Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

द्वन्द्वकालीन मुद्धामा किन प्रचण्डसँगै सहमत भए बाबुराम

\"prachanda-baburam-merge_20110108093231\"काठमाडाैं । द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दामा अदालतबाट धमाधम निर्णय भइ आफ्ना नेताहरु पक्राउ पर्ने अवस्था आएपछि एकीकृत नेकपा माओवादीसहितका सबै माओवादी पार्टी एक ठाउँमा उभिएका छन्। त्यसमा माओबादी त्यागेर नयाँ शक्ति अभियानमा लागेका बाबुराम भट्टराईले पनि साथ दिएका छन् ।

एमाओवादी, विभिन्न नाममा रहेका माओवादी र नयाँ शक्तिका नेताहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगले मात्र हेर्ने व्यवस्था गर्न माग गरेका छन्।

माओवादी नेताहरुले द्वन्द्वकालीन घटनामा अदालतले हात हाल्नु शान्ति सम्झौताको भावना विपरित भएको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोगले मात्र पहिलेका मुद्दा हेर्न पाउने गरी आयोग सम्बन्धी ऐन संशोधन गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, मातृका यादव, मणि थापा लगायतका नेताहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेकामा नयाँ शक्तिका तर्फबाट डाक्टर बाबुराम भट्टराईकी पत्नी हिसिला यमी गएकी थिइन ।

एमाओवादी अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दालाई नियमित मुद्दाजस्तो मानेर अदालतले फैसला सुनाउने कुरा आफुहरुलाई कुनै पनि हालतमा सह्य नहुने भन्दै यस विषयमा गम्भिर हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बताए।

जवाफमा प्रधानमन्त्री ओलीले द्वन्द्वसँग जोडिएका सबै मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगले मात्र हेर्ने व्यवस्था मिलाउने बारेमा आफू सकारात्मक रहेको बताए।

पछिल्लोपटक ओखलढुंगा जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीविरुद्ध पूर्व सांसद् केशव राईले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएर राईलाई पक्राउ गर्ने बाटो खोलिदिएपछि सबै माओवादी एक ठाउँमा उभिएका हुन्।

द्वन्द्वकालीन मुद्धा व्युतिए १० बर्षे जनयुद्धमा लागेका हाल नयाँ शक्तिकामा आबद्ध बाबुराम भट्टराई, उनकी पत्नी हिसिला यमी लगायत अन्य नेता समेत तानिने भएकाले प्रचण्डको साथ छाडेका बाबुराम यो विषयमा प्रचण्डसँगै मिलेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending