खुमबहादुर सभापतिको कुर्सीमा बसेका छन् । कांग्रेसमा अब खुमबहादुर आए उनकै हालीमुहाली चल्छ भन्नेहरु पनि प्रशस्तै छन् । खुमबहादुरका ६ जना केन्द्रीय सदस्य जिते उनीहरुले क्याम्प परिवर्तन गरी देउवालाई अप्ठ्यारोबाट पार्न सक्ने हल्ला र चर्चा पनि उत्तिकै चल्न थाले । तर, के खुमबहादुर चर्चा  गरिएजत्तिनै शक्तिशाली र प्रभावशाली छन् त ? कांग्रेसका एक केन्द्रीय सदस्य खुमबहादुरमा शक्ति र सामथ्र्यभन्दा एउटा डर, त्रासमात्र फैलाइएको बताउछन् । ‘दुई तीन केन्द्रीय सदस्य खुमबहादुरको पक्षमा होलान् तर, सिंगो देउवालाई चुनौति दिने सामथ्र्य उनीसँग छैन ।’ ती नेताले भने । आफू निकटका केन्द्रीय सदस्यमार्फत बार्गेनिङ गरिएको दाबी गरिए खड्काको आफ्नै कमजोर स्वाथ्यको कारण एक्टिम भूमिका खेल्न नसक्ने अवस्थामा पुगेको उनी दाबी गर्छन् । ‘खुमबहादुरजी किड्नी फेरेर भर्खरै स्वस्थ हुनुभभएको छ, उहाँले ठूला पदमा तीव्र दाबी गर्नुभएको भन्ने होइन’ ती नेता भन्छन्, ‘देउवाजीलाई जिताउन भूमिका खेलेको हो तर, देउवालाई अप्ठ्यारो पार्नेगरी गतिविधि गर्नुहुन्न । हाम्रो भित्री रणनीति पनि यही हो ।’ सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा खुमबहादुरले रामचन्द्र पौडेललाई समर्थन गरेको हल्लापछि खड्का स्वयंम आई देउवाको पक्षमा भोट मागेका थिए । उपसभापति नभई मनोनित महामन्त्रीमा खड्काले चित्त बुझाउने बुझिएको छ । तर, उनले आफू निकटका नेताहरु शंकर भण्डारी, पुष्पा भुसाल, अजयकुमार चौरसियासहितकालाई भने पार्टीमा विभागीय जिम्मेवारी दिदा महत्वपूर्ण भूमिकाका लागि लबिङ गरिरहेका छन् । यस अघि पनि आफू निकटकी पुष्पा भुसाललाई कोषाध्यक्षको उम्मेदवार बनाउन खड्काले अन्तिमसम्म कसरत गरेका थिए । अघिल्लो संस्थापनले आफूलाई फसाउँदै भ्रष्टाचारी सावित गरेको आरोप खड्काले लगाउँदै आएका छन् । तर, उनले पटकपटक गृहसहितको मन्त्रालयको जिम्मेवारी सम्हाल्दा करोडौ भ्रष्टाचार गरेको प्रमााणित भएको थियो । प्रमाणित भएपछि उनी झण्डै दुई वर्ष जेल बसी छुटेका थिए । केन्द्रीय समितिको पहिलो बैठकमा हिन्दु राष्ट्रको पक्षमा प्रस्ताव ल्याउने चर्चा गरिए पनि खड्काले ल्याएनन् । ‘यो सब उनलाई हलुका बनाउन गरिएको प्रचार हो’ एक केन्द्ीय सदस्य भन्छन्, ‘खड्काले आफ्नो राजनीति पनि हेरेका छन् । अहिले हचुवाको भरमा हिन्दु राष्ट्रको माग गरेर आलोचित हुने सोच उनको छैन ।’ बाहिर माहोल बने भित्र पनि वातावरण बने पार्टीमा यस्तो प्रस्ताव लाने तयारी खड्काको छ । महामन्त्री शशांक कोइरालाले गणतन्त्र, धर्मनिरपेक्षतामा जस्ता विषयमा पुनर्विचार गर्नुपर्ने बताएपछि खड्का केही हौसिएका थिए । तर, कोइरालाको सो भनाईको पार्टी भित्रै र बाहिर तीव्र आलोचना भइरहेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा पनि उनको सो प्रतिक्रियाबारे विमलेन्द्र निधिले सालीन ढंगमा कडा प्रतिवाद गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending