Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राष्ट्र सङ्घका महासचिव बान नेपाल आउन इच्छुक

\"ban-ki-moon\"काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव बान की–मुनले नेपाल आउन तीव्र इच्छा व्यक्त गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आज अमेरिकाको साताव्यापी भ्रमण सकेर स्वदेश फर्केपछि आयोजित पत्रकार सम्मेलनमा नेपालमा बुद्धजयन्तीका अवसरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा महासचिव मुनलाई निम्तापत्र दिँदा सो जवाफ पाएको जानकारी दिए ।

नेपालमा दुई हजार ५६०औँ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आगामी जेठ ६, ७ र ८ गते हुँदैछ । मन्त्री पोखरेल र मुनबीच यही चैत ३ गते भेट भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री सिपी मैनाली पनि सहभागी थियो।

राष्ट्र सङ्घका महासचिव मुनले यसअघि पनि आफू लुम्बिनी पुगेको र लुम्बिनीको विकास, गुरुयोजनाबारे चासो र जिज्ञासा राख्नुभएको मन्त्री पोखरेलले जानकारी दिए ।

भेटमा महासचिव मुनले नेपालको शान्ति प्रक्रिया र संविधान जारी भएपछि नेपालको स्थितिका बारेमा चासो व्यक्त गर्दै शान्ति प्रक्रियामा आफूले पु¥याएको योगदानका बारेमा पनि स्मरण गर्नुभएको मन्त्री पोखरेलले जानकारी दिए ।

त्यसैगरी अमेरिकाको भ्रमणका क्रममा न्युयोर्कमा आयोजना गरिएको पर्यटन प्रवद्र्धन र प्रवासी नेपालीको खेल्नुपर्ने भूमिकाका विषयमा अन्तक्र्रिया भएको र नेपालको पर्यटनमा आप्रवासी नेपालीले सहयोग गर्ने विषयमा छलफल भएको उनले बताए ।

त्यस्तै चैत १ गते न्युयोर्कमा भएको ‘ग्लोबल पार्लियामेन्टरियन्स फोरम फर इभ्यालुएसन’ बैठकमा समेत उनले भाग लिए । बैठकमा मूल्याङ्कन नीति र दिगो विकास लक्ष्यबारे छलफल भएको र राम्रो मूल्याङ्कन नीति तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको भन्दै मन्त्री पोखरेललाई सम्मान समेत गरिएको थियो ।

सांसद तथा मन्त्री पोखरेल त्यसको कार्यकारी समितिको सदस्य हुन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending